फोटो : मकालु खबर
धुलिखेल/काठमाडौँ विश्वविद्यालयको २९ औं दीक्षान्त समारोह सम्पन्न भएको छ । दीक्षान्त मार्फत एक हजार आठ ३८ विद्यार्थी बुधबार दीक्षित भएका छन् ।
दीक्षित हुनेमा पीएचडी, डिएम र एमसिएचमा स्कुल अफ आर्ट्सका एक, शिक्षाका तीन, मेडिकल साइन्सेजका १२ र विज्ञान विषयका दुई जना गरी १८ जना रहेका छन् । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्प कमल दाहाल ‘प्रचण्ड’ले विद्यार्थीलाई दीक्षित भएको प्रमाणपत्र प्रदान गरेका थिए । उक्त कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले सबै विद्यार्थीलाई स्वदेशमै केही गरेर देखाउन आग्रह गरेका थिए उनले पछिल्लो समय मौषम अनियन्त्रित परिबर्तन साथै वाताबरण बिग्रीरहेकाले वाताबरण लाई स्वच्छ र हराभरा बनाउनका लागि अनुसन्धानको आबश्यकता रहेको र त्या्े काम केयू का बिद्यार्थीहरुलाई गर्न आग्रह समेत गरेका थिए ।
दीक्षान्त समारोहमा एमफिल तहका ३८, स्नातकोत्तर तहका तीन सय १४, पिजिडी तहका ५२ र स्नातक तहका एक हजार चार सय १६ जनासहित एक हजार आठ सय ३८ विद्यार्थी २९औँ दीक्षान्तको पहिलो चरणमा दीक्षित भएको काठमाडौँ विश्वविद्यालयले जनाएको छ ।
फोटो : मकालु खबर
समारोहमा काठमाडौँ विश्वविद्यालयको इतिहासमा पहिलोपटक स्कुल अफ इञ्जिनियरिङ अन्तर्गत् माष्टर अफ टेक्नोलोजी इन आर्टिफिसियल इन्टेलिजेन्समा एक, स्कुल अफ मेडिकल साइन्सेजअन्तर्गत् माष्टर अफ साइन्स इन मिडवाइफेरी नर्सिङमा आठ र स्कुल अफ एजुकेसनअन्तर्गत् माष्टर इन हायर एजुकेशनमा नौ जनालाई पनि उपाधिको प्रमाणपत्र दिइएको थियो । विश्वविद्यालयले प्रदान गर्दै आएको पदकमध्ये पहिलो चरणको भाइस चान्सलर स्वर्णपदक स्नातक तहमा सबैभन्दा बढी अङ्क ८४.२६ प्रतिशत ल्याउन सफल विराटनगरको विराट मेडिकल कलेजका सनम ढकाललाई प्रदान गरिएको थियो ।
त्यस्तै एमबी ए तहमा सबैभन्दा बढी ३.८९ सिजीपीए प्राप्त गर्न सफल स्कुल अफ मेनेजमेन्टका विनायक घिमिरेलाई जुद्धबहादुर श्रेष्ठ स्वर्णपदक, एमबीएमा ३.७८ सिजीपीए प्राप्त गरी सर्वोत्कृष्ट हुन सफल स्कुल अफ मेनेजमेन्टका विद्यार्थी अङ्कित सुवेदी, एमबीबीएसतर्फ स्नातक तहमा सबैभन्दा बढी अङ्क ८०.२९ प्रतिशत प्राप्त गर्न सफल विराज मेडिकल कलेजका संस्कृतिश्री ढकाललाई न्हुछेरत्न तुलाधर स्वर्ण पदक र स्कुल अफ मेनेजमेन्टमा स्नातक तहमा सबैभन्दा बढी ३.९७ सिजीपीए प्राप्त गर्न सफल सौगात बाँस्तोलालाई प्रेमराज पन्त स्वर्ण पदक प्रदान गरिएको थियो । मानविकी, व्यवस्थापन, वाणिज्य, विज्ञान, चिकित्साशास्त्र, इन्जिनियरिङ आदिको यो विश्वविद्यालयमा पढाई हुने गरेको छ । हाल काठमाडौँ विश्वविद्यालयमा १५,००० जति विद्यार्थी अध्ययनरत छन् । विश्वविद्यालयमा सात वटा विद्यालयहरूको माध्यमले समेत विश्वविद्यालयका पठनपाठन धुलिखेल, भक्तपुर र ललितपुरमा चलिरहेको छ ।