काभ्रे
काभ्रेको पनौतीलाई कर्मथलो बनाएर अनवरत रुपमा साहित्यकर्ममा तल्लिन सूर्यप्रसाद लोकाजूले संस्कृतिकर्मीको परिचय पनि बनाइसकेका छन् ।
यस अघि पनि पनौती को परिचय दिने पुस्तक सार्वजानिक गरेका उनले पनौतीको थप चिनारी सहित पुनः अर्को पुस्तक सार्वजानिक गरेका छन् । आइतबार उक्त पुस्तक पनौतीका केही जात्रापर्वहरूको दोस्रो संस्करण लोकार्पण भएको छ ।
पनौती प्रकृति र संस्कृतिले सजिएको सुन्दर नगर हो । नगरको विशेषतालाई अक्षरमा लिपिबध्द गरेर पनौती नगरका बारेमा जानकारी लिन चाहनेहरूका लागि पनौती नामक उपयोगी पुस्तक लेखिसकेका लाकोजूले पुनः पनौती सम्बन्धी नयाँ पुस्तक लेखेका हुन ।
पुस्तकका सर्जक साहित्यकार तथा संस्कृतिकर्मी सूर्यप्रसाद लाकोजूले नयाँ पुस्तक आफू जन्मेको माटोप्रतिको श्रध्दा, भक्ति र प्रेमको प्रतीक रहेको विचार पोखे । एक अर्को प्रसंगमा साहित्य सिर्जना र अनुसन्धान फरक विषय रहेको पनि उनले बताए । पुस्तकमा पनौतीको इतिहास , यहाँ मनाइने जात्रा, पर्व, ऐतिहासिक नाच आदिका बारेमा जानकारी दिइएको कुरा लेखक सूर्य लाकोजूले बताएका छन ।
सूर्य लाकोजूका नेपाली साहित्यका विविध विधाका साँढे दुई दर्जन साहियिक कृति प्रकाशित छन । साथै त्यतिकै संख्यामा उहाँको सम्पादित कृति पनि छन ।