काठमाडौं
गाजा क्षेत्र लक्षित हमलाप्रति नेपाल सरकारले गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।
बुधबार गाजा क्षेत्रको एक अस्पतालमा सायौंको ज्यान जानेगरी हमला भएको थियो । हमलामा निर्दोस नागरिकको हत्या भएको भन्दै सरकारले घटना प्रति ध्यानाकर्षण भएको जनाएको हो ।
परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा अस्पताल, स्वास्थ्यकर्मी बिरामी र सर्वसाधारण लक्षित आक्रमणको निन्दा गरेको छ । साथै, शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ । त्यसैैगरी घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।
‘हामी नागरिकविरुद्धको आक्रमणप्रति गम्भीर रूपमा चिन्तित छौँ । सबै परिस्थितिमा नागरिकको सुरक्षाको लागि आह्वान गर्दछौं । हामी शान्तिमा विश्वास गर्छौ र विवादको वार्ताका माध्यमबाट शान्तिपूर्ण समाधान गर्न आग्रह गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ।