• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • धर्म–संस्कृति/रीतिथिति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • मनोरञ्जन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ अषाढ २१, आईतबार
Trending
पनौती शिक्षक रोशी सहयात्रा खुला रक्तदान रेडक्रस भुकम्प ट्राफिक प्रहरी
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • अर्थ खबर
  • शिक्षा/स्वास्थ्य
  • बिचार
    • अन्तरवार्ता
    • ब्लग
  • ग्यालरी
    • साझा तस्विर
    • साझा टि.भी.
  • अन्य
    • राजिनिती
    • समाज
    • स्थानीय तह
    • पूर्वाधार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • अध्यात्म
    • साभार
  • Tools
    • Preeti to Unicode Converter
    • Date Converter
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

संज्ञा र अवज्ञा सहित राष्ट्रपति कार्यालयका समूह नै हुमागाई निवासमा

१ साल अघि
२

सापकोटाको तेह्रौ पुण्य तिथिमा श्रध्दाञ्जली सभा

२ साल अघि
३

पनौती राष्ट्रपति रनिङशिल्ड पुनः भालेश्वर माध्यमिक विद्यालयलाई (तस्विरहरु सहित)

२ साल अघि
४

गृहमन्त्री लेखकद्वारा विपतपछिका क्रियाकलापका विषयमा चासो व्यक्त

१ साल अघि
५

दिलकुमारी स्मृति प्रतिष्ठानको सहयोग भक्तेश्वरका विद्यार्थीलाई

२ साल अघि
६

पनौतीमा सप्ताहशुरु, कलशयात्रा अघि नै २१ लाख संकलन(तस्विर सहित)

२ साल अघि
७

सिद्धार्थ वनस्थली इन्स्टिच्युटका विद्यार्थी दीक्षित

२ साल अघि
८

पनौती जंगलमा बेवारिसे शव फेला, पहिचानका लागि सहयोग गर्न प्रहरीको अनुरोध

२ साल अघि
९

गोरखनाथका विद्यार्थीहरुलाई झोला, स्टेसनरीसँगै नगद पुरस्कार

२ साल अघि
१०

तीन तले झरना अवलोकनसँगै पौडीको मज्जा(हेर्नुहोस तस्विरमा )

२ साल अघि
११

अभिभावकीय भूमिकामा रहेर काभ्रे काँग्रेस एक ढिक्का बनाउँछु : हुमागाई

१ साल अघि
१२

उही बाटो र रुखहरू….

२ साल अघि

ताजा अपडेट

१

संघर्षले भरिएको ‘गौँथली’को ट्रेलर सार्वजनिक

६ घण्टा अघि
२

भरपर्दो साझेदारमार्फत नेपालमा लगानी बढाउन पूर्व एनआरएनए अध्यक्ष आचार्यले गरे आग्रह

६ घण्टा अघि
३

ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

६ घण्टा अघि
४

दह लोकार्पित

१ महिना अघि
५

वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

३ महिना अघि
६

पाँच थान वाटर डिस्पेन्सर र १३ डस्टबिन विद्यालयलाई वितरण

३ महिना अघि
७

महाविर पुनलाई अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ

३ महिना अघि
८

 विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

४ महिना अघि
९

शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

४ महिना अघि
१०

लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

४ महिना अघि
११

श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

५ महिना अघि
१२

लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

५ महिना अघि
होमपेज /  समाचार
  • ५ पटक पढिएको
  • भरपर्दो साझेदारमार्फत नेपालमा लगानी बढाउन पूर्व एनआरएनए अध्यक्ष आचार्यले गरे आग्रह

  • कविराज ढकाल
  • २०८३ अषाढ २१, आईतबार (६ घण्टा अघि)
  • सामाजिक सञ्जालमा हामी

    लन्डन/ गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष कुल आचार्यले नेपालका ठूला पूर्वाधार, जलविद्युत र पर्यटन क्षेत्रमा लगानी भित्र्याउन बेलायतस्थित नेपाली डायस्पोरा र विदेशी लगानीकर्ताहरूलाई आह्वान गरेका छन् ।लन्डनस्थित नेपाली दूतावासमा आयोजित व्यापार तथा लगानी प्रवर्द्धन सम्मेलनमा एक कार्यपत्र प्रस्तुत गर्दै आचार्यले त्यस्तो आह्वान गरेका हुन् ।

    आफू एनआरएनएको नेतृत्वमा रहँदा नेपालमा गैरआवासीय नेपाली नागरिकता सुनिश्चित गर्न लामो संघर्ष गरेको उनले स्मरण गरे । लामो संघर्षपछि पहिलो एनआरएन नागरिकता लिने अवसर पाएको सम्झना गर्दै उनले नागरिकताको कानुनी झन्झट अन्त्य भएपछि सबैले निर्धक्क भएर लगानी गर्ने वातावरण बन्ने बताए ।

    दुई ठूला आर्थिक महाशक्ति र विशाल जनसंख्या भएका छिमेकी मुलुक चीन र भारतको बीचमा रहेकाले नेपालमा बजार र विकासको प्रचुर सम्भावना रहेको उनले प्रष्ट पारे । बेलायतमा सुरुवाती दिनमा संघर्ष गर्दै ‘होली काउ’ व्यवसायमार्फत अहिलेको स्थितिमा पुगेको उनले आफ्नो अनुभव सुनाए । आचार्यले सन् २०१२ मा संयुक्त लगानीको अवधारणा अघि सारिएको र सोही पहलस्वरूप सन् २०१७ मा ‘एनआरएनए इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनी’ स्थापना भएको जनाए। उक्त कम्पनी सन् २०२० मा नेपालको सेयर बजार (नेप्से) मा समेत सूचीकृत भइसकेको छ । उक्त कम्पनीले लगानीकर्ताहरूलाई राम्रो मुनाफा वितरण गरिरहेको जानकारी दिँदै उनले गैरआवासीय नेपालीहरूको सामूहिक लगानीमा नेपालका विभिन्न जलविद्युत आयोजना र अन्य क्षेत्रमा तीव्र गतिमा काम भइरहेको बताए ।

    नेपालमा सुरक्षित लगानीका लागि त्यहाँका स्थापित र विश्वसनीय व्यावसायिक घरानाहरूसँग रणनीतिक साझेदारी भइरहेको पनि आचार्यले बताए । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको आईएमई ग्रुपसँग मिलेर ‘हिमालय पावर पार्टनर’ लगायतका हाइड्रो प्रोजेक्टमा सहकार्य भइरहेको उनले उल्लेख गरे । यसैगरी, रुसमा रहेका नेपाली उद्यमीहरूद्वारा स्थापित सानिमा ग्रुपसँग मिलेर विभिन्न हाइड्रो र बैंकहरूमा लगानी गरिएको र बेलायतका केही कम्पनीहरूले पनि नेपालमा लगानी विस्तार गरिरहेको उनले बताए ।

    आचार्यले नेपालको पूर्वाधार र जलविद्युत क्षेत्रको अर्को ठूलो लगानीकर्ता ‘केसी ग्रुप’ सँगको सहकार्यबारे पनि प्रकाश पारे । उक्त ग्रुपसँग मिलेर जलविद्युत, सर्भिस सेन्टर, पर्यटन र हस्पिटालिटी तथा अपार्टमेन्ट परियोजनाहरू सञ्चालन गर्न लागिएको जानकारी दिँदै उनले भने, ‘आउनुहोस्, सँगै बसेर छलफल गरौँ । हामी नेपालमा जलविद्युत, होटल लगायतका क्षेत्रमा थप लगानी गर्न पूर्ण रूपमा तयार छौँ ।’

    यसैगरी, विभिन्न चुनौतीका बाबजुद भैरहवा (लुम्बिनी) मा रहेको ‘टाइगर प्यालेस रिसोर्ट’ लाई सफलतापूर्वक सञ्चालन गरिरहेको पनि उनले उल्लेख गरे । नेपालकै सबैभन्दा ठूलो क्यासिनो र आकर्षक स्विमिङ पुल भएको रिसोर्टमा हाल ११ सयभन्दा बढीले रोजगारी पाएका छन् । यसमा बेलायत र अमेरिकाका गैर आवासीय नेपाली व्यवसायीहरूको संयुक्त साझेदारी रहेको उनले स्पष्ट पारे ।

    चार्यले नेपालमा उद्यमशीलता र लगानी प्रवर्द्धनका लागि अहोरात्र खटिने युवा अनुसन्धानकर्ता तथा नेपाली दूतावासका अधिकारीहरूलाई धन्यवाद दिए । साथै, बेलायतमा रहेका नेपालीहरूलाई छिट्टै एउटा गोलमेच बैठक (राउन्ड टेबल) मा बसी बृहत् लगानीको प्रतिबद्धता जनाउन र मातृभूमिको आर्थिक रूपान्तरणमा साझेदार बन्न पनि उनले अपिल गरे ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    समाचार सम्बन्धि थप

    ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

    वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    ताजा समाचार
    १

    संघर्षले भरिएको ‘गौँथली’को ट्रेलर सार्वजनिक

    २

    भरपर्दो साझेदारमार्फत नेपालमा लगानी बढाउन पूर्व एनआरएनए अध्यक्ष आचार्यले गरे आग्रह

    ३

    ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

    ४

    दह लोकार्पित

    ५

    वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

    ६

    पाँच थान वाटर डिस्पेन्सर र १३ डस्टबिन विद्यालयलाई वितरण

    ७

    महाविर पुनलाई अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ

    ८

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    ९

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    १०

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    समाचार
    थप

    भरपर्दो साझेदारमार्फत नेपालमा लगानी बढाउन पूर्व एनआरएनए अध्यक्ष आचार्यले गरे आग्रह

    ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

    वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    सम्पादकीय
    थप

    जेनजीमाथि सहानुभूति, सरकारमाथि उत्पन्न आक्रोश

    समस्या र आवश्यकता केन्द्रित हुन नसकेको बजेट

    वन जंगलमा आगो लगाउनेमाथि कारबाही होस ।

    उद्धार,राहत र पुनस्थापनाले तिब्रता पाओस

    साझा टि.भी.
    थप
    • बबिना भट्टराईको ‘जय जय शम्भु’ भजन सार्बजानिक (भिडियो सहित)
    • गायक अर्जुन गुरुङ को स्वरमा ‘पिरतीको डोरी ’ सार्बजनिक
    • सुवासको नयाँ एल्वम ‘जुनी फेर्छु म’ सार्वजानिक ( हेर्नुुहोस भिडियोमा)
    • दुर्गेश थापाको देउसी भैलो गीत बजारमा (भिडियो सहित)

    पत्राचार ठेगाना

    फूलचोकी मिडिया प्रा.लि. द्वारा प्रकाशित साझा पत्रिका डट कम का लागी
    पत्राचार ठेगाना: पनौती न.पा. काभ्रेपलाञ्चोक
    सुचना विभाग दर्ता नं.: ४२५१-२०८०/२०८१
    प्रेस काउन्सिल दर्ता नं.: ४२४१-२०८०/२०८१
    ईमेल: [email protected]
    सम्पर्क न: ९८५१२३०७०५

    हाम्रो टीम

    निर्देशक: नारायण प्रसाद सापकोटा
    प्रधान सम्पादक: ……………………..
    सम्पादक: रघुनाथ हुमागाई
    कार्यकारी सम्पादक: सरोज सापकोटा
    विशेष सम्वाददाता: ……………….

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • सम्पादकीय
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८० साझा पत्रिका मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution