काभ्रे
राजधानीबाट पूर्वी तराईलाई जोड्ने सबैभन्दा छोटो बीपी राजमार्ग (धुलिखेल–सिन्धुली‑बर्दिवास सडक) को सिन्धुली भकुण्डे खण्डको विभिन्न स्थानका गत असोज दोस्रो हप्ताका कारण बाढि क्षति ग्रस्त बन्यो । यो राजमार्ग जापान सरकारको आर्थिक तथा प्राबिधिक सहयोगमा १८ बर्षमा निर्माण सम्पन्न भएको थियो ।
राजमार्गलाइ देशको एक उत्कृष्ट राजमार्गको रुपमा चिन्न सकिन्छ । १६० किलोमिटर लामो धुलिखेल–सिन्धुली–बर्दिबास सडक जापान सरकारको आर्थिक र प्राविधिक सहयोगमा निर्माण सम्पन्न भएको थियो जसको लागत २६ अर्ब जापानी येन बराबर हो । तर निर्माण सम्पन्न भएको केही बर्ष बित्न नपाउँदै गत असोज १० देखि १३ गते सम्मको अविरल वर्षा र बाढीका कारण बिपी राजमार्ग निर्माण पुर्वको अबस्थामै फर्काइदियो ।
डिपिआर अनुसार उक्त सडकमा तीन सय एमएम ९१ लाख ५ हजार ५०८.८८ घनमिटर को सब–बेस, २५० एमएम ९६५ हजार ३७२.६४ घनमिटर को बेस, ७५ एमएमको वाटर बाउन्ड म्याडम र ४० एमएमको आसफाल्ट कालोपत्र गरिनेछ । तीन लाख ९६ हजार ३०२.८३ घनमिटर माटो कटिङ गर्नुपर्ने र ७ लाख ६४ हजार १७५.८८ घनमिटर पुर्नुपर्ने पनि विस्तृत परियोजना प्रतिवेदनले बताएको छ ।
महिनौ बित्दा समेत नेपाल सरकारले चासो नदिएको बिषय क्षतीग्रस्त बिपी राजमार्गको पुर्ननिर्माणकार्य अब भने अघि बढ्ने भएको छ । लामो समयसम्म पुर्ननिर्माणमा अन्योलता पछि अर्थ मन्त्रालयले स्रोत सुनिश्चितताको सहमती दिएसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्माणको प्रक्रिया अघि बढाउने भएको हो । रोशी खोलामा आएको बाढीले बिपी राजमार्ग सबैभन्दा बढी कटान गरेको र बगाएको छ ।
बाढीका कारण सिन्धुलीको नेपालथोकदेखि काभ्रेको भकुण्डेबेंसीसम्म ३० किलोमिटर सडकमा धेरै स्थानमा क्षती पुगेको छ । क्षतीग्रस्त सडकमध्ये नेपालथोक–आँपटार खण्डमा एक सय मिटर, कालढुंगा र डालाबेंसी खण्डमा पाँच–पाँच सय मिटर, चिउरीवास खण्डमा तीन सय मिटर, एक नम्बर पुल परिसरमा २ सय ५० मिटर सडक बाढीले बगाएको थियो ।
अन्य क्षेत्रमा पनि यस्तै गरी बिपी राजमार्गलाई क्षतीग्रस्त राजमार्गको रुपमा पुर्याएको छ । काभ्रेपलाञ्चोक जिल्लाको नार्केबजार सडक सँगै बजारनै पूर्ण रुपमा बगाएको छ । यहाँको अनुमानीत १ सय ५० मिटर, चौकीडाँडामा १ सय मिटर, दाउन्नेमा १ सय मिटर, माम्ती खोलामा १ सय मिटर र ४ सय बेंसीमा ५० मिटर सडक रोशीको बाढीले बगाएको छ । अहिले यि क्षतीग्रस्त ठाउँहरुमा अस्थायी ट्रयाक खोलेर आंशिक मर्मत गरी सवारी सञ्चालन गरिएको छ ।
पूर्वी नेपाललाई काठमाडौं उपत्यकासँग जोड्ने मुख्य राजमार्गनै बिपी राजमार्ग हो । यो राजमार्ग निर्माण भएसँगै पूर्वी भेगबाट पूर्व–पश्चिम राजमार्ग नारायणघाटबाट मुग्लिन हुँदै काडमाडौं आउनुपर्ने बाध्यता हटेको थियो । बीपी राजमार्गमा काभ्रेपलाञ्चोक जिल्लाको भ्याकुरेखोला, घ्याम्पेखोला पक्की पुल नहुँदा वर्षा याममा यातायात अबरुद्ध हुँदै आएकोमा ति स्थानहरूमा पनि सडक पूर्ण रुपमा क्षती भएको छ । यी खोलामाथिबाट आउने खहरे र बाढीका कारण वर्षा याममा हरेकदिन जसो राजमार्ग अबरुद्ध हुँदै आएको थियो । ‘यी खोलाहरूमा पक्की पुल निर्माणका लागि राज्यले यस अघिनै ठेक्का लगाई सकेको भएपनि निर्माण कम्पनीको लापरबाहीका कारण बर्षौ देखि पुल निर्माण हुन सकेका छैनन् ।
सडक पुर्ननिर्माणका लागि लामो समय सम्म जापानको मुख ताकेर बसेको सरकारले अन्तत स्रोत सुनिश्चत गरेर ढिलै भएपनि पुर्ननिर्माण कार्य अघि बढाएको छ । बिपी राजमार्गको काभ्रेपलाञ्चोकको भकुन्डेबेसीदेखि नेपालथोकसम्म करिव ३० किलोमिटर सडकमा क्षति पुर्याएको स्थानमा पुर्ननिर्माण गर्नमात्र १० अर्ब लागत लाग्ने अनुमान सडक विभागको प्राविधिक टोलीले निचोड निकालेको छ ।
जसमा करिव ८ किलोमिटर सडक त पुर्ण रुपमा कटान नै गरेकाले ट्रयाक समेत बनाउने पर्ने अवस्थामा छ । भौगोलिक जटिलताका कारण ति स्थानमा सडक निर्माणमा धेरै खर्च हुने अनुमान विभागले गरेको छ । विभागले बाढी–पहिराले क्षति पु¥याएको बिपी राजमार्गको उक्त खण्ड अध्ययन गरी पुननिर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेको छ । जस अनुसार पुनर्निर्माणका लागि १० अर्ब रुपैयाँ लाग्ने देखिएको छ । संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका अनुसार अब बन्ने २८ किलोमिटर सडक डबल लेनको हुनेछ । पानीको निकास सहित १० मिटर चौडा हुने बताइएको छ । अब बन्ने सडक सात मिटर चौडाइ कालोपत्र गरिने बताइएको छ ।
क्षती भएको सडक अब बन्दा क्लास–टु स्ट्यान्डर्ड अर्थात जियोमेटिक स्ट्यान्डर्डको हुनेछ । अहिले भइरहेको भन्दा फराकिलो र व्यवस्थित सडक बनाउने योजना संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयको योजना रहेको बताइएको छ । डिपिआर अनुसार उक्त सडकमा तीन सय एमएम ९१ लाख ५ हजार ५०८.८८ घनमिटर को सब–बेस, २५० एमएम ९६५ हजार ३७२.६४ घनमिटर को बेस, ७५ एमएमको वाटर बाउन्ड म्याडम र ४० एमएमको आसफाल्ट कालोपत्र गरिनेछ । तीन लाख ९६ हजार ३०२.८३ घनमिटर माटो कटिङ गर्नुपर्ने र ७ लाख ६४ हजार १७५.८८ घनमिटर पुर्नुपर्ने पनि विस्तृत परियोजना प्रतिवेदनले बताएको छ ।
पछिल्लो समय अदकल्चोमा बसेको सडकलाई अर्थ मन्त्रालयबाट स्रोत सहमति पाएसँगै सडक विभागले बाढीबाट क्षतिग्रस्त बिपी राजमार्गको स्थायी पुनर्निर्माणको काम तत्काल अघि बढाउने तयारी गरेको सडक विभागले जनाएको छ । अर्थ मन्त्रालयले बिपी राजमार्गको पुनर्निर्माणका लागि साढे आठ अर्ब रुपैयाँ स्रोत सहमति दिएको छ । योसँगै सडक विभागले त्यसको पुनर्निर्माणका लागि ठेक्का आह्वान गर्ने तयारी गरेको छ । विभागले अर्थ मन्त्रालयसँग नौ अर्ब ६६ करोडको बजेट सहमति मागेको थियो । सडक विभागका महानिर्देशक रामहरि पोखरेलले दु्रतगतिमा बिपी राजमार्गको स्थायी पुनर्निर्माणको प्रक्रिया अघि बढाउने बताएका छन् ।
राजमार्गमा निर्माण र यातायात ब्यबसायी मनोमानी
सडकको निर्माताले हलुका सवारी साधन प्रतिघण्टा ४० किमिको गति भनी तोकेको ठाउँमा ठूला गाडी दु्रत गतिमा हाँक्किदा सडकमा खाल्डा खुल्डीहरू ब्यापक रुपमा देखिएका छन् भने डाँडामा कुँदिएर बनेको सडक भासिने सम्भावना देखिन्छ ।
साँघुरो बाटोमा व्यावसायिक सवारी साधनहरूको होडबाजीमा दुर्घटनाहरू पनि बढ्दो क्रममा छन् । राजमार्गको मापदण्ड र बढ्दो दुर्घटनालाई मध्यनजर गरेर १० टनभन्दा कमका मालवाहक गाडी र १८ सिटको सवारी साधन मात्रै चलाउने अनुमतिलाई सर्वोच्च अदालतले व्यवसायीहरूको दबाबमा जुलाई १५ मा रद्ध गरी १६ टनभन्दा कमका मालवाहक गाडी र ३२ सिटको सवारी साधन चलाउने अनुमति दिए सँगै समस्या उत्पन्न भएको हो । सवारी साधनको गति नियन्त्रण गर्न राखिएको टाइम–कार्ड यातायात प्रहरीको कमजोरीका कारण प्रभावकारी बन्न सकेको छैन । यातायात व्यवसायीको सबै किसिमको सवारी साधन चलाउन दिनुपर्ने अडानको अगाडि सरकारले घुँडा टेक्नुपर्ने अवस्था सरकारी पदाधिकारीहरूको व्यवसायीहरूसँगको साँठगाँठले बनेपा–बर्दिबासको यात्रालाई धरासयी बनाएको आरोप स्थानियको छ ।
निर्माण व्यवसायीहरूले जिल्ला विकास समितिको निर्देशन पालना नगर्दा भारी मालबाहक सवारी साधनको प्रयोग र बढ्दो दैनिक बालुवा, ढुङ्गा र रोडाको निकासीले राजमार्ग, वरपरका बस्ती र प्रकृतिलाई समेत नराम्रो असर गरेको छ । यस बाट राजमार्गको रुप नै कुरुप बनाएको स्थानियहरुको आरोप छ । स्थानीय बासिन्दाको विरोधका बाबजुद मुख्य आय स्रोत बनेको व्यवसायीक रोडा ढुङ्गालाई बन्द गर्न जिल्ला विकास समिति तत्पर देखिँदैन । अवैध क्रसरको बढ्दो व्यापारका कारण कञ्चन रोशी खोला धमिलिएको छ भने राजमार्गमा यात्रुको यात्रा कष्टकर नै बन्ने गरेको छ । यस सँगै कोशी नदिकोे रूप नै बदलिएको छ ।
सहयोगी बन्यो राजमार्गमा रोशी गाउँपालिका
जब असोजको वर्षाले रोशी खोलामा आएको बाढीका कारण बिपी राजमार्गको काभ्रेपलाञ्चोकको रोशीदेखि नेपालथोकसम्ममा विभिन्न ठाउँमा गरेर १३ किलोमिटर सडक क्षतिग्रस्त बनाए सँगै संघिय सरकारको उपस्थिती नहुँदा राजमार्ग ब्यबस्थापनमा रोशी गाउँपालिकाहले सह्रानिय काम गरेको छ । बिभिन्न ठाउँमा गरी सिन्धुलीको नेपालथोकदेखि काभ्रेपलाञ्चोक जिल्लाको भकुण्डेबेंसीसम्म ३० किलोमिटर सडकमा २५ असोजदेखि अस्थायी रुट बनाएर उक्त राजमार्गमा रोशी गाउँपालिकाले यातायात सञ्चालनमा सहयोगी भुमिका खेलेको छ । यस सँगै सडक बिभाग लाई साथ दिँदै रोशी गाउँपालिकाले यात्राुहरुलाई सहजताको काम गरेको प्रती सबैले धन्यवाद् ज्ञापन गरेका छन् । रोशी गाउँपलिका सँगै नमोबुद्ध नगरपालिका र सिन्धुलीको सुनकोशी गाउँपालिकाले अभिभाबकत्वको भुमिका निर्बाह गरेका थिए ।