• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • धर्म–संस्कृति/रीतिथिति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • मनोरञ्जन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ फागुन २३, शनिबार
Trending
पनौती शिक्षक रोशी सहयात्रा खुला रक्तदान रेडक्रस भुकम्प ट्राफिक प्रहरी
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • अर्थ खबर
  • शिक्षा/स्वास्थ्य
  • बिचार
    • अन्तरवार्ता
    • ब्लग
  • ग्यालरी
    • साझा तस्विर
    • साझा टि.भी.
  • अन्य
    • राजिनिती
    • समाज
    • स्थानीय तह
    • पूर्वाधार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • अध्यात्म
    • साभार
  • Tools
    • Preeti to Unicode Converter
    • Date Converter
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

संज्ञा र अवज्ञा सहित राष्ट्रपति कार्यालयका समूह नै हुमागाई निवासमा

१ साल अघि
२

सापकोटाको तेह्रौ पुण्य तिथिमा श्रध्दाञ्जली सभा

२ साल अघि
३

गृहमन्त्री लेखकद्वारा विपतपछिका क्रियाकलापका विषयमा चासो व्यक्त

१ साल अघि
४

पनौती राष्ट्रपति रनिङशिल्ड पुनः भालेश्वर माध्यमिक विद्यालयलाई (तस्विरहरु सहित)

२ साल अघि
५

दिलकुमारी स्मृति प्रतिष्ठानको सहयोग भक्तेश्वरका विद्यार्थीलाई

१ साल अघि
६

सिद्धार्थ वनस्थली इन्स्टिच्युटका विद्यार्थी दीक्षित

१ साल अघि
७

पनौतीमा सप्ताहशुरु, कलशयात्रा अघि नै २१ लाख संकलन(तस्विर सहित)

२ साल अघि
८

पनौती जंगलमा बेवारिसे शव फेला, पहिचानका लागि सहयोग गर्न प्रहरीको अनुरोध

२ साल अघि
९

तीन तले झरना अवलोकनसँगै पौडीको मज्जा(हेर्नुहोस तस्विरमा )

२ साल अघि
१०

उही बाटो र रुखहरू….

१ साल अघि
११

गोरखनाथका विद्यार्थीहरुलाई झोला, स्टेसनरीसँगै नगद पुरस्कार

१ साल अघि
१२

अभिभावकीय भूमिकामा रहेर काभ्रे काँग्रेस एक ढिक्का बनाउँछु : हुमागाई

१ साल अघि

ताजा अपडेट

१

 विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

२ हफ्ता अघि
२

शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

२ हफ्ता अघि
३

लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

२ हफ्ता अघि
४

श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

१ महिना अघि
५

लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

१ महिना अघि
६

शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

१ महिना अघि
७

शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

२ महिना अघि
८

गोरखनाथका विद्यार्थीलाई हिन्दुजागरण नेपालको न्यानो लुगा

२ महिना अघि
९

उत्कृष्ट बने अनुप

३ महिना अघि
१०

काभ्रे– हेटौडा बस संचालन, स्थानीयलाई सुविधा नेतृत्वलाई दवाव

३ महिना अघि
११

गिम्दी प्रवासी युवा समाजको अगुवाइमा पशुपति मन्दिर पुनर्निर्माण

३ महिना अघि
१२

नेपाली काङ्ग्रेस:पदमा मात्र रुपान्तरण कि सच्चा समर्पण र समाजको अभिन्न भुमिकामा पनि ?

४ महिना अघि
होमपेज /  अध्यात्म
  • ५४१ पटक पढिएको
  • मण्डनदेउपुर नगरपालिकाले बनायो चिटिक्कको प्रशासकीय भवन

  • सरोज सापकोटा
  • २०८० फागुन २७, आईतबार (१ साल अघि)
  • सामाजिक सञ्जालमा हामी

    राष्ट्रपति रामचन्द्र पौडेलले गरे उद्घाटन

    कुन्ताबेशी/मण्डनदेउपुर नगरपालिकाले चिटिक्कको प्रशासकीय भवन बनाएको छ । निर्माण सम्पन्न गरी कार्य शुभारम्भ गरेको भवनको राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार उद्घाटन गरेका छन् ।

    मण्डनदेउपुर नगरपालिकाले दिएको जानकारी अनुसार २०७५ साल पुस २७ गते बसेको नगरकार्यपालिकाको बैठकले वडा नं. ७ मनमती डाँडामा प्रशासकीय भवन निर्माण गर्ने निणर्य भएको गरेको थियो । त्यस कार्य योजना अनुसार, भवन निर्माण सम्पन्न भएको हो ।

    भवन निर्माणको काम सकिए पछि राष्ट्रपति द्वारा उद्घाटन गरिएको नगरपालिकाले जनाएको छ । नयाँ बनेको भवनको ६६ वटा कोठा, दुईवटा हल, प्रत्येक तल्लामा अपांगमैत्री शौचालय र लिफ्टसहितको भवन तयार भएको बताइएको छ । नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनबाट गत असोज ३ गते संविधान दिवसको दिनदेखि सेवा सञ्चालन भएको थियो । राष्ट्रपति पौडेलले नवनिर्मित प्रशासकीय भवन, नगरपालिकाको नवनिर्मित भवन साथै हेलिप्याड एकै दिन उद्घाटन गरेका थिए ।

    नगरप्रमुख टोकबहादुर वाइबाले अपांगमैत्री, महिलामैत्री र वृद्धवृद्धामैत्री प्रशासकीय भवन निर्माण भएकोमा सबै नगरबासी खुसी भएको बताए । पहिलो कार्यकालमै भवन निर्माण सक्ने चाहना भए पनि कोरोना र आर्थिक मन्दीले गर्दा समयमै काम सम्पन्न गर्न नसकेको र अहिले सम्पन्न गर्न पाएकोमा खुसी ब्यक्त गरे ।

    उपमेयर बिष्णुमणी नेपालका अनुसार नगरकार्यपालिकाको बैठकले प्रतिआना ५० हजारका दरले १८ रोपनी तीन पैसा तीन दाम जग्गा खरिद गरी भवन बनाइएको हो । जग्गा अपुग भएपछि ०७७ साल जेठ २६ गते नगरकार्यपालिकाको बैठकबाट प्रतिआना ७० हजारका दरले सात रोपनी दुई आना तीन पैसा तीन दाम थप गरी भवन निर्माण सुरु गरिएको थियो ।

     

    हाल नगरपालिकाको नाममा २९ रोपनी जग्गा रहेको समेत उनले बताए । सो जग्गामध्ये २५ रोपनी एक आना तीन पैसा दुई दाम जग्गा दुई करोड २८ लाख ४२ हजार आठ सयमा खरिद भएको समेत बताए । भवन निर्माणका लागि ४३ करोड ६१ लाख ५२ हजार सात सय आठमध्ये मुख्य प्रशासनिक भवन र नगर सभा हल निर्माणका लागि २४ करोड ८० लाख ५२ हजार चार सय ५९ लागत अनुसार काम सम्पन्न भएको प्रवत्ता पुरुषोतम बजगाईले बताए ।

    बोलपत्रमार्फत बिकोई जयमाता जेभीसँग १४ करोड २२ लाख ९४ हजार नौ सय ४२ मा ठेक्का सम्झौता अनुसार नै भवन निर्माण सम्पन्न भएको हो । ०७७ साल पुस १० गते निर्माण कम्पनीसँग सम्झौता भई ०७९ पुस १७ गते कार्य सम्पन्न गर्ने सम्झौता भएको थियो । कोरोना र आर्थिक मन्दीले काम सम्पन्न हुन नसकी ०८० पुस मसान्तसम्ममा काम सक्ने गरी म्याद थप गरी एक करोड ९६ लाख ८४ हजार ६६ लागत थप गरी १६ करोड १९ लाख ७९ हजारमा भवन निर्माण सम्पन्न गरेको बजगाईंले जानकारी दिए ।

    भवन निर्माणको लागि संघीय समपुरकबाट एक करोड ८० लाख, जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकबाट दुई करोड, संघीय अनुदानबाट दुई करोड ४० लाख र अन्य नगरपालिकाले व्यवस्था गरेको बताइएको छ ।
    राष्ट्रपतिले गर्नुभएको सम्बोधनको पुणर् पाठ
    समारोहका सभापति एवम् नगरप्रमुख
    उपस्थित महिला तथा सज्जन वृन्द !

    मण्डनदेउपुर नगरपालिकाको सातौ स्थापना दिवसका अवसरमा म यहाँका जनप्रतिनिधिहरू, कर्मचारी वर्ग र सम्पूणर् नगरवासीमा हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु । संघीय राजधानी काठमाण्डौबाट नजिकैको पर्यटकीय क्षेत्र नगरकोटदेखि पवित्र ईन्द्रावती नदीसम्म फैलिएको सुन्दर नगरी मण्डनदेउपुर नगरपालिका आइपुग्दा मलाई हर्षानुभूति भएको छ ।
    हामीले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्दा स्वीजरल्याण्डको जस्तो ‘स्वशासन’ र गान्धीले कल्पना गरेजस्तो ‘स्वराज’ को सोच अगाडि राखेर नयाँं राज्य संरचना तर्जुमा गरेका हौं । आज ती सोचहरूले कति साकार रूप लिन गैरहेका छन् र लिनसक्ने हुन् भन्ने कुरा अधिकार प्रत्यायोजनका क्रममा केन्द्रीय सरकारको उदारता एवं लचकता र स्थानीय सरकारको ग्रहणशीलता तथा क्षमतामा बढि निर्भर रहन्छ भनेर म सबैलाई सुझाउन चाहन्छु ।
    राज्यको पुर्नसंरचनाको क्रममा स्थानीय तहको गठन भई संघीयता कार्यान्वयन भएको योे अवधिसम्म पनि देशका कतिपय स्थानीय तहमा भौतिक पूर्वाधार तयार हुन नसकेकाबेला यस नगरपालिकाले आवश्यक जग्गाको व्यवस्थापन गरी जनतालाई दिने सेवासुविधालाई सहज एवम् प्रभावकारी बनाउन आवश्यक सुविधा सम्पन्न प्रशासकीय भवन बनाएकोमा म नगरप्रमुखसहितका जनप्रतिनिधि र नगरवासीलाई बधाई दिन चाहन्छु ।
    उर्वर कृषिभूमि, हरिया फाँट र मनोरम हिमाली सुन्दर दृश्य देखिने यो नगरपालिकाले कृषि र पर्यटन क्षेत्रबाट मनग्य लाभ लिन सक्ने संभावना छ । यस नगरपालिका “देउपुर र मण्डन, कृषि र पर्यटन” को अवधारणा लिएर दीर्घकालीन लक्ष्यसहित अघि बढेकोमा मलाई खुशी लागेको छ । यसैबाट नगर र नगरवासीको आर्थिक विकासको ढोका खोल्नेछ भन्ने मैले विश्वास लिएको छु ।
    कृषि, पर्यटन र उर्जा नै हाम्रो मुलुकको विकासको आधार हो । त्यसको लागि श्रमको सम्मान गर्ने संस्कृतिको विकास आवश्यक छ । स्थानीयस्तरमा गुणस्तरीय, प्रविधिमा आधारित प्रतिस्पर्धी र प्राविधिक शिक्षा दिएर उत्पादन र रोजगारी बढाउने काम गर्न सकिएमात्र राजनीतिक परिवर्तनपछि मुलुकले अपेक्षा गरेको आर्थिक क्रान्तिको सपना साकार हुन्छ । हाम्रो संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रले अपेक्षा गरेको गरीव, सीमान्तकृत, पिछडिएको वर्गको आर्थिक उन्नतिको अवसरको ढोका खुल्दछ । त्यसतर्फ तीनै तहको सरकारको समन्वयकारी भूमिका अपेक्षित भएपनि स्थानीय सरकारको विशेष भूमिका र जिम्मेवारी हुनेछ भन्नेक मैले ठानेको छु ।

    विकास, पूर्वाधार, कृषि, शिक्षा, सडक, खानेपानी, बिजुलीसहित जनताका आधारभूत आवश्यकता पुरा गर्ने तथा जनचाहनाअनुरुप सुशासन, सेवा र सुविधा सरल, सहज एवम् प्रभावकारी तवरले दिन सकिएमा मात्र संविधान र लोकतन्त्रले परिकल्पना गरेको लक्ष्य पुरा हुन्छ ।
    मुलुक संघीयतामा रुपान्तरण भएपछि केन्द्रमा रहेका राजनीतिक, आर्थिक तथा न्यायिक अधिकारहरू जनताको घरदैलोनजिक स्थानीय तहसम्म पुर्‍याईएको सन्दर्भमा बृहत्तर सेवा प्रवाह गर्न भौतिक पूर्वाधारको विकास अपरिहार्य हुन्छ । यस नगरपालिकाले शैक्षिक गुणस्तर सुधार कार्यक्रम, स्मार्ट कक्षा सञ्चालन, सबै विद्यालयमा आफ्नै इन्टरनेट सेवा पुर्‍याई शिक्षा क्षेत्रमा गरेको प्रगति प्रशंसनीय छ ।
    मिलेको भूगोल, लेकवेसीसम्मको हावापानी, राजधानीबाट नजिक, छिमेकी देश चीनसँगको तातोपानी नाकाबाट नजिकको दुरीमा रहेकोले औद्योगिक उत्पादन, कृषि र पर्यटन प्रवद्र्धनमार्फत आर्थिक समृद्धिको यात्रा तय गर्न सक्ने प्रचुर अवसरलाई यसले उपायोग गर्नेनै छ ।
    अन्त्यमा, संविधानको भावना तथा संघीयताको मर्म अनुरुप हुनेगरी राज्यवाट प्रवाह हुने सेवा तथा विकास निर्माणसम्बन्धी कामलाई नतिजामुखी र नागरिकले अनुभूत गर्न सक्नेगरी सम्पादन गर्न र सुशासन प्रत्याभूत गर्न नगरपालिका सफल रहोस् भन्ने कामना गर्दै मन्तब्य यहीँ टुंग्याउछु ।

    यस अघि राष्ट्रपति रामचन्द्र पौडेलले पनौती नगरपालिका वडा नं. ११ को वल्थलीस्थित लडकेश्वरमा आयोजित कोटीहोममा पुगेर पूजा अर्चना गर्नुका साथै फूलप्रसाद ग्रहण गर्नुभएको छ । सो अवसरमा उहाँले यस पवित्र भूमिमा आयोजना गरिएको कोटीहोमबाट देश र जनताको कल्याण होस भन्ने कामना गर्नुभयो । ओमकार फाउण्डेशनले सो कोटीहोम आयोजना गरिएको जनाइएको छ । यस्तो पूण्य र पवित्र कार्यक्रममा सहभागी हुन पाउँदा खुशी लागेको बताउँदै उहाँले यसबाट समाज, देश र जनताको कल्याण हुने विश्वास व्यक्त गर्नुभयो । यसप्रकारको कार्यक्रम आयाजना गरेकोमा उहाँले आयोजकको सराहना पनि गर्नुभयो । राष्ट्रपति पौड़ेललाइ नेपाली कॉंग्रेसका केन्द्रीय सदस्य मधु आचार्य, पनौती नगर प्रमुख रामशरण भण्डारी तथा अन्य नेताहरुले स्वागत गरेका थिए ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    अध्यात्म सम्बन्धि थप

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

    शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

    ताजा समाचार
    १

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    २

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    ३

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    ४

    श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

    ५

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    ६

    शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

    ७

    शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

    ८

    गोरखनाथका विद्यार्थीलाई हिन्दुजागरण नेपालको न्यानो लुगा

    ९

    उत्कृष्ट बने अनुप

    १०

    काभ्रे– हेटौडा बस संचालन, स्थानीयलाई सुविधा नेतृत्वलाई दवाव

    समाचार
    थप

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    सम्पादकीय
    थप

    जेनजीमाथि सहानुभूति, सरकारमाथि उत्पन्न आक्रोश

    समस्या र आवश्यकता केन्द्रित हुन नसकेको बजेट

    वन जंगलमा आगो लगाउनेमाथि कारबाही होस ।

    उद्धार,राहत र पुनस्थापनाले तिब्रता पाओस

    साझा टि.भी.
    थप
    • बबिना भट्टराईको ‘जय जय शम्भु’ भजन सार्बजानिक (भिडियो सहित)
    • गायक अर्जुन गुरुङ को स्वरमा ‘पिरतीको डोरी ’ सार्बजनिक
    • सुवासको नयाँ एल्वम ‘जुनी फेर्छु म’ सार्वजानिक ( हेर्नुुहोस भिडियोमा)
    • दुर्गेश थापाको देउसी भैलो गीत बजारमा (भिडियो सहित)

    पत्राचार ठेगाना

    फूलचोकी मिडिया प्रा.लि. द्वारा प्रकाशित साझा पत्रिका डट कम का लागी
    पत्राचार ठेगाना: पनौती न.पा. काभ्रेपलाञ्चोक
    सुचना विभाग दर्ता नं.: ४२५१-२०८०/२०८१
    प्रेस काउन्सिल दर्ता नं.: ४२४१-२०८०/२०८१
    ईमेल: [email protected]
    सम्पर्क न: ९८५१२३०७०५

    हाम्रो टीम

    निर्देशक: नारायण प्रसाद सापकोटा
    प्रधान सम्पादक: ……………………..
    सम्पादक: रघुनाथ हुमागाई
    कार्यकारी सम्पादक: सरोज सापकोटा
    विशेष सम्वाददाता: ……………….

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • सम्पादकीय
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८० साझा पत्रिका मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution