• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • धर्म–संस्कृति/रीतिथिति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • मनोरञ्जन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ फागुन २३, शनिबार
Trending
पनौती शिक्षक रोशी सहयात्रा खुला रक्तदान रेडक्रस भुकम्प ट्राफिक प्रहरी
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • अर्थ खबर
  • शिक्षा/स्वास्थ्य
  • बिचार
    • अन्तरवार्ता
    • ब्लग
  • ग्यालरी
    • साझा तस्विर
    • साझा टि.भी.
  • अन्य
    • राजिनिती
    • समाज
    • स्थानीय तह
    • पूर्वाधार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • अध्यात्म
    • साभार
  • Tools
    • Preeti to Unicode Converter
    • Date Converter
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

संज्ञा र अवज्ञा सहित राष्ट्रपति कार्यालयका समूह नै हुमागाई निवासमा

१ साल अघि
२

सापकोटाको तेह्रौ पुण्य तिथिमा श्रध्दाञ्जली सभा

२ साल अघि
३

गृहमन्त्री लेखकद्वारा विपतपछिका क्रियाकलापका विषयमा चासो व्यक्त

१ साल अघि
४

पनौती राष्ट्रपति रनिङशिल्ड पुनः भालेश्वर माध्यमिक विद्यालयलाई (तस्विरहरु सहित)

२ साल अघि
५

दिलकुमारी स्मृति प्रतिष्ठानको सहयोग भक्तेश्वरका विद्यार्थीलाई

१ साल अघि
६

सिद्धार्थ वनस्थली इन्स्टिच्युटका विद्यार्थी दीक्षित

१ साल अघि
७

पनौतीमा सप्ताहशुरु, कलशयात्रा अघि नै २१ लाख संकलन(तस्विर सहित)

२ साल अघि
८

पनौती जंगलमा बेवारिसे शव फेला, पहिचानका लागि सहयोग गर्न प्रहरीको अनुरोध

२ साल अघि
९

तीन तले झरना अवलोकनसँगै पौडीको मज्जा(हेर्नुहोस तस्विरमा )

२ साल अघि
१०

उही बाटो र रुखहरू….

१ साल अघि
११

गोरखनाथका विद्यार्थीहरुलाई झोला, स्टेसनरीसँगै नगद पुरस्कार

१ साल अघि
१२

अभिभावकीय भूमिकामा रहेर काभ्रे काँग्रेस एक ढिक्का बनाउँछु : हुमागाई

१ साल अघि

ताजा अपडेट

१

 विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

२ हफ्ता अघि
२

शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

३ हफ्ता अघि
३

लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

३ हफ्ता अघि
४

श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

१ महिना अघि
५

लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

१ महिना अघि
६

शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

१ महिना अघि
७

शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

२ महिना अघि
८

गोरखनाथका विद्यार्थीलाई हिन्दुजागरण नेपालको न्यानो लुगा

२ महिना अघि
९

उत्कृष्ट बने अनुप

३ महिना अघि
१०

काभ्रे– हेटौडा बस संचालन, स्थानीयलाई सुविधा नेतृत्वलाई दवाव

३ महिना अघि
११

गिम्दी प्रवासी युवा समाजको अगुवाइमा पशुपति मन्दिर पुनर्निर्माण

३ महिना अघि
१२

नेपाली काङ्ग्रेस:पदमा मात्र रुपान्तरण कि सच्चा समर्पण र समाजको अभिन्न भुमिकामा पनि ?

४ महिना अघि
होमपेज /  बिचार
  • ३९० पटक पढिएको
  • एसईई नतिजा किन घट्यो ? कसरी सुधार्ने ?

  • २०८१ अषाढ २८, शुक्रबार (१ साल अघि)
  • सामाजिक सञ्जालमा हामी

    माधव प्रसाद पन्त

    शिक्षा ऐन २०२८ को दफा २(६) मा माध्यमिक शिक्षा भन्नाले कक्षा ९ देखि कक्षा १२ सम्म दिइने शिक्षा सम्झनुपर्दछ भन्ने उल्लेख गरेको छ । सोही दफाले माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा भन्नाले माध्यमिक शिक्षाको अन्त्यमा हुने परीक्षा सम्झनुपर्ने भनेर उल्लेख गरेको छ । नेपालमा कक्षा १० को अन्तिममा परीक्षा सञ्चालन गर्ने एसएलसी बोर्डको स्थापना वि.सं. १९९० कार्तिक १६ मा भएको थियो । शिक्षा ऐन २०२८ को आठौँ संशोधनले सो परीक्षा सञ्चालन गर्ने जिम्मेवारी राष्ट्रिय परीक्षा बोर्डलाई दिएको छ ।

    सरकारले कक्षा १२ लाई माध्यमिक तहको अन्तिम खुड्किलो मान्नुअघि एसएलसी परीक्षालाई फलामे ढोका भनिन्थ्यो । एसएलसी परीक्षा पास गर्ने मानिसहरूको सङ्ख्या पनि निकै कम थियो भने यसको महत्त्व नि धेरै थियो । एसएलसी परीक्षाको पूर्णाङ्क पनि समय क्रममा थपघट हुँदै आयो । वर्तमान शिक्षा प्रणालीले कक्षा १२ को अन्त्यमा एसएलसी र कक्षा १० को अन्त्यमा एसईई सञ्चालन गर्ने प्रावधान राखे बमोजिम विद्यार्थीको सिकाइको मूल्याङ्कन गरिँदै आएको छ ।

    २०८० चैत्र १५ गतेदेखि सञ्चालन भएको एसईईमा देशभरबाट ४ लाख ६४ हजार ७८५ विद्यार्थी सहभागी भएका थिए । असारको १३ गते सार्वजनिक भएको एसईईको नतिजामा २ लाख ४२ हजार ३१३ जना अर्थात् ५२.१४ प्रतिशत विद्यार्थीको नतिजामा एनजी अर्थात् Non Graded (गल्तीले समाचार माध्यममा फेल भनिएको) आएको छ र यसरी नतिजा कमजोर रहेकोले यतिबेला देशभरी शिक्षा क्षेत्रमा धेरै बहस भएको छ ।
    सिकाइको नतिजा यो हदसम्म खस्कनुमा सरोकारवालाहरूले एक अर्कामा आरोप प्रत्यारोप गरेको देखिन्छ, सुनिन्छ । सबैभन्दा बढी दोष सामुदायिक विद्यालयमा अध्यापन गर्ने शिक्षकमाथि थोपरिएको छ । कमजोर नतिजा आएपछि लिएको जति चासो र चिन्ता अध्यापन गराउने समयमा लिएको हो भने यस्तो कमजोर नतिजा आउने नै थिएन । एसईईको नतिजा यति कमजोर हुनुले देशको शिक्षा प्रणालीमा एक ठूलो धक्का लागेको छ साथै सुधारको लागि ठुलो चुनौती देखिएको छ । विद्यार्थीको सिकाइको स्तर खस्कनुका कारणबारे गहन रुपमा अध्ययन गर्नु जरुरी भएको छ ।

    हालै सार्वजनिक एसईईको नतिजामा केही जिल्लाका माध्यमिक विद्यालयमा सबै विद्यार्थीको नतिजा नन ग्रेडेड आएको छ । यसको पछाडि के के कारण छन् छन् भनी हेर्दा थुप्रै तत्त्वले विद्यार्थीको सिकाइस्तरलाई प्रभाव पारेको पाइन्छ । मुख्यतः सामुदायिक विद्यालयमा विषयगत शिक्षकको अभाव हुनु, विद्यार्थीहरूप्रति अभिभावकको निगरानी अत्यन्त न्यून हुनु, कोभिडको महामारीमा अनलाइन सिकाइ सहरीकरणका लागि मोबाइलमा अभ्यस्त भएका विद्यार्थीले त्यसको दुरुपयोग गरी सामाजिक सञ्जालमा अधिकतम समय खर्चनु, धेरै विद्यार्थी pubg, free fire लगायतका खेलमा रुमलिनु, टिकटक, स्न्यापच्याट जस्ता एपमा रमाउनु, घरमा अभिभावकलाई अनि विद्यालयमा शिक्षकलाई नटेर्नु, आधारभूत तहमा प्रयोगात्मक अङ्कसमेत जोडेर विद्यार्थीलाई कक्षा चढाइनु, विगत केही वर्षयता केही विषयमा न्युनतम ग्रेड प्राप्त नगरेका विद्यार्थीलाई पनि कक्षा ११ मा पढ्न पाइने जस्ता कमजोर नीतिगत व्यवस्था गरिनु, स्थानीय तह, शिक्षक अभिभावक संघ, विद्यालय व्यवस्थापन समितिका पधाधिकारीहरुको पर्याप्त अनुगमनल नहुनुले गर्दा विद्यार्थीको सिकाई उपलब्धि अत्यन्त न्यून भएको स्पष्ट छ ।

    शैक्षिक गुणस्तरमा सुधार ल्याउनको लागि मुख्यतः शिक्षक विद्यार्थी तथा अभिभावकको साझा प्रयास आवश्यक हुन्छ । अभिभावकको बालबालिकाको सिकाइप्रति चासो अति न्यून छ कि, शैक्षिक सुधारको लागि विद्यालयले अभिभावक अन्तरक्रियाको लागि लिखित पत्राचार गर्दासमेत एक तिहाई अभिभावकको मुस्किलले उपस्थित हुने तितो यथार्थ यहाँ छ । धेरै विद्यार्थीहरु अभिभावकको नियन्त्रणमा छैनन् ।

    धेरै अभिभावक विद्यालयमा आएर गुनासो गर्नुहुन्छ कि “बच्चाहरू भनेको मान्दैनन, मोबाइल चलाएर मात्र बस्छन्, जसरी हुन्छ तपाईँहरूले तह लगाइदिनु पर्यो ।” विद्यालयमा पनि शारीरिक तथा मानसिक सजाय निषेधित छ । घरका अभिभावकको नियन्त्रण बाहिरका विद्यार्थीले शिक्षकलाई पनि टेर्दैननन्, राम्रोसँग पढ भनेर विद्यार्थीलाई सम्झाउँदा उल्टै रिसाएर किताब कापी नै झोलामा राखेर बस्दिने गर्दछन् । खाली पिरियडमा पढेको कुरा अभ्यास गर भनेर सम्झाउने शिक्षकलाई उल्टै मुख लाग्नसमेत पछि पर्दैनन् अहिलेका विद्यार्थी ।

    पछिल्लो समयमा घरका सम्पूर्ण अभिभावकहरु आफैं फुर्सद पाउना साथ मोबाइल, ल्यापटप तथा टिभीमा अलमलिएको देखिन्छ । अभिभावकको अध्ययन संस्कृति नै नदेखेका बालबालिकाहरूलाई अभिभावकले एकोहोरो पढ पढ भनेर सम्झाउनु न सान्दर्भिक हुन्छ न त अर्थपूर्ण नै । अर्कोतर्फ देशमा जति पढे पनि आखिरीमा जाने भनेको खाडी मुलुक नै हो भन्ने गलत भाष्य सिर्जना भएको छ ।

    धेरै हदसम्म स्नातकोत्तर तथा त्यहाँ भन्दा माथि अध्ययन गरेका युवासमेत वैदेशिक रोजगारीका लागि खाडी मुलुकसमेत गएको परिदृश्य आजका बालबालिकाले देखेका छन् जसले गर्दा पनि विद्यार्थीहरू सिकाइप्रति लागिपरेका छैनन् । वर्तमान मूल्याङ्कन प्रणाली पनि सिकाइलाई निरुत्साहित गर्ने खालको छ शिक्षक सेवा आयोग, लोकसेवा आयोग प्रतिस्पर्धात्मक परीक्षाहरूमा ०.१ को समेत कति धेरै महत्त्व हुन्छ तर कक्षा १० को एसइइ परीक्षामा ९० अङ्क प्राप्त गर्नु र १०० अंक ल्याउनुमा कुनै भिन्नता नभएको कुरालाई विद्यार्थीले पनि बुझेको छन् । जसले गर्दाखेरि पनि विद्यार्थीहरू सिकाइप्रति निरुत्साहित देखिन्छन् । यति मात्र होइन टीभीका सिरियल, फिल्म तथा सामाजिक सञ्जालको कारण विद्यार्थीहरू सानै उमेरदेखि प्रेम रोगबाट समेत ग्रसित छन् । अध्ययनको उमेरमा गर्लफ्रेन्ड, बोइफ्रेन्ड बनाउनु फेसन जस्तो भएको छ । यी कुराले विद्यार्थीको सिकाई अवश्य पनि कमजोर हुन्छ नै ।

    शिक्षकलाई नतिजा बिग्रियो भनेर एकोहोरो गाली गरेर मात्र हुँदैन । पाठ्यक्रम बदलिए अनुसार शिक्षकलाई तालिम दिइएको छैन । पाठ्यक्रम मात्र स्तरीय बनाएर हुँदैन शिक्षकको क्षमता अभिवृद्धिमा सरकारले पर्याप्त ध्यान दिएको छैन । नयाँ शिक्षक नियुक्ति गरेर सिधै पढाउन लगाउने गरिन्छ, के उसलाई सेवा प्रवेश गर्नुपूर्व तालिमको आवश्यकता पर्दैन ? अहिलेको कक्षा ९ र १० को पाठ्यक्रममा सबै विषयमा प्रयोगात्मक अङ्कको व्यवस्था गरिएको छ तर धेरै शिक्षकहरूले प्रयोगात्मक कक्षामा विद्यार्थीहरुलाई सहभागी गराएका छैनन, यसको कुनै अनुगमन भएको छैन भने कति विद्यालयमा विज्ञान, कम्प्युटर, गणित प्रयोगशालाहरूको निर्माण समेत हुन सकेको छैन ।

    अहिले विद्यार्थीको नतिजालाई विश्लेषण गर्दा धेरै विद्यार्थी गणित, अर्थशास्त्र, अङ्ग्रेजी, अतिरिक्त गणित जस्ता विषयमा बढी कमजोर देखिएका छन् । सरकारले विषयगत शिक्षकको व्यवस्था गरेको छैन भने ऐच्छिक विषयलाई त सरकारले विषयको रुपमा पनि हेरेको छैन । देशका धेरै सामुदायिक विद्यालयमा माध्यमिक तहमा विषय शिक्षक नै छैनन्, दरबन्दी भएपनि विकट बस्तीमा पटकपटक शिक्षक पद पूर्तिको विज्ञापन गर्दा पनि पदपूर्ति हुन सकेको स्थिति छैन । जसले गर्दाखेरि पनि विद्यार्थीको सिकाइस्तर कमजोर भएको छ ।

    अबका दिनमा विद्यालय शिक्षाको सिकाइ उपलब्धि वृद्धि गर्नका लागि सम्पूर्ण सरोकारवालाले ध्यान दिन जरुरी छ । सरकारले मूल्याङ्कन पद्धतिमा पनि स्थिरता कायम गर्नुपर्दछ । आधारभूत तहबाट नै सैद्धान्तिक तथा प्रयोगात्मक दुवै परीक्षामा उत्तीर्ण विद्यार्थीलाई मात्र कक्षा चलाउने नीति अवलम्बन गर्नुपर्दछ ।

    निरन्तर आफ्नो अध्यापन क्रममा कर्ममा लाग्ने शिक्षकलाई पनि एउटै डालोमा राखेर राजनीतिमा लागेका कारणले गर्दा सिकाई स्तर खस्किएको आरोप लगाइएको छ, यसको अविलम्ब अन्त्य गरिनुपर्दछ, दोषी शिक्षकलाई मात्र छानबिन गरेर कानुन अनुसार कारबाही गरिनुपर्दछ । अभिभावकले कम्तीमा दिनको १ घण्टा मात्र भएपनि आफ्ना बालबालिका सँगै बसेर पढ्ने, गृहकार्य नियमित गरेर नगरेको परीक्षण गराएरनगराएको बुझ्ने गर्नुपर्दछ जसले शिक्षक विद्यार्थी दुवै सचेत हुन्छन् ।

    अभिभावकले विद्यार्थी नियमित रुपमा विद्यालय गएरनगएको पनि बुझ्नुपर्छ । बालबालिकालाई मोबाइल आफ्नो निगरानीमा निश्चित समय तोकेर सिकाइमा मात्र प्रयोग गर्न लगाउनु पर्दछ । विद्यालय पठाएकै छ, पढाउने काम शिक्षकको पढ्ने काम विद्यार्थीको भनेर अभिभावकहरू आफ्नो दायित्वबाट पन्छिन, उम्कन मिल्दैन र हुँदैन ।

    विद्यार्थीले पनि नियमित रुपमा विद्यालयमा जाने शिक्षकलाई आदर गर्ने, अनुशासित हुने कुलतमा नलागी असल बानीको विकास गर्ने, नियमित गृहकार्य गर्ने गरेमा सिकाई स्तर अवश्य पनि वृद्धि हुन्छ । शिक्षकले पनि विद्यार्थीको सिकाइ आफ्नो प्रतिष्ठासँग पनि जोड्नुपर्छ र आफ्नो सन्तुष्टिको रुपमा पनि लिनुपर्छ । प्रयोगात्मक कक्षामा विद्यार्थीलाई सहभागी गराउनुपर्छ जसले गर्दा विद्यार्थीहरु सिकाइप्रति उत्साहित हुने गर्दछन् । विद्यार्थीहरूको सिकाइ वृद्धि गर्नको लागि समुदायको पनि ठूलो भूमिका हुन्छ ।

    जति पढे पनि जाने खाडी मुलुक हो जस्ता गलत भाष्य सिर्जना गरिएको छ, यसको अविलम्ब अन्त्य गर्नुपर्दछ । पछिल्लो समयमा समाजले पनि उच्च शिक्षा हासिल गरेकालाई भन्दा जसरी भएपनि धन कमाएकालाई बढी सम्मानको दृष्टिकोणले हेर्दा पनि विद्यार्थी पढाइ प्रति आकर्षित हुन सकेका छैनन् । धेरै मेहनत गरेर स्नातकोत्तर प्रथम श्रेणीमा उत्तीर्ण गरेकालाई भन्दा जसोतसो विदेश गएर भएपनि धन कमाएर आर्थिक स्थिति मजबुत बनाएकालाई समाजले उच्च दृष्टिले हेरेको छ । उच्च अध्ययन गरेका उत्कृष्ट नतिजा ल्याउनेलाई राज्यको नीति निर्माण तहमा नियुक्ति गर्ने व्यवस्था गरेमा सिकाई उपलब्धि थप सुधार हुने थियो । यसतर्फ सबै सरोकारवालाले आआफ्नो ठाउँबाट पहल गरेमा विद्यार्थीको सिकाइस्तरमा मा अवश्य पनि सुधार आउँछ ।

    (पन्त श्री महाँकाल माध्यमिक विद्यालय, पाँचखाल–१०, काभ्रेका शिक्षक हुन् । )

    यो सामग्री एजुकेशनपाटी डट कमबाट साभार गरिएको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    बिचार सम्बन्धि थप

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

    शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

    ताजा समाचार
    १

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    २

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    ३

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    ४

    श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

    ५

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    ६

    शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

    ७

    शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

    ८

    गोरखनाथका विद्यार्थीलाई हिन्दुजागरण नेपालको न्यानो लुगा

    ९

    उत्कृष्ट बने अनुप

    १०

    काभ्रे– हेटौडा बस संचालन, स्थानीयलाई सुविधा नेतृत्वलाई दवाव

    समाचार
    थप

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    सम्पादकीय
    थप

    जेनजीमाथि सहानुभूति, सरकारमाथि उत्पन्न आक्रोश

    समस्या र आवश्यकता केन्द्रित हुन नसकेको बजेट

    वन जंगलमा आगो लगाउनेमाथि कारबाही होस ।

    उद्धार,राहत र पुनस्थापनाले तिब्रता पाओस

    साझा टि.भी.
    थप
    • बबिना भट्टराईको ‘जय जय शम्भु’ भजन सार्बजानिक (भिडियो सहित)
    • गायक अर्जुन गुरुङ को स्वरमा ‘पिरतीको डोरी ’ सार्बजनिक
    • सुवासको नयाँ एल्वम ‘जुनी फेर्छु म’ सार्वजानिक ( हेर्नुुहोस भिडियोमा)
    • दुर्गेश थापाको देउसी भैलो गीत बजारमा (भिडियो सहित)

    पत्राचार ठेगाना

    फूलचोकी मिडिया प्रा.लि. द्वारा प्रकाशित साझा पत्रिका डट कम का लागी
    पत्राचार ठेगाना: पनौती न.पा. काभ्रेपलाञ्चोक
    सुचना विभाग दर्ता नं.: ४२५१-२०८०/२०८१
    प्रेस काउन्सिल दर्ता नं.: ४२४१-२०८०/२०८१
    ईमेल: [email protected]
    सम्पर्क न: ९८५१२३०७०५

    हाम्रो टीम

    निर्देशक: नारायण प्रसाद सापकोटा
    प्रधान सम्पादक: ……………………..
    सम्पादक: रघुनाथ हुमागाई
    कार्यकारी सम्पादक: सरोज सापकोटा
    विशेष सम्वाददाता: ……………….

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • सम्पादकीय
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८० साझा पत्रिका मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution