• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • धर्म–संस्कृति/रीतिथिति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • मनोरञ्जन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ फागुन २३, शनिबार
Trending
पनौती शिक्षक रोशी सहयात्रा खुला रक्तदान रेडक्रस भुकम्प ट्राफिक प्रहरी
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • अर्थ खबर
  • शिक्षा/स्वास्थ्य
  • बिचार
    • अन्तरवार्ता
    • ब्लग
  • ग्यालरी
    • साझा तस्विर
    • साझा टि.भी.
  • अन्य
    • राजिनिती
    • समाज
    • स्थानीय तह
    • पूर्वाधार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • अध्यात्म
    • साभार
  • Tools
    • Preeti to Unicode Converter
    • Date Converter
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

संज्ञा र अवज्ञा सहित राष्ट्रपति कार्यालयका समूह नै हुमागाई निवासमा

१ साल अघि
२

सापकोटाको तेह्रौ पुण्य तिथिमा श्रध्दाञ्जली सभा

२ साल अघि
३

गृहमन्त्री लेखकद्वारा विपतपछिका क्रियाकलापका विषयमा चासो व्यक्त

१ साल अघि
४

पनौती राष्ट्रपति रनिङशिल्ड पुनः भालेश्वर माध्यमिक विद्यालयलाई (तस्विरहरु सहित)

२ साल अघि
५

दिलकुमारी स्मृति प्रतिष्ठानको सहयोग भक्तेश्वरका विद्यार्थीलाई

१ साल अघि
६

सिद्धार्थ वनस्थली इन्स्टिच्युटका विद्यार्थी दीक्षित

१ साल अघि
७

पनौतीमा सप्ताहशुरु, कलशयात्रा अघि नै २१ लाख संकलन(तस्विर सहित)

२ साल अघि
८

पनौती जंगलमा बेवारिसे शव फेला, पहिचानका लागि सहयोग गर्न प्रहरीको अनुरोध

२ साल अघि
९

तीन तले झरना अवलोकनसँगै पौडीको मज्जा(हेर्नुहोस तस्विरमा )

२ साल अघि
१०

गोरखनाथका विद्यार्थीहरुलाई झोला, स्टेसनरीसँगै नगद पुरस्कार

१ साल अघि
११

उही बाटो र रुखहरू….

१ साल अघि
१२

अभिभावकीय भूमिकामा रहेर काभ्रे काँग्रेस एक ढिक्का बनाउँछु : हुमागाई

१ साल अघि

ताजा अपडेट

१

 विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

२ हफ्ता अघि
२

शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

२ हफ्ता अघि
३

लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

२ हफ्ता अघि
४

श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

१ महिना अघि
५

लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

१ महिना अघि
६

शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

१ महिना अघि
७

शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

२ महिना अघि
८

गोरखनाथका विद्यार्थीलाई हिन्दुजागरण नेपालको न्यानो लुगा

२ महिना अघि
९

उत्कृष्ट बने अनुप

३ महिना अघि
१०

काभ्रे– हेटौडा बस संचालन, स्थानीयलाई सुविधा नेतृत्वलाई दवाव

३ महिना अघि
११

गिम्दी प्रवासी युवा समाजको अगुवाइमा पशुपति मन्दिर पुनर्निर्माण

३ महिना अघि
१२

नेपाली काङ्ग्रेस:पदमा मात्र रुपान्तरण कि सच्चा समर्पण र समाजको अभिन्न भुमिकामा पनि ?

४ महिना अघि
होमपेज /  पत्रपत्रिका
  • ९०४ पटक पढिएको
  • सम्पदाहरुले भरिपूर्ण प्राचिन सहर पनौती

  • २०८० कार्तिक ३, शुक्रबार (२ साल अघि)
  • सामाजिक सञ्जालमा हामी

         विधुप्रकाश कायस्थ
    काठमाडौं उपत्यकाको केन्द्रबाट ३२ किलोमिटर दक्षिणपूर्वमा अवस्थित पनौती मूर्त र अमूर्त सांस्कृतिक सम्पदाका लागि परिचित प्राचीन सहर हो । रोसी र पुण्यमती खोलाको संगममा अवस्थित पनौती वास्तुकला परिसर रमणीय स्थानमा रहेको युनेस्कोले आफ्नो विश्व सम्पदा क्षेत्रको अस्थायी सूचीमा समावेश गरेको छ ।

    एक वर्ग किलोमिटरको सानो क्षेत्रफलमा फैलिएको प्राचीन मानवबस्ती वरिपरि ४० भन्दा बढी मन्दिर र पाटिपौवाहरूसमेत ऐतिहासिक संरचना छन् । परम्परागत नेवार वास्तुकला शैलीमा बनेको इन्द्रेश्वर महादेव मन्दिर सन् १२९४ मा निर्माण भएको हो । उल्लेखनीय अन्य मन्दिरहरूमा १७ औं शताब्दीको ब्रह्मयानी मन्दिर र त्रिवेणी घाटमा रहेको कृष्ण मन्दिर हुन् । त्यसैगरी यहाँ पुरातात्त्विक महत्त्वका मठमन्दिर, शिलालेख, प्रस्तर मूर्तिका साथै बौध्दबिहार चैत्यहरूसहित आधा दर्जन स्तूप र देवताको मूर्तिसहितको सामुदायिक घरहरू छन् । समृद्ध सांस्कृतिक सम्पदाको सहरमा प्रशस्त पाटीहरू, तीनवटा डबली र छवटा ढुङ्गे धाराका साथै तीनवटा सार्वजनिक चोकहरू पनि छन् । यहाँका उन्मुक्त भैरव मन्दिर र अहिल्या मन्दिर नेवारी शैलीको वास्तुकलाको उत्कृष्ट उदाहरण हुन् ।

     

    महादेव र इन्द्रलगायतका देवताले आफूले गरेका पापबाट आफैँलाई शुध्द गर्न पनौतीमा गरिने एकान्तवासका कुरा हिन्दु पौराणिक कथाहरूमा पाइन्छन् । यी कथाहरू पनौतीका तीन नदीको मिलन स्थल त्रिवेणीघाटसँग जोडिएका छन् । तीन नदीमध्ये दुई नदी पुण्यमाता (जस्लाई भोंखुसी पनि भनिन्छ) र रोसी बगेको देखिन्छन् भने अर्को पवित्र नदी लीलावती अदृश्य छ । बाह्र वर्षमा एकपटक लाग्ने एक महिनासम्म चल्ने पनौती मकर मेलामा टाढाटाढाका तीर्थयात्रीहरू पनौतीमा आउने गर्छन् । पनौती त्रिवेणीमा पवित्र स्नान गर्नाले तीर्थयात्रीको पाप पखालिने जनविश्वास रहेको छ ।

    नेवार समुदायको प्रख्यात परिकार ुयोमरीु पनौतीमै आविष्कार भएको मानिन्छ भने योमरीपुह्नी पर्व पनौतीबाट सुरु भएको विश्वास छ । किम्वदन्तीअनुसार एक विवाहित जोडी सुचन्द्र र कृतिले योमरीको आविष्कार गरेका हुन् । योमरीको नयाँ स्वाद बासिन्दाहरूमा फैलिएको थियो । सबैले रमाइलो मानेर खाने भएकोले यो रोटीको नाम योमरी राखियो जसलाई नेपाली भाषामा ुमनपरेको रोटीु भन्न सकिन्छ । त्यसदम्पतीले धनपति कुबेरलाई योमरी चढाएको जनविश्वास छ ।

    योमरीको स्वादले कुवेर धेरै खुसी भए र कुवेरको आशीर्वादले योमरीपुह्नी मनाउने परम्परा सुरु भयो । योमरी पुह्नी धानबाली काट्ने अन्तिम दिन मनाइने नेवारहरूको पावनपर्व हो । यो पर्व नेपाल सम्वतको थिंलामहिनाको पूर्णिमाको दिनमा मनाइन्छ । अचेल नेवार परिकार पाइने रेस्टुराँहरूको मेनुमा योमरी एक खास हिस्सा बनेको छ । योमरी र योमरी पुह्नी पर्वलाई युनेस्कोको विश्व सम्पदाको अमूर्त सम्पदा सूचीमा समावेश गर्न एउटा सशक्त प्रस्ताव हुन सक्छ । हालसम्म नेपाल सरकारले युनेस्कोको विश्व सम्पदा सूचीमा अमूर्त सम्पदाहरू पेस गरेको छैन ।

    वर्षभरी मनाइने चाडपर्व र उत्सव पनौतीका एकसयभन्दा बढी अमूर्त सांस्कृतिक सम्पदा हुन् । पनौतीमा हरेक दिनलाई सम्पदा दिवस भन्नु अतिरञ्जन नहोला । पनौतीका सम्पदा र सांस्कृतिक सम्पदाको संरक्षणमा पुरातत्त्व विभाग, पनौती नगरपालिका र नागरिक समाजको सामूहिक प्रयास सराहनीय छ ।

     

    पनौतीलाई महाभारत सर्किटको प्रमुख स्थानको रूपमा पुनः परिभाषित गर्ने बलियो सम्भावना छ । नेपाल र भारतमा द्रौपदीसँगै पाण्डवका धेरै मूर्तिहरू छन । तर, द्रौपदी एकलैको एउटै मूर्ति पनौती नगरपालिकाको खोपासी बजारमा मात्रै छ ।सायद, विश्वमा पुरातात्विक मूल्य भएको द्रौपदीको यही एउटा मूर्तिमात्रै हो ।

     

    हिन्दु र बौध्द दुवै धर्मावलम्बीले पनौतीलाई पवित्र नगर मान्छन् । पनौतीलाई महाभारत युगको पाञ्चाल नगर मानिन्छ जहाँ पाण्डवका पाँच दाजुभाइसँग विवाह गरेकी राजकुमारी द्रौपदीको जन्म भएको थियो । पनौतीलाई महाभारत सर्किटको प्रमुख स्थानको रूपमा पुनः परिभाषित गर्ने बलियो सम्भावना छ । नेपाल र भारतमा द्रौपदीसँगै पाण्डवका धेरै मूर्तिहरू छन । तर, द्रौपदी एकलैको एउटै मूर्ति पनौती नगरपालिकाको खोपासी बजारमा मात्रै छ ।सायद, विश्वमा पुरातात्विक मूल्य भएको द्रौपदीको यही एउटा मूर्तिमात्रै हो ।

     

    बौध्द धर्मालम्बीहरूका पवित्र पुरुष राजकुमार महासत्वको जन्मस्थल पनि पनौती हो । राजकुमार महासत्वलाई नमोबुध्द भनेर चिनिन्छ । किम्वदन्ती अनुसार भर्खरै जन्मेका आफ्ना बच्चाहरूले घेरिएकी भोको बघिनीलाई राजकुमार महासत्वले आफ्नै शरीरको मासु काटेर खुवाएर प्राण त्यागेका थिए । बुध्दत्व प्राप्त गर्ने राजकुमार महासत्वलाई बुध्दको अवतार भनिन्छ । महासत्वका अवशेषहरू राखिएको स्थान नमोबुध्द हिन्दु र बौध्द दुवैका लागि पवित्र तीर्थस्थल हो । नमोबुध्द पनौतीनजिकै पूर्वतिरको डाँडामा अवस्थित छ । नमोबुध्दलाई छुट्टै पहिचानसहितको विश्व सम्पदाको मान्यता प्रबल हकदार मान्न सकिन्छ ।

     

    पनौतीको प्राचीन मानव बस्ती एउटै चट्टानमाथि उभिएकोले यहाँ ढिक्की र ओखलको प्रयोग निषेध छ । यहाँ भूकम्पको धक्का महसुस हुँदैन । सन् १९३४ र सन् २०१५ को महाभूकम्पबाट नेपालको ठूलो भूभागमा क्रमशः २०,००० र १०,००० मानवीय क्षति भए पनि पनौतीमा क्षति नगण्य रह्यो । अनेक जात्रा र मेलापर्व मान्ने परम्परा रहेको पनौती वास्तवमा एक जीवित संग्रहालय हो जहाँ सांस्कृतिक र परम्परागत मूल्यहरू अक्षुण राखिएको छ ।

     

    २३ मे १९९६ देखि नै पनौतीका प्रारम्भिक मध्यकालीन स्मारकहरूलाई युनेस्को विश्व सम्पदा क्षेत्रहरूको अस्थायी सूचीमा समावेश गरिएको भए पनि पनौती विश्व सम्पदा सूचीमा समावेश हुनसकेको छैन । पनौतीलाई विश्व सम्पदाको मान्यताले विभूषित गर्न पनौती नगरपालिकालगायत स्थानीय बुद्धिजीवी र समाजसेवीहरू प्रयासरत छन् ।
    यो लेख बाह्रखरी डटकमबाट लिइएको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    पत्रपत्रिका सम्बन्धि थप

    श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

    नेपाली काङ्ग्रेस:पदमा मात्र रुपान्तरण कि सच्चा समर्पण र समाजको अभिन्न भुमिकामा पनि ?

    स्वस्थ जीवनका लागि सन्तुलित भोजन र व्यायाम

    नसर्ने रोग: मौन महामारी

    स्वास्थ्यमन्त्री पौडेललाई केन्द्रीय सदस्य हुमागाईंको प्रश्न -बिमाबाट स्वास्थ्य उपचार सुविधा किन बञ्चित गरियो ? ?

    बैंकिङ संकटको दीर्घकालीन समाधान कि नयाँ बोझ ? 

    ताजा समाचार
    १

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    २

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    ३

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    ४

    श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

    ५

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    ६

    शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

    ७

    शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

    ८

    गोरखनाथका विद्यार्थीलाई हिन्दुजागरण नेपालको न्यानो लुगा

    ९

    उत्कृष्ट बने अनुप

    १०

    काभ्रे– हेटौडा बस संचालन, स्थानीयलाई सुविधा नेतृत्वलाई दवाव

    समाचार
    थप

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    सम्पादकीय
    थप

    जेनजीमाथि सहानुभूति, सरकारमाथि उत्पन्न आक्रोश

    समस्या र आवश्यकता केन्द्रित हुन नसकेको बजेट

    वन जंगलमा आगो लगाउनेमाथि कारबाही होस ।

    उद्धार,राहत र पुनस्थापनाले तिब्रता पाओस

    साझा टि.भी.
    थप
    • बबिना भट्टराईको ‘जय जय शम्भु’ भजन सार्बजानिक (भिडियो सहित)
    • गायक अर्जुन गुरुङ को स्वरमा ‘पिरतीको डोरी ’ सार्बजनिक
    • सुवासको नयाँ एल्वम ‘जुनी फेर्छु म’ सार्वजानिक ( हेर्नुुहोस भिडियोमा)
    • दुर्गेश थापाको देउसी भैलो गीत बजारमा (भिडियो सहित)

    पत्राचार ठेगाना

    फूलचोकी मिडिया प्रा.लि. द्वारा प्रकाशित साझा पत्रिका डट कम का लागी
    पत्राचार ठेगाना: पनौती न.पा. काभ्रेपलाञ्चोक
    सुचना विभाग दर्ता नं.: ४२५१-२०८०/२०८१
    प्रेस काउन्सिल दर्ता नं.: ४२४१-२०८०/२०८१
    ईमेल: [email protected]
    सम्पर्क न: ९८५१२३०७०५

    हाम्रो टीम

    निर्देशक: नारायण प्रसाद सापकोटा
    प्रधान सम्पादक: ……………………..
    सम्पादक: रघुनाथ हुमागाई
    कार्यकारी सम्पादक: सरोज सापकोटा
    विशेष सम्वाददाता: ……………….

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • सम्पादकीय
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८० साझा पत्रिका मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution