काठमाडौँ,
स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत विगतमा स्वास्थ्य बीमा गरी नबीकरण नगरेका बीमित परिवारले असोज मसान्तसम्ममा स्वास्थ्य बीमा नवीकरण गरी सक्नु पर्ने भएको छ ।
स्वास्थ्य बीमा बोर्डले विगतमा स्वास्थ्य बीमा गरी समयमै नवीकरण नगरेका बीमितहरुलाई असोज मसान्त पछि भने नबीकरण गर्दा जरिवाना गर्ने निर्णय गरेको छ ।
बोर्डले सूचना जारी गर्दै जरिवाना रकम योगदान रकमको चार गुणासम्म बढी हुने उल्लेख गरेको छ । सूचनामा विगतमा स्वास्थ्य बीमा गरेका तर नवीकरण नगरेका सम्पूर्ण बीमितले वि.सं. २०८२ असोज मसान्तसम्म (२०८२/०६/३१) नवीकरण गरेमा एकपटकका लागि कुनै अतिरिक्त शुल्क नलाग्ने व्यवस्था मिलाइएको छ।
बीमा नवीकरण गर्न ई–सेवा, कनेक्ट–आइपीएस, खल्ती वा दर्ता सहयोगीमार्फत सजिलै सकिनेछ,’भनिएको छ । तर उक्त म्यादपछि नवीकरण गर्दा भने बीमितले अतिरिक्त शुल्क तिर्नुपर्नेछ।
बोर्डले जानकारी गराएकाे विवरण अनुसार तीन महिनाभित्र नवीकरण गर्दा योगदान रकममा १० प्रतिशत थप छ महिनाभित्र नवीकरण गर्दा योगदान रकममा ३० प्रतिशत थप एक वर्षभित्र नवीकरण गर्दा योगदान रकममा ५० प्रतिशत थप एक वर्षपछि नवीकरण गर्दा योगदान रकममा १०० प्रतिशत थप दुई वर्षपछि नवीकरण गर्दा योगदान रकमको तीन गुणा तीन वर्षपछि नवीकरण गर्दा योगदान रकमको चार गुणा बोर्डले बीमित परिवारलाई तोकिएको समयमा नै बीमा नवीकरण गरी स्वास्थ्य सुरक्षामा निरन्तरता दिन आग्रह गरेको छ।
