चन्डेनीमण्डन
जेष्ठ नागरिक, विपन्न, दीर्घरोग भएकाहरुको लागि न्यानो कपडा वितरण गरिएको छ ।
बोधिसत्व बिहार बुढानिलकण्ठ काठमाडौंका सर्वोच्च गुरु ह्वाङ सि को आर्थिक सहयोग तथा कान्छीमाया फाउन्डेसन धुलिखेलको सहकार्य र मण्डनदेउपुर –१० चण्डेनीमण्डनको आयोजनामा न्यानो लुगा वितरण गरिएको हो ।
उक्त अवसरमा चण्डेनीमण्डनका सम्पुर्ण जेष्ठ नागरिक (मङ्सिर मसान्तसम्म ६८ बर्ष पुग्नु भएका सबै ) ‘क’ र ‘ख’ वर्गका अपाङ्गता भएका सबै, बिपन्न दीर्घरोगीहरु सबैलाई न्यानो कपडा वितरण गरिएको छ । माझी र दलित समुदायका सबै परिवार, अपाङ्गता भएका ‘क’ र ‘ख’ वर्गका सबै परिवार तथा बिपन्न दीर्घरोगी परिवारलाई खाद्यान्न बितरण, एकल महिला तथा दलित जेष्ठ नागरिकहरुलाई ब्लाङ्केट बितरण, विद्यार्थीहरुलाई स्विटर बितरण गरिएको छ ।
विहीवार सम्पन्न कार्यक्रम बिन्ध्यबासिनी माध्यमिक विद्यालय,डडालिथोकमा भएको थियो । कार्यक्रममा सबै वर्गका नागरिक गरि करिब ७ सय ९० जनालाई न्यानो कपडा, ज्याकेट, खाद्यान्न, ब्लाङ्केट लगायतका सामग्री वितरण गरिएको वडाध्यक्ष कुमार मोक्तान तामाङले जानकारी दिए ।