काभ्रे
भिजन लुम्बिनी ऊर्जा कम्पनीले आईपीयो जारी गर्ने मिति तय गरेको छ ।
कम्पनीको प्रति किता १ सय रूपैंयाका दरले आइपीयो भर्न सकिने छ । कार्तिक १६ गतेबाट कार्तिक २० गते सम्म शेयर भर्न सकिने भए पनि यसको अन्तिम क्लोजिङ मिति मंसिर १ गते रहेको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
यस सँगै नेपाल वेयर हाउजिङ कम्पनी तथा मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको पनि लगतै मिति तय हुने छ भने हिमालयन रिइन्स्योरेन्स सर्वोत्तम सिमेन्ट पनि आइपीयो जारी मिति तय हुने अन्तिम तयारीमा रहेको बुझिएको छ ।