राजकुमार तिमल्सिना
समुन्द्री सतहबाट २ हजार ९ सय ९२ मिटरको उचाईमा अवस्थित रारातालको सुन्दरता बयान गरिसाध्य छैन् ।
सम्भव भए सम्म जो कोही नेपालीले एक पटक पुग्न पर्ने ठाउँ हो रारा । ५ किलोमिटर लम्बाई र ३.२ किलोमिटर चौडाइ सहित १०.५ वर्ग किलोमिटर क्षेत्र ओगटेको राराको सुन्दरतालाई बयान गर्दै कवि म.बी.बी शाहले ‘रारा कि अप्सरा’ भन्ने कविता रचेका थिए ।