• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • धर्म–संस्कृति/रीतिथिति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • मनोरञ्जन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ बैशाख ११, शुक्रबार
Trending
पनौती शिक्षक रोशी सहयात्रा खुला रक्तदान रेडक्रस भुकम्प ट्राफिक प्रहरी
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • अर्थ खबर
  • शिक्षा/स्वास्थ्य
  • बिचार
    • अन्तरवार्ता
    • ब्लग
  • ग्यालरी
    • साझा तस्विर
    • साझा टि.भी.
  • अन्य
    • राजिनिती
    • समाज
    • स्थानीय तह
    • पूर्वाधार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • अध्यात्म
    • साभार
  • Tools
    • Preeti to Unicode Converter
    • Date Converter
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

संज्ञा र अवज्ञा सहित राष्ट्रपति कार्यालयका समूह नै हुमागाई निवासमा

१ साल अघि
२

सापकोटाको तेह्रौ पुण्य तिथिमा श्रध्दाञ्जली सभा

२ साल अघि
३

गृहमन्त्री लेखकद्वारा विपतपछिका क्रियाकलापका विषयमा चासो व्यक्त

१ साल अघि
४

पनौती राष्ट्रपति रनिङशिल्ड पुनः भालेश्वर माध्यमिक विद्यालयलाई (तस्विरहरु सहित)

२ साल अघि
५

दिलकुमारी स्मृति प्रतिष्ठानको सहयोग भक्तेश्वरका विद्यार्थीलाई

१ साल अघि
६

सिद्धार्थ वनस्थली इन्स्टिच्युटका विद्यार्थी दीक्षित

२ साल अघि
७

पनौतीमा सप्ताहशुरु, कलशयात्रा अघि नै २१ लाख संकलन(तस्विर सहित)

२ साल अघि
८

पनौती जंगलमा बेवारिसे शव फेला, पहिचानका लागि सहयोग गर्न प्रहरीको अनुरोध

२ साल अघि
९

गोरखनाथका विद्यार्थीहरुलाई झोला, स्टेसनरीसँगै नगद पुरस्कार

२ साल अघि
१०

अभिभावकीय भूमिकामा रहेर काभ्रे काँग्रेस एक ढिक्का बनाउँछु : हुमागाई

१ साल अघि
११

तीन तले झरना अवलोकनसँगै पौडीको मज्जा(हेर्नुहोस तस्विरमा )

२ साल अघि
१२

उही बाटो र रुखहरू….

१ साल अघि

ताजा अपडेट

१

वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

१ महिना अघि
२

पाँच थान वाटर डिस्पेन्सर र १३ डस्टबिन विद्यालयलाई वितरण

१ महिना अघि
३

महाविर पुनलाई अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ

१ महिना अघि
४

 विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

२ महिना अघि
५

शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

२ महिना अघि
६

लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

२ महिना अघि
७

श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

२ महिना अघि
८

लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

२ महिना अघि
९

शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

२ महिना अघि
१०

शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

३ महिना अघि
११

गोरखनाथका विद्यार्थीलाई हिन्दुजागरण नेपालको न्यानो लुगा

४ महिना अघि
१२

उत्कृष्ट बने अनुप

५ महिना अघि
होमपेज /  कर्णाली
  • ९७१ पटक पढिएको
  • चिसो ह्वात्तै बढ्यो,बृद्धबृद्धा र दिर्घरोगीलाई समस्या

  • सरोज सापकोटा
  • २०८० पौष २२, आईतबार (२ साल अघि)
  • चिसो अनि जीवन : तराईमा घुर ताप्दै स्थानिय फोटो सौजन्य : गुगल डटकम

    सामाजिक सञ्जालमा हामी

    अस्पतालका बेडहरु भरिभराउ

    बनेपा/पछिल्लो दिन चिसोको मात्रा ह्वात्तै बढेको छ । चिसोले गर्दा जनजीवन प्रभावित भइरहेको छ । यस सँगै जाडोयाममा विभिन्न संक्रमण पनि बढ्ने साथै सङ्क्रमणबाट बृद्धबृद्धा र दिर्घरोगीहरुमा समस्या उत्पन्न हुन सक्ने विषेशज्ञ डाक्टरहरुले बताएका छन् ।

    जाडोयाममा कोरोनाभाइरससहित विभिन्न किसिमका सङ्क्रमणको सम्भावना अझ बढ्ने भएकाले स्वास्थ्य सतर्कता अपनाउनुपर्ने विज्ञ डाक्टरहरूले सुझाव दिएका छन् । नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमण दर केही कम भएको देखिए पनि भित्र भित्रै कोरोना भाइरसको केही केही मात्रामा लक्षणहरु देखिएको छ । तर चिसो मौसममा कोरोनाभाइरससँगै इन्फ्लूएन्जा र श्वासप्रश्वास प्रणालीमा आक्रमण गर्ने अन्य भाइरसहरू बढी सक्रिय बन्ने विज्ञहरू बताउँछन् ।

    त्यस्ता भाइरसले गराउने सङ्क्रमणबाट बच्न विशेष सतर्कता अपनाउनुपर्ने उनीहरूको सुझाव छ । पछिल्लो समय बिरामीहरुका कारण अस्पतालहरु भ्रिभराउन भएका छन् । जिल्लाको मुख्य अस्पताल मध्ये धुलिखेल अस्पताल, शिर मेमारिएल अस्पतालमा बिरामीको खचाखच बढेको छ ।

    चिसो ह्वात्तै बढे सँगै आगो ताप्दै
    फोटो सौजन्य : गुगल डटकम

    सङ्क्रामक रोग विशेषज्ञ डाक्टरका अनुसार नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमण कम देखिनुमा दुईवटा प्रमुख कारण रहेका हुनसक्छन् । पहिलो-धेरै नेपालीमा कोरोनाभाइरस सङ्क्रमण भइसकेकाले शरीरमा एन्टिबडी कायम रहनु । दोस्रो- खोप लगाउनेहरूको सङ्खया बढ्नुका कारण पनि पछिल्लो समय केही समस्या कम भएको जानकारहरु बताउँछन् ।

    जाडोमा झ्यालढोका लगाएर बस्ने तथा मानिसहरू एउटै कोठामा गुम्सिएर बस्ने गर्दा सङ्क्रमण सर्ने दर पनि बढ्न सक्ने भएकाले सतर्क हुनुपर्ने डाक्टरहरुको सुझाव छ । पछिल्लो समय बजारमा तातो लुगाको साथै हिटरको माग बढेको छ । हिटरका कारण पनि बिभिन्न घटनाहरु बढेको समाचारहरु आइरहेको छ । जब चिसो मौसम सुरु हुन्छ । गरिब नागरिकलाई अझ सबैभन्दा बढी समस्या पर्छ । चिसो काट्न घाम र आगो ताप्ने धेरै नागरिक मुलुकमा छन् । हुने खानेमा भन्दा हुँदा खानेमा यो समस्या बढी हुन्छ । एकसरो लुगासमेत राम्रोसँग लाउन नपाउने गरिब जनता कम छैनन् । चिसोको प्रभाव पहाडमा भन्दा तराईमा उच्च छ ।

    बूढाबूढी बालबालिका र महिला वर्गका लागि चिसो अभिशाप बन्छ । मधेसमा अधिकांश समय गर्मी हुने भएकोले जाडोको लागि जोहो गरिँदैन । दैनिक ज्याला मजदुरी गरेर छाक टार्नेहरूसँग नयाँ लुगा किन्ने क्षमता पनि हुँदैन । भएको एकसरो लुगा पनि शीतलहरले चिसो हुन्छ । यो समस्या पहाडी भेगमा पनि देखिएको छ । घाम नलागी नसुक्ने तथा ज्याला मजदुरी गर्ने अवसर कम भई खानपान र न्यानो लुगा तथा वातावरण कोरा कल्पना बन्ने गरेको छ ।

    पोषणयुक्त र सन्तुलित खाना खाने, तातो र झोलयुक्त खाद्य पदार्थको बढी उपयोग गर्ने, मौसमी फलफूल लिने र सागसब्जी प्रशस्त खानुपर्छ । खुल्ला ठाउँमा नजाने, वातावरणलाई न्यानो बनाउने र आफैं सचेत भएर बस्नुपर्छ । भिटामिन सीयुक्त फलफूल सेवनमा जोड दिनुपर्छ । स्वास्थ्य तथा सरसफाइमा बढी ध्यान दिनुपर्छ । शरीरलाई न्यानोयुक्त लत्ता कपडा लगाउने र धूमपान, मद्यपानबाट टाढा रहनुपर्छ । दाउरा वितरणभन्दा न्यानो कपडा वितरण तथा स्वास्थ्य सचेतना बढाउनै पर्ने जानकारहरु बताउछन् ।

    चिकित्सकहरूका अनुसार जाडो महिनामा कोभिड-१९ बाहेक अन्य सङ्क्रमण पनि हुन सक्ने बिशेषज्ञहरु बताउँछन् । यस बेला विशेषगरी श्वासप्रश्वाससम्बन्धी भाइरसहरू नै सक्रिय बन्ने भएकाले त्यससँग सम्बन्धित सङ्क्रमणको डर धेरै हुने उनीहरू बताउँछन् । चिकित्सकहरूका भनाइमा चिसो बढी हुने र पानी कम पर्ने मौसम भएकाले यस बेलामा छाला तथा आँखासम्बन्धी सङ्क्रमण हुने बताइएको छ । कोभिडपछि जाडोमा हुन सक्ने अर्को घातक सङ्क्रमण इन्फ्लूएन्जा भाइरसको भएको विज्ञहरूको भनाइ छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पनि इन्फ्लूएन्जा भाइरसको सङ्क्रमण जाडोमा बढ्न सक्ने भन्दै सतर्कता अपनाउन आह्वान गरेको छ । यो समय चिसोले मुटु, श्वासप्रश्वास र दमका पुराना बिरामी, कुपोषित बालबालिकालाई बढी आक्रान्त पार्छ । रुघाखोकी, भाइरल इन्फ्लुएन्जा, पखाला, ब्रोङकाइटिस, दम, श्वासप्रश्वास, पिनास, निमोनिया, दादुरा, ठेउलाका बिरामी उच्च हुन्छन् ।

    चिसोको एलर्जी, छालामा विभिन्न समस्या देखा पर्छन् । चिसोले अनुहारमा कालो र सेतो दाग हुनेलगायत मुटु कमजोर बन्छ । हातखुट्टाका औंला, कान रातो हुने, चिलाउने, सुन्निने र कहिलेकाहीँ घाउ हुने, दाद, ओठ फुट्ने, हातखुट्टा फुट्ने, शरीर चिलाउने, अपच, पखाला, आउँजस्ता पाचनसम्बन्धी रोगहरू र हातखुट्टा र जोर्नी सुन्निने अवस्था पनि त्यत्तिकै निम्त्याउँछ ।

    जाडोमा शारीरिक सरसफाइमा कमी हुनाले लिंग र योनिमा फोहर जम्ने, कापमा संक्रमण हुने, योनिद्वारबाट सेतो पानी बग्ने, यौनांग वरिपरि चिलाउने योनिरसको बहाव बढ्ने हुनसक्छ। मौसम भोजभतेरको समय पनि भएकाले बढी खाना, बोसो र मसलेदार खानाले अपच, ग्याष्ट्रिाइटिस, झाडा पखाला हुनसक्छ। जन्डिस र टाइफाइड पनि प्रशस्त पाइन्छ। जाडोमा रगत बाक्लो हुने भएकाले सुगर र रक्तचाप मात्र बढ्दैन, प्रायः सबै दीर्घकालीन रोगहरू बढी गम्भीर बन्ने गरेको बताइन्छ ।

    इन्फ्लूएन्जाबाट बच्न पनि कोभिडबाट जोगिन अपनाएका जस्तै स्वास्थ्य सावधानीहरू भौतिक दूरी कायम गर्ने, खोक्दा वा हाछ्युँ गर्दा आफ्नो मुख छोप्ने, बिरामी हुँदा घरैमा बस्ने, बेलाबेलामा साबुनपानीले हात धुने, झोल कुरा खानेलगायतका कुरा गर्नुपर्ने मन्त्रालयको सुझाव छ ।

    इन्फ्लूएन्जा भएका व्यक्तिहरूलाई ज्वरो आउने, टाउको दुख्ने, घाँटी दुख्ने, खोकी र हाछ्युँ आउने, नाक बन्द हुने, सिँगान बग्ने, थकान महसुस हुने, जीउ दुख्ने लगायतका लक्षणहरू देखिने मन्त्रालयले जनाएको छ । चिकित्सकहरूका अनुसार जाडो महिनामा जन्मिएका बच्चा र सुत्केरी आमाहरूको स्वास्थ्यमा पनि विशेष ध्यान दिनुपर्ने हुन्छ ।

    जाडो र वायु प्रदूषण बढेका बेला प्रदूषणको असरका कारण आँखामा गम्भीरखाले असर पनि देखिन सक्ने भएकाले सतर्कता अपनाउनुपर्ने उनीहरुकोे सुझाव छ । केही दिनदेखि देशैभरि तापक्रम कम हुँदै गएको र तुँवालो लागेको जल तथा मौसम विज्ञान विभागका मौसमविद्हरूले बताएका छन् ।

    विभागका अनुसार देशका केही हिमाली भागमा बिहीवारदेखि हिमपात भएको छ । त्यसले आगामी दिनमा चिसो अझै बढाउने देखिन्छ भने अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव देशैभरि परेको छ । त्यसले गर्दा बादल र तुवाँलो लागेको विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    कर्णाली सम्बन्धि थप

    वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

    पाँच थान वाटर डिस्पेन्सर र १३ डस्टबिन विद्यालयलाई वितरण

    महाविर पुनलाई अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    ताजा समाचार
    १

    वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

    २

    पाँच थान वाटर डिस्पेन्सर र १३ डस्टबिन विद्यालयलाई वितरण

    ३

    महाविर पुनलाई अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ

    ४

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    ५

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    ६

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    ७

    श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

    ८

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    ९

    शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

    १०

    शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

    समाचार
    थप

    वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    सम्पादकीय
    थप

    जेनजीमाथि सहानुभूति, सरकारमाथि उत्पन्न आक्रोश

    समस्या र आवश्यकता केन्द्रित हुन नसकेको बजेट

    वन जंगलमा आगो लगाउनेमाथि कारबाही होस ।

    उद्धार,राहत र पुनस्थापनाले तिब्रता पाओस

    साझा टि.भी.
    थप
    • बबिना भट्टराईको ‘जय जय शम्भु’ भजन सार्बजानिक (भिडियो सहित)
    • गायक अर्जुन गुरुङ को स्वरमा ‘पिरतीको डोरी ’ सार्बजनिक
    • सुवासको नयाँ एल्वम ‘जुनी फेर्छु म’ सार्वजानिक ( हेर्नुुहोस भिडियोमा)
    • दुर्गेश थापाको देउसी भैलो गीत बजारमा (भिडियो सहित)

    पत्राचार ठेगाना

    फूलचोकी मिडिया प्रा.लि. द्वारा प्रकाशित साझा पत्रिका डट कम का लागी
    पत्राचार ठेगाना: पनौती न.पा. काभ्रेपलाञ्चोक
    सुचना विभाग दर्ता नं.: ४२५१-२०८०/२०८१
    प्रेस काउन्सिल दर्ता नं.: ४२४१-२०८०/२०८१
    ईमेल: [email protected]
    सम्पर्क न: ९८५१२३०७०५

    हाम्रो टीम

    निर्देशक: नारायण प्रसाद सापकोटा
    प्रधान सम्पादक: ……………………..
    सम्पादक: रघुनाथ हुमागाई
    कार्यकारी सम्पादक: सरोज सापकोटा
    विशेष सम्वाददाता: ……………….

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • सम्पादकीय
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८० साझा पत्रिका मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution