काभ्रे — स्वास्थ्य मन्त्री प्रदीप पौडेलले गरेको विमाबाट स्वास्थ्य उपचारसम्बन्धी पछिल्लो निर्णयबाट आलोचित बनेका छन् । नयाँ आर्थिक वर्षेदेखि सामूदायिक अस्पतालहरुबाट विमाबाट स्वास्थ्य उपचारको सुविधाको कटौती गरेपछि मन्त्री पौडेलको चौतर्फी आलोचना भएको हो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सार्वजनिक यातायात तथा सार्वजनिक यातायात व्यवसायी समन्वय विभागका संयोजक शिवप्रसाद हुमागाईंले सो बारेमा स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गरेका थिए । मन्त्री पौडेलको उक्त निर्णयले काभ्रेलगायतको थुप्रै जिल्लाहरूबाट गुणस्तरिय स्वास्थ्य सेवाको लागि उक्त सुविधाबाट सर्वसाधारणलाई बञ्चित गर्न नहुने बताउका छन् । केन्द्रीय सदस्य हुमागाईंले जिल्लाका विभिन्न भागबाट बिरामीहरू आईरहेको हुनाले धुलिखेल अस्पताललाई स्वास्थ्य विमा बाट सेवा प्रदान गर्न बन्चित गर्न नहुने धारणा राखेका थिए ।
उनले भने, ‘जनस्वास्थ्यको सवालमा उठाईएको महत्वपूर्ण सवाललाई नेपाली र्काग्रेसबाट प्रतिनिधित्व गर्नु भएको स्वास्थ्यमन्त्री माननीय प्रदिप पौडेल ज्युले काभ्रेका तीन केन्द्रीय सदस्य, जिल्ला सभापतिज्यु र सरोकारवालाहरूसँग संम्वाद गरि समस्याको समाधान गर्नुहोला भन्ने ठुलो आशा र बिश्वास काभ्रेली जनताले गरेका थिय। उहाँले सूचीमा केहि परिमार्जन भने गर्नुभयो। धुलिखेल अस्पताल भने उहाँको परिमार्जित सुचिभित्र परेन जसका कारण आज पहिलो दिन नै थुप्रै सेवाग्राहिले आज सास्ति व्यहोर्नु परेको छ।’
उनले स्वास्थ्यमन्त्री पौडेलले यस विषयलाई महत्व नदिएको जनाउँदै मन्त्री पौडेलको यस कदमबाट जनता निरुत्साहित बनेको जनाए । उनले भने, जनताले आशा गरेको मन्त्रीबाट नै जनभावना विपरितको कार्य गरेको देख्दा जनता निराश देखिन्छन् । धुलिखेल अस्पताल मात्र हैन देशभरिको यस्तै गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्न सक्ने सामुदायिक अस्पतालहरू जसले थुप्रै नेपाली जनतालाई स्वास्थ्य सेवा प्रदान गरिरहेको छ यिनीहरू किन स्वास्थ्य विमाबाट सेवा प्रदान गर्न बन्चित भए । यो चोटिलो प्रश्नको जवाफ स्वास्थ्य मन्त्रीले के दिन सक्लान त ?’ याे समाचार कागजपत्र डट कममा छ ।
