• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • धर्म–संस्कृति/रीतिथिति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • मनोरञ्जन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ बैशाख ११, शुक्रबार
Trending
पनौती शिक्षक रोशी सहयात्रा खुला रक्तदान रेडक्रस भुकम्प ट्राफिक प्रहरी
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • अर्थ खबर
  • शिक्षा/स्वास्थ्य
  • बिचार
    • अन्तरवार्ता
    • ब्लग
  • ग्यालरी
    • साझा तस्विर
    • साझा टि.भी.
  • अन्य
    • राजिनिती
    • समाज
    • स्थानीय तह
    • पूर्वाधार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • अध्यात्म
    • साभार
  • Tools
    • Preeti to Unicode Converter
    • Date Converter
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

संज्ञा र अवज्ञा सहित राष्ट्रपति कार्यालयका समूह नै हुमागाई निवासमा

१ साल अघि
२

सापकोटाको तेह्रौ पुण्य तिथिमा श्रध्दाञ्जली सभा

२ साल अघि
३

गृहमन्त्री लेखकद्वारा विपतपछिका क्रियाकलापका विषयमा चासो व्यक्त

१ साल अघि
४

पनौती राष्ट्रपति रनिङशिल्ड पुनः भालेश्वर माध्यमिक विद्यालयलाई (तस्विरहरु सहित)

२ साल अघि
५

दिलकुमारी स्मृति प्रतिष्ठानको सहयोग भक्तेश्वरका विद्यार्थीलाई

१ साल अघि
६

सिद्धार्थ वनस्थली इन्स्टिच्युटका विद्यार्थी दीक्षित

२ साल अघि
७

पनौतीमा सप्ताहशुरु, कलशयात्रा अघि नै २१ लाख संकलन(तस्विर सहित)

२ साल अघि
८

पनौती जंगलमा बेवारिसे शव फेला, पहिचानका लागि सहयोग गर्न प्रहरीको अनुरोध

२ साल अघि
९

गोरखनाथका विद्यार्थीहरुलाई झोला, स्टेसनरीसँगै नगद पुरस्कार

२ साल अघि
१०

अभिभावकीय भूमिकामा रहेर काभ्रे काँग्रेस एक ढिक्का बनाउँछु : हुमागाई

१ साल अघि
११

तीन तले झरना अवलोकनसँगै पौडीको मज्जा(हेर्नुहोस तस्विरमा )

२ साल अघि
१२

उही बाटो र रुखहरू….

१ साल अघि

ताजा अपडेट

१

वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

१ महिना अघि
२

पाँच थान वाटर डिस्पेन्सर र १३ डस्टबिन विद्यालयलाई वितरण

१ महिना अघि
३

महाविर पुनलाई अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ

१ महिना अघि
४

 विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

२ महिना अघि
५

शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

२ महिना अघि
६

लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

२ महिना अघि
७

श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

२ महिना अघि
८

लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

२ महिना अघि
९

शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

३ महिना अघि
१०

शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

३ महिना अघि
११

गोरखनाथका विद्यार्थीलाई हिन्दुजागरण नेपालको न्यानो लुगा

४ महिना अघि
१२

उत्कृष्ट बने अनुप

५ महिना अघि
होमपेज /  पत्रपत्रिका
  • ५०९ पटक पढिएको
  • इजरायलबाट फर्कने हतारमा छैन नेपाली

  • २०८० कार्तिक २, बिहिबार (२ साल अघि)
  • सामाजिक सञ्जालमा हामी

    तेलअभिभ

    झापाका धनबहादुर देवानले इजरायलको दक्षिणी भाग किरातगातमा रकेट नदेखेको दिन छैन । गाजा क्षेत्रको नजिक रहेको किरातगातलाई लक्षित गरी प्यालेस्टाइनी विद्रोही समूह हमासले कैयौं पटक रकेट प्रहार गरिसकेको छ । हालै एउटा रकेटको छर्रा देवान बस्ने घरमा पनि खसेको थियो ।

    ‘केही दिनअघि कोठाभित्रै रकेटको छर्रा आइपुग्यो । छर्रा तलमाथि गरेको देख्दा एकछिन त सात्तो नै गयो,’ उनले भने, ‘हामी बोर्डरछेउ बस्नेलाई यस्तो कुरा खासै नौलो लाग्दैन ।’ मंगलबार मात्रै पनि हमासले बिहानदेखि रातिसम्म सयौं रकेट प्रहार गरेको थियो । त्यसमध्ये अधिकांश दक्षिणी इजरायलको भागमा पर्ने नेगेभ, साफेला, लाकहिसा, बिरसेवालगायत स्थानलाई लक्षित गरिएको थियो । ‘आकाशमा आउने रकेटको खास डर छैन,’ देवानले भने, ‘दक्षिण भेगमा त घण्टाघण्टामा रकेट झर्छ । त्यो आकाशमा नै निस्तेज हुन्छ ।’

    इजरायल–प्यालेस्टाइनबीचको पछिल्लो द्वन्द्वलाई लिएर पूरै मध्यपूर्व तनावमा रहेका बेला इजरायलमा दशक बिताइसकेका नेपालीहरू भने धेरै आत्तिएका देखिँदैनन् ।उनीहरू हमासले प्रहार गर्ने रकेट इजरायली सेनाले आकाशमै निस्तेज पर्नेमा ढुक्क छन् । ‘अहिलेको युद्ध भयंकर हो तर तेलअभिभभन्दा निकै टाढाको युद्ध हो । तेलअभिभमा बस्नेहरूका लागि भने सामान्य छ,’ १० वर्षदेखि इजरायलमा कियरगिभरका रूपमा कार्यरत मोरङका प्रकाश लिम्बूले कान्तिपुरसँग भने, ‘हमासले फाल्ने रकेट आकाशमै निस्तेज हुने हुनाले हामी ढुक्क छौं ।’

    गत अक्टोबर ७ मा रकेट निस्तेज बनाउने इजरायलको आइरन डोम चुकेपछि भने ठूलो क्षति बेहोर्नुर्पयो । उक्त हमलामा परेर मंगलबारसम्म १४ सयभन्दा बढी इजरायलीको ज्यान गइसकेको छ । हमासको आक्रमणमा १० नेपाली विद्यार्थीको समेत मृत्यु भएको थियो ।
    उनीहरू सबै सुदूरपश्चिम विश्वविद्यालयबाट अर्न एन्ड लर्न कार्यक्रमअन्तर्गत इजरायलको कृषि क्षेत्रको अध्ययनका लागि आएका थिए । नेपाली विद्यार्थी विपिन जोशीको अवस्था अझै अज्ञात छ । हमासको आक्रमणमा घाइते पाँचमध्ये एक जना नेपाल फर्किसकेका छन् भने चार जनामध्ये तीनको तेलअभिभकै अस्पतालमा उपचार भइरहेको छ । एक जना अस्पतालबाट डिस्चार्ज भएर इजरायलस्थित नेपाली दूतावासमा आराम गरिरहेका छन् ।

    हमासबाट भएको आकस्मिक हमलाका बारेमा पूर्वसूचना नपाउनुमा सरकारको कमजोरी रहेको इजरायली प्रधानमन्त्रीले स्वीकार गरिसकेका छन् । उक्त घटनापछि इजरायलतर्फबाट भएको प्रत्याक्रमणमा चार हजारभन्दा बढी प्यालेस्टिनीहरूको मृत्यु भएको छ ।
    इजरायलमा पुरुष र महिला कियरगिभर गरी ४ हजार ५ सय नेपाली कार्यरत छन् विद्यार्र्थीबाहेक कृषि क्षेत्रमा दीर्घकालीन भिसामा काम गर्ने नेपाली छैनन्  । नेपाली कामदार तेलअभिभ, हाइफा, नातानिया, रमादगान, रिसोन, राम्ले, नजेरेत, होदासरण, रमताविफमा बस्छन् । यी सुरक्षित स्थान हुन् ।

    ‘हामी दुई जना शारीरिक अशक्त एक बाजेको सेवामा छौं, उनलाई २४ घण्टा नै रेखदेख गर्नुपर्छ,’ २०१४ देखि केयरगिभरमा कार्यरत झापाका जीवन ढकालले भने, ‘काम नियमित भइरहेको छ । त्यस्तो डर छैन । साइरन बज्दा भने बंकरमा गइहाल्छौं ।’ कामको सम्मान र उचित ज्याला रहेकाले ठूलै कारण नभएसम्म इजरायल नछोड्ने उनले निर्णय गरेका छन् । ‘कामको सम्मान छ, मासिक ४ हजार ५ सय न्यूनतम तलब नै छ । बिदाको दिनमा काम गर्दा ३ सय ८० थपिन्छ,’ उनले भने, ‘कियरगिभरमा अहिले नै घर जानुपर्छ भन्ने देखिँदैन किनकि धेरैजसोलाई बाहिर निस्कनुपर्दैन ।’

    उनीहरूको स्वदेश फिर्ने इच्छा नभए पनि परिवारले छिटो आउन ताकेता गरिरहेका छन् । ‘रकेटलाई माथिबाट नै झार्ने भएकाले खासै क्षति हुँदैन । भूमिभित्र नै छिरेर मान्छे मार्ने कार्य भने गलत थियो,’ ढकालले भने, ‘जुन क्षेत्रमा समस्या छ, त्यहाँ धेरै नेपाली छैनन् । परिवार र आफन्तहरू घर फर्क भन्छन् । त्यतिकै काम छोड्ने पक्षमा छैनौं ।’

    १० वर्षदेखि इजरायलमा कार्यरत इटहरीका टीका तिमल्सिनाले द्वन्द्वले व्यापार–व्यवसायदेखि हरेक कुरालाई घाटामा पारेको बताए । ‘प्रत्येक दिन होटल प्याक नै हुने गथ्र्यो,’ उनले भने, ‘चिन्तित त बनाएको छ । बंकरमा नै सुतिरहेको छु ।’

    नेपाली दूतावासका अनुसार शुरुमा ६३९ जनाले स्वदेश फर्कन फारम भरेका थिए । त्यसमध्ये २७२ जना नेपाल फर्किसकेका छन् । फारम भर्ने बाँकीमध्ये अधिकांशले तत्काल नफर्कने जवाफ दिने गरेको नेपाली राजदूत कान्ता रिजालले बताइन् । हाल ६१ जना मात्रै स्वदेश फर्कनका लागि दूतावासको सम्पर्कमा रहेको राजदूत रिजालले जानकारी दिइन् । यो समाचार इकान्तिपुर डटकममा छ ।

     

    • #गाजा क्षेत्र
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    पत्रपत्रिका सम्बन्धि थप

    स्वस्थ जीवनका लागि सन्तुलित भोजन र व्यायाम

    नसर्ने रोग: मौन महामारी

    स्वास्थ्यमन्त्री पौडेललाई केन्द्रीय सदस्य हुमागाईंको प्रश्न -बिमाबाट स्वास्थ्य उपचार सुविधा किन बञ्चित गरियो ? ?

    बेल्जियमस्थित नेपाली दूतावासमा अन्तरक्रिया

    शिक्षा विधेयक : अस्थायी प्रकृतिका शिक्षकका विषयमा ‘सहमति’

    रक्तदाता नहुँदा रगत अभाब उपत्यकाबाट रगत पूर्ति गर्दै नेपाल रेडक्रस काभ्रेपलाञ्चोक

    ताजा समाचार
    १

    वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

    २

    पाँच थान वाटर डिस्पेन्सर र १३ डस्टबिन विद्यालयलाई वितरण

    ३

    महाविर पुनलाई अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ

    ४

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    ५

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    ६

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    ७

    श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

    ८

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    ९

    शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

    १०

    शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

    समाचार
    थप

    वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    सम्पादकीय
    थप

    जेनजीमाथि सहानुभूति, सरकारमाथि उत्पन्न आक्रोश

    समस्या र आवश्यकता केन्द्रित हुन नसकेको बजेट

    वन जंगलमा आगो लगाउनेमाथि कारबाही होस ।

    उद्धार,राहत र पुनस्थापनाले तिब्रता पाओस

    साझा टि.भी.
    थप
    • बबिना भट्टराईको ‘जय जय शम्भु’ भजन सार्बजानिक (भिडियो सहित)
    • गायक अर्जुन गुरुङ को स्वरमा ‘पिरतीको डोरी ’ सार्बजनिक
    • सुवासको नयाँ एल्वम ‘जुनी फेर्छु म’ सार्वजानिक ( हेर्नुुहोस भिडियोमा)
    • दुर्गेश थापाको देउसी भैलो गीत बजारमा (भिडियो सहित)

    पत्राचार ठेगाना

    फूलचोकी मिडिया प्रा.लि. द्वारा प्रकाशित साझा पत्रिका डट कम का लागी
    पत्राचार ठेगाना: पनौती न.पा. काभ्रेपलाञ्चोक
    सुचना विभाग दर्ता नं.: ४२५१-२०८०/२०८१
    प्रेस काउन्सिल दर्ता नं.: ४२४१-२०८०/२०८१
    ईमेल: [email protected]
    सम्पर्क न: ९८५१२३०७०५

    हाम्रो टीम

    निर्देशक: नारायण प्रसाद सापकोटा
    प्रधान सम्पादक: ……………………..
    सम्पादक: रघुनाथ हुमागाई
    कार्यकारी सम्पादक: सरोज सापकोटा
    विशेष सम्वाददाता: ……………….

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • सम्पादकीय
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८० साझा पत्रिका मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution