काठमाडौँ
पेट्रोल तथा डिजेलको मूल्य घटेको छ । नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ५ घटाएको हो ।
आइतबार राति १२ बजेपछि लागू हुनेगरी निगमले मूल्य घटाएको छ । स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर १६८ रुपैयाँ पर्नेछ ।