• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • धर्म–संस्कृति/रीतिथिति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • मनोरञ्जन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ बैशाख ११, शुक्रबार
Trending
पनौती शिक्षक रोशी सहयात्रा खुला रक्तदान रेडक्रस भुकम्प ट्राफिक प्रहरी
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • अर्थ खबर
  • शिक्षा/स्वास्थ्य
  • बिचार
    • अन्तरवार्ता
    • ब्लग
  • ग्यालरी
    • साझा तस्विर
    • साझा टि.भी.
  • अन्य
    • राजिनिती
    • समाज
    • स्थानीय तह
    • पूर्वाधार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • अध्यात्म
    • साभार
  • Tools
    • Preeti to Unicode Converter
    • Date Converter
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

संज्ञा र अवज्ञा सहित राष्ट्रपति कार्यालयका समूह नै हुमागाई निवासमा

१ साल अघि
२

सापकोटाको तेह्रौ पुण्य तिथिमा श्रध्दाञ्जली सभा

२ साल अघि
३

गृहमन्त्री लेखकद्वारा विपतपछिका क्रियाकलापका विषयमा चासो व्यक्त

१ साल अघि
४

पनौती राष्ट्रपति रनिङशिल्ड पुनः भालेश्वर माध्यमिक विद्यालयलाई (तस्विरहरु सहित)

२ साल अघि
५

दिलकुमारी स्मृति प्रतिष्ठानको सहयोग भक्तेश्वरका विद्यार्थीलाई

१ साल अघि
६

सिद्धार्थ वनस्थली इन्स्टिच्युटका विद्यार्थी दीक्षित

२ साल अघि
७

पनौतीमा सप्ताहशुरु, कलशयात्रा अघि नै २१ लाख संकलन(तस्विर सहित)

२ साल अघि
८

पनौती जंगलमा बेवारिसे शव फेला, पहिचानका लागि सहयोग गर्न प्रहरीको अनुरोध

२ साल अघि
९

गोरखनाथका विद्यार्थीहरुलाई झोला, स्टेसनरीसँगै नगद पुरस्कार

२ साल अघि
१०

अभिभावकीय भूमिकामा रहेर काभ्रे काँग्रेस एक ढिक्का बनाउँछु : हुमागाई

१ साल अघि
११

तीन तले झरना अवलोकनसँगै पौडीको मज्जा(हेर्नुहोस तस्विरमा )

२ साल अघि
१२

उही बाटो र रुखहरू….

१ साल अघि

ताजा अपडेट

१

वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

१ महिना अघि
२

पाँच थान वाटर डिस्पेन्सर र १३ डस्टबिन विद्यालयलाई वितरण

१ महिना अघि
३

महाविर पुनलाई अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ

१ महिना अघि
४

 विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

२ महिना अघि
५

शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

२ महिना अघि
६

लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

२ महिना अघि
७

श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

२ महिना अघि
८

लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

२ महिना अघि
९

शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

३ महिना अघि
१०

शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

३ महिना अघि
११

गोरखनाथका विद्यार्थीलाई हिन्दुजागरण नेपालको न्यानो लुगा

४ महिना अघि
१२

उत्कृष्ट बने अनुप

५ महिना अघि
होमपेज /  शिक्षा/स्वास्थ्य
  • ३६० पटक पढिएको
  • एसइइ परीक्षाको तयारीलाई प्रभावकारी बनाउन मनोविदको १० प्रमुख सुझाब

  • २०८१ चैत्र ९, शनिबार (१ साल अघि)
  • सामाजिक सञ्जालमा हामी

    एसइइको परीक्षा भर्खरै सुरु भएको छ। अभिभावकहरूमा आफ्ना बालबालिकालाई कसरी राम्रो परीक्षा दिन सहयोग गर्ने भन्ने एकातिर चिन्ता र अर्कोतिर सहयोगका लागि उपाय के हुन सक्छ भन्ने जिज्ञासा उब्जिरहेको छ । यस्तो अवस्थामा चिन्तालाई भन्दा परीक्षा राम्रो गराउने प्रमाणित उपायहरूलाई ठाउँ दिँदा राम्रो परिणाम प्राप्त गर्न सकिन्छ।

    परीक्षा तनावपूर्ण हुन सक्छ, तर सही तरिकाले अध्ययन गर्दा विद्यार्थीहरुलाई निकै राम्रो उपलब्धि प्राप्त गर्न सहयोग मिल्छ। परीक्षामा उत्कृष्ट प्रदर्शन गर्न र तनाव कम गर्न विद्यार्थीहरूले योजना, संगठन, र स्मार्ट अध्ययन प्रविधिहरूलाई अपनाउँदा राम्रो हुन्छ। यहाँ केही महत्वपूर्ण चरणहरू छन् जसलाई अपनाउँदा परीक्षाको तयारीलाई निकै प्रभावकारी बनाउन सकिन्छ । अभिभावकहरूले यी कुराहरुलाई ध्यानमा राखी आफ्नो बालबालिकालाई सहयोग गर्ने हो भने सहज किसिमले नै परीक्षालाई उत्तीर्ण गर्ने तथा राम्रो परिणाम ल्याउने वातावरण बालबालिकालाई दिन सकिन्छ।

    १. योजनाबद्ध ढंगले अध्ययन गर्ने

    विद्यार्थीहरूले राम्रोसँग संगठित अध्ययन योजना तयार गर्नुपर्छ ताकि सबै विषयहरू व्यवस्थित रूपमा समेट्न सकियोस्। आफ्नो पाठ्यक्रमलाई साना भागहरूमा विभाजन गरी प्रत्येक विषयका लागि समय छुट्याउनुपर्छ। जुन विषयमा सुधार आवश्यक छ, तिनलाई प्राथमिकता दिनुपर्छ।

    २. अध्ययन सामग्री व्यवस्थित गर्नुपर्छ

    विद्यार्थीहरूले सबै आवश्यक अध्ययन सामग्रीहरू, जस्तै नोट्स, पाठ्यपुस्तकहरू, अघिल्लो परीक्षा पत्रहरू, र सन्दर्भ सामग्रीहरू सङ्कलन गरी व्यवस्थित रूपमा राख्नुपर्छ ताकि अध्ययनको क्रममा समय जोगियोस् र सामग्री खोज्ने तनावले अध्ययनलाई असर नपरोस्। बस्ने ठाउँ सामग्रीको पहुँच आदि जस्ता कुरालाई जति सहज बनाउँछौं त्यति नै अध्ययनमा जाँगर पनि लाग्दछ । अन्तिम समयसम्म कहाँ के गर्ने के पढ्ने भन्ने जस्ता कुरा बाँकी राख्यौं भने पढाइ प्रभावकारी हुँदैन।

    ३. परीक्षा को ढाँचा बुझ्ने

    अघिल्लो प्रश्नपत्रहरूको समीक्षा गरेर वा शिक्षकसँग सोधेर परीक्षा को ढाँचा बुझ्न आवश्यक छ। प्रश्नहरूको प्रकार (बहुविकल्पीय, निबन्ध, वा समस्या समाधान) बुझ्दा तयारीको सही दिशा तय गर्न सकिन्छ।कहिलेकाहीँ विद्यार्थीले परीक्षाका लागि महत्त्वपूर्ण सामग्रीमा भन्दा कम महत्वका सामग्रीमा बढी काम गर्छन् वा सम्पूर्ण सामग्रीलाई उति नै महत्व दिएर पढ्दछन् । ज्ञान प्राप्त गर्नको लागि गर्नुपर्ने त्यही कुराहरू नै हुन् तर हाम्रो फोरमेटिभ भन्दा सबमेटिवलाई बढी महत्व दिने अर्थात् परीक्षाले ज्ञान वृद्धि गर्ने भन्दा पनि अन्तिम समयमा जानेका कुरा सबै लेखेर बुझाउने प्रणालीमा (जसमा विद्यार्थीले अन्तिम समयमा प्राप्त गरेको प्रतिफललाई बढी महत्व दिइन्छ ) देश अनुसारको भेष भनेजस्तै कस्ता प्रश्न आउँछन् भन्ने कुरालाई बुझ्न निकै जरुरी हुन्छ।

    ४. प्रभावकारी अध्ययन प्रविधिहरू अपनाउनुपर्छ

    अध्ययनलाई प्रभावकारी बनाउने अनेक विधिहरू विकास भएका छन्। तीमध्ये सक्रिय पुनरावृत्ति (Active Recall) केवल पढ्ने मात्र होइन, आफूलाई प्रश्न सोधेर उत्तर दिने प्रयास गर्ने , विस्तारित पुनरावृत्ति (Spaced Repetition) निश्चित अवधिमा अध्ययन सामग्री दोहोर्‍याएर सम्झने क्षमता बढाउने , अघिल्लो परीक्षा पत्रहरू अभ्यास गरेर आत्मविश्वास बढाउने , नेमोनिक्स (Mnemonics) र माइन्ड म्याप जस्ता जटिल अवधारणाहरू सम्झन सजिलो बनाउने जस्ता बिधिहरु प्रयोग गर्न सकिन्छ ।

    ३. स्वस्थ जीवनशैली अपनाउनुपर्छ

    विद्यार्थीहरूले शारीरिक र मानसिक स्वास्थ्यको ख्याल राख्नुपर्छ ताकि प्रभावकारी रूपमा अध्ययन गर्न सकियोस्। आतिएर २४सै घण्टा पढ्नेभन्दा पनि कम्तीमा सात -आठ घण्टाको पर्याप्त निद्रा पुर्याउनु पर्दछ जसले मस्तिष्कलाई सहज राख्न र स्मरण शक्ति सन्तुलित राख्न सहयोग मिल्दछ।मस्तिष्कलाई ऊर्जा दिन सन्तुलित आहार खानुपर्छ। सम्पूर्ण पोषण पुग्ने खाना खाने तर अत्याधिक माछामासु सेवन गर्ने जस्ता कार्यलाई कम गर्ने । नियमित रूपमा व्यायाम गरे तनाव समेत कम हुन्छ। तर व्यायाम गर्दा धेरै थाक्ने खालको भन्दा पनि शरीरलाई स्फुर्त राख्ने खालको हलुका मध्यम खालका विकल्पहरू चयन गर्दा राम्रो हुन्छ जस्ले रक्त सञ्चारलाई गतिशील राख्नका साथसाथै मस्तिष्कमा अक्सिजनको मात्रालाई समेत राम्रोसित प्रवाह गर्छ।शरीरमा पानीको मात्रालाई सन्तुलित रुपमा कायम राख्नुपर्छ जसले विविध शारीरिक प्रक्रियाहरूमा मद्दत पुर्‍याउँदछ।शरीर हाइड्रेटेड राख्दा पढ्दा टाउको आँखा दुख्ने जस्ता समस्याहरुलाई समेत निकै कम गर्न सकिन्छ । बीच-बीचमा ब्रेक समेत लिँदा राम्रो हुन्छ।

    ६. रट्ने बानी हटाउनुपर्छ

    विद्यार्थीहरूले रट्ने प्रवृत्तिलाई त्यागेर विषयहरूलाई गहिरो रूपमा बुझ्न प्रयास गर्नुपर्छ। गहिरोसित अध्ययन गरेका कुरा दीर्घकालीन स्मरणमा बस्ने भएकोले हतपत बिर्सिइँदैन ।

    ७. अध्ययन समूहहरू बनाई तयारी गर्दा राम्रो

    साथीहरूसँग अध्ययन गर्दा विषयलाई बुझ्न सजिलो हुन्छ र शंका समाधान गर्न सकिन्छ।कहिलेकाहीँ एकोहोरो बुझाइले गलत तयारी भइरहेको हुनसक्छ यस्तो अवस्थामा संगठित तयारीले भुल्चोक हुने अवस्थालाई निकै न्यूनीकरण गर्छ। सामूहिक तयारीका क्रममा विद्यार्थीहरूले अरूलाई सिकाउने प्रयास पनि गर्नुपर्छ, जसले ज्ञानलाई अझ प्रभावशाली बनाउँछ, उपलब्धिको भावनालाई जागृत गराउँछ र अध्ययनमा समेत रुचि बढ्दछ।

    ८. परीक्षा सम्बन्धी तनाव व्यवस्थापन गर्नुपर्छ

    विद्यार्थीहरूले शान्त र आत्मविश्वासी रहने प्रयास गर्नुपर्छ। तनाव व्यवस्थापन गर्न गहिरो सास लिने विधिहरूका साथसाथै माइन्डफुलनेस अभ्यास गर्न सकिन्छ। शरीरलाई आरामदाय स्थितिमा राखेर लामो स्वास तान्ने र फाल्ने यसलाई केही समय निरन्तरता दिने । परीक्षाकै क्रममा धेरै तनाव हुँदा पनि यस कार्यलाई गर्न सकिन्छ। आफूलाई वर्तमानमा महसुस गरी आफुमा कस्तो भावनाहरू आइरहेका छन् मस्तिष्कमा कस्ता विचारहरू चलिरहेका छन् र शरीरमा कस्तो अनुभूति भइरहेको छ जस्ता कुरामा ध्यानलाई केन्द्रित समेत गर्न सकिन्छ। यी कुराहरुले तनावलाई निकै कम गर्न सहयोग गर्दछ। सकारात्मक सोच र सफलता को कल्पना गर्नाले पनि आत्मबल निकै बढ्दछ ।

    ९. प्रभावकारी पुनरावृत्ति गर्नुपर्छ

    परीक्षाको केही दिन अघि पुनरावृत्तिको लागि समय छुट्याउनुहोस्। मुख्य अवधारणाहरू, सूत्रहरू, र सारांशहरूमा ध्यान केन्द्रित गर्नुहोस्, अन्तिम समयमा आतिएर यो पनि आउँछ कि त्यो पनि आउँछ कि भन्दै नयाँ विषयहरू खोज्नु भन्दा पनि आफूले जानेका कुराहरुलाई राम्रोसित परीक्षामा लेख्ने हिसाबले तयारी गर्दा राम्रो । शतप्रतिशत ल्याउने भन्दा सतप्रतिशत दिने प्रयास गर्नुस्।

    १०. परीक्षा दिने दिनको तयारी राम्रो गर्नुपर्छ

    परीक्षा अघिको रात राम्रोसँग निद्रा लिनुपर्छ र परीक्षा केन्द्रमा पनि समयमै पुग्दा तनाव कम हुन्छ।आवश्यक सामग्री (कलम, क्याल्कुलेटर, परिचय पत्र , घडी आदि ) व्यवस्थित हुनुपर्दछ। बसाइको पोजिसन समेत सजिलो छ कि छैन ध्यान दिनुपर्छ ।

    आतिएर एन्जियस हुँदै प्रश्नपत्रलाई खोतल्ने बानी गर्नु हुँदैन । आरामदाय स्थितिमा रहेर सरल रुपमा प्रश्नहरूलाई हेर्ने र सजिलो हुनेगरी उत्तर लेख्न सुरु गर्नु पर्दछ। उत्तर लेख्दा घडी आदिको प्रयोग गरी समयलाई व्यवस्थापन गर्दै जाँदा अन्तिम समयमा हतारो हुँदैन। खासगरी व्यक्तिपरक सबजेक्टिभ लामाउत्तर माग्ने प्रश्नलाई सुरुमा नै क्यालकुलेट गरेर निश्चित समय छुटाउँदा राम्रो हुन्छ। प्रश्नका समूहहरूलाई समेत निश्चित समय छुट्याउँदा राम्रो हुन्छ।

    विद्यार्थीले मात्र नभई परीक्षा केन्द्रमा रहेका गार्डहरूले समेत ध्यान भङ्ग हुनेगरी कार्य गर्नु हुँदैन । बाहिरभित्र गरिराख्ने , एउटा विद्यार्थीले गल्ती गर्दा सबैलाई डिस्टर्ब हुने गरी कार्यबाही गर्ने जस्ता कुराहरु निरन्तर भइरहन्छन् । यसले खासगरी ध्यान केन्द्रीकरण गर्न अप्ठ्यारो हुने विद्यार्थीलाई यसै पनि गाह्रो भइरहेको अवस्थामा झनै अप्ठ्यारोमा पार्दछ। यी कुरालाई व्यवस्थापनले समेत ध्यानमा राखी व्यवस्थित रुपमा अगाडि बढाउनु पर्दछ।

    अन्त्यमा, विद्यार्थीहरूले परीक्षाको तयारीलाई निरन्तर प्रक्रिया मान्नुपर्छ जसमा अनुशासन र प्रभावकारी रणनीतिहरूको आवश्यकता हुन्छ। यी चरणहरू पालना गरेर, विद्यार्थीहरूले आफ्नो प्रदर्शनलाई उच्च बनाउन सक्दछन् र आत्मविश्वासका साथ परीक्षा दिन सक्दछन्। पछिलाई नसाँची छिटो तयारी सुरु गर्ने, व्यवस्थित रहने, र सकारात्मक दृष्टिकोण राख्ने।

    मनोविद भगवती भट्टराई सँग लिइएको अन्तर्वार्ताको आधारमा तयार पारिएको । भट्टराई हाल नेपाल एकेडेमी अफ साइकोलोजीमा अध्यक्ष तथा प्रमुख मनोविद्का रुपमा कार्यरत हुनुहुन्छ।

    • #see
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    शिक्षा/स्वास्थ्य सम्बन्धि थप

    वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

    पाँच थान वाटर डिस्पेन्सर र १३ डस्टबिन विद्यालयलाई वितरण

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

    ताजा समाचार
    १

    वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

    २

    पाँच थान वाटर डिस्पेन्सर र १३ डस्टबिन विद्यालयलाई वितरण

    ३

    महाविर पुनलाई अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ

    ४

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    ५

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    ६

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    ७

    श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

    ८

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    ९

    शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

    १०

    शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

    समाचार
    थप

    वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    सम्पादकीय
    थप

    जेनजीमाथि सहानुभूति, सरकारमाथि उत्पन्न आक्रोश

    समस्या र आवश्यकता केन्द्रित हुन नसकेको बजेट

    वन जंगलमा आगो लगाउनेमाथि कारबाही होस ।

    उद्धार,राहत र पुनस्थापनाले तिब्रता पाओस

    साझा टि.भी.
    थप
    • बबिना भट्टराईको ‘जय जय शम्भु’ भजन सार्बजानिक (भिडियो सहित)
    • गायक अर्जुन गुरुङ को स्वरमा ‘पिरतीको डोरी ’ सार्बजनिक
    • सुवासको नयाँ एल्वम ‘जुनी फेर्छु म’ सार्वजानिक ( हेर्नुुहोस भिडियोमा)
    • दुर्गेश थापाको देउसी भैलो गीत बजारमा (भिडियो सहित)

    पत्राचार ठेगाना

    फूलचोकी मिडिया प्रा.लि. द्वारा प्रकाशित साझा पत्रिका डट कम का लागी
    पत्राचार ठेगाना: पनौती न.पा. काभ्रेपलाञ्चोक
    सुचना विभाग दर्ता नं.: ४२५१-२०८०/२०८१
    प्रेस काउन्सिल दर्ता नं.: ४२४१-२०८०/२०८१
    ईमेल: [email protected]
    सम्पर्क न: ९८५१२३०७०५

    हाम्रो टीम

    निर्देशक: नारायण प्रसाद सापकोटा
    प्रधान सम्पादक: ……………………..
    सम्पादक: रघुनाथ हुमागाई
    कार्यकारी सम्पादक: सरोज सापकोटा
    विशेष सम्वाददाता: ……………….

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • सम्पादकीय
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८० साझा पत्रिका मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution