ललितपुर
बुधबार साँझ परेको आरिघोप्टे वर्षाको कारण खोल्साले बगाउँदा ललितपुरको महाँकाल गाउँपालिका वडा नं ६ ठुलादुर्लुङको गुमराङमा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा महाँकाल गाउँपालिककाका सव–इन्जिनियर २१ वर्षिय सविन दाहाल रहेका छन् । गाउँपालिकाको कामको शिलशलाममा उनी महाँकाल गाउँपालिका –६ ठुलादुर्लुङ पुगेका थिए । उनलाई गुमराङ नजिक रहेको भर्याङ खोल्साले बगाएको स्थानीय शिक्षक भीम प्रसाद दुलालले बताए ।
उनी चढेको बाइक सहित खोल्साले बगाएको स्थानीयले फेला पारी प्रहरीलाई खबर गरेका थिए । रातीनै प्रहरीले उनको शब निकाले पनि थप प्रकृयाका लागि चपागाउँ प्रहरी घटनास्थल पुगीनसकेको दुलालले जानकारी दिए ।
