काठमाडौं
बुधबार शेयर बजार सूचक उच्च अंकले बृद्धि भएको छ ।
यस दिन नेप्से सूचक ४३.२७ विन्दुले बढेर १९०७.८९ अंकमा पुुगेर अडिएको छ । २ कम्पनीमा सकारात्मक सर्किट लागेको थियो । यस दिन कुल ९३ करोड ४८ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । केही समय अघि देखि निरन्तर ओरालो लागेको शेयरबजारमा आजको हरियाली सँगै शेयर बजारमा उत्साह छाएको छ ।
लामो समयदेखि लगानीकर्ताले ब्रोकर कमिसन घटाउनुपर्ने माग गर्दै आएका थिए । सोही अनुसार धितोपत्र बोर्डले बुधबार कमिसन घटाउने निर्णय गरेको छ । यसैकारण बजारमा उत्साह बढेको जानकारहरुको विश्लेषण छ ।
करिब १० प्रतिशतका दरले ब्रोकर कमिसन घटाउने निर्णय गरिएको धितोपत्र बोर्ड स्रोतले जानकारी गराएको छ । तर बोर्डले औपचारिकरुपमा यसको निर्णय सार्वजनिक गर्न बाँकी छ । अर्थ मन्त्रालयले स्वीकृति दिएपछि बोर्डले औपचारिक रुपमा यसको जानकारी गराउने छ ।
बुधवार २ सय ८६ कम्पनीको करिब ३७ लाख ७२ हजार कित्ता सेयर कारोबार भएको छ । सबै भन्दा बढि ४ करोड ४६ लाख रुपैयाँसहित सानिमा जीआइसी इन्सुरेन्सको करोबार भएको थियो ।