पनौती
राजयोगिनी दादी प्रकाशमणिको १८ औं पुण्य तिथिको अवसरमा ब्रम्हकुमारी राजयोग पनौती शाखाको आयोजनामा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
स्वर्गीय प्रकाशमणिको पुण्य तिथि तथा विश्व बंधुत्व दिवसको अवसरमा नेपाल तथा भारतमा भाद्र ६ देखि ९ गते सम्म रक्तदान कार्यक्रम संचालन गरी १ लाख पिन्ट रगत संकलन गर्ने उद्देश्य रहेको संस्थाले जनाएको छ ।
नेपाल रेडक्रस सोसाइटी काभ्रेशाखाको प्राविधिक सहयोग रहेको उक्त कार्यक्रम पनौती स्थित मानेश्वरी परिसरमा संचालन भएको थियो । उक्त शिविरमा ५७ जनाले रक्तदान गरेको जानकारी प्राप्त भएको छ ।
