पनाैती
वरपिपल बहुउद्देश्यीय सहकारी संस्था लि पनाैती १ काे १२ अाै वार्षिक साधारण सभा शनिवार सम्पन्न भएकाे छ ।
सभाकाे उदघाटन गर्दै पनाैती नगरपालिका प्रमुख रामशरण भण्डारीले वरपिपल सहकारी संस्था प्रति शेयर सदस्यहरूकाे राम्रो बिश्वास रहेकाे पाएकाे बताए ।
कृषककाे हितमा सहकारीलाई अाफ्ना कार्य संचालन गर्न उनकाे अनुराेध थियाे । कृषकमैत्री कार्यक्रम संचालन भएका सहकारीलाई नगरपालिकाले सहयाेग उपलब्ध गराउन सहजहुने उनको भनाई थियाे ।
अर्का अतिथि वडा नं १ का अध्यक्ष जयबहादुर तामङले सहकारीले स्थानीय कृषककाे हितमा गरेकाे काम प्रशंसनीय भएकाे बताए ।
सभामा बिश्वनाथ सापकोटाले सचिकाे र सुमन सापकोटाले काेषाध्यक्षकाे प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा हिमाल अारेही लक्ष्मण सापकोटा,उत्कृष्ट निर्यातकर्ता कुबेर सापकोटा र ७३ पटक रक्तदान गर्ने गणेश सापकोटालाई सम्मान गरिएकाे थियाे ।
संस्थाका अध्यक्ष नवराज सापकोटाकाे सभापतित्वमा सम्पन्न सभामा संस्थाका सल्लाहकारहरू धुर्व सापकाेटा,साधुराम सापकोटा ,पत्रकार महासंघ काभ्रे शाखा पूर्व सभापति नारायण सापकोटा जनप्रतिनिधिहरू स्थानीय समाजेवीहरूकाे उपस्थित रहेकाे थियोे

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |