काठमाडाै
समाजिक संजालहरुको प्रयोग गर्दै ठगीका घटना बढेपछि साइबर व्यूरोले सावधानी अपनाउन अनुरोध गरेको छ ।
फेसबुुक आइडी ह्याक गर्ने, विभिन्न बहाना बनाइ रकम ठगी गर्ने घटना जताततै सुन्न थालिएको छ ।यसप्रकारका समस्या भोगिरहेका पिडितहरु उजुरुका लागि सम्बन्धित निकाय सम्म पुगेपनि दोषी पत्ता लगाइ कारबाही गरेको खबर कमै सुन्न सकिन्छ ।
नेपाल प्रहरी प्रधान कार्यालय, साबर ब्यूरोद्वारा जारी अनुरोध पत्रमा फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम, भाइबर लगायतमा अपरिचित व्यक्ति वा विदेशी नागरिकको फोटो प्रयोग गरी खोलेको नक्कली खाताबाट साथी बन्न अनुरोध अएमा सचेतता अपनाउन भनिएको छ ।
यस प्रकारका आइडीबाट अपरिचित व्यक्तिले विभिन्न बरबहाना, लोभ देखाई, विश्वासमा पारी प्रेमजालमा समेत पार्ने गरेको र यस्ता नक्कली प्रेमीको अनुुरोधमा अनलाइन वालेट तथा बैङ्कको अनलाइन आइडी पासवर्ड उपलब्ध गराउने एटिएम/चेकबुक कुरियर गरी पठाउने आफ्नो नागरिकताको स्क्यान दिने ओटिपी कोड समेत उपलब्ध गराउने लगायतका कार्यहरु गर्ने गरेको पाइएको भनिएको छ ।
यस प्रकारका कार्यमा सहभागी जोकोहीको बैंक खाता, नागरिकता लगायतका विवरणबाट अपराधिक कार्य भएका स्वयम् जवाफदेही हुनुपर्ने भन्दै यसप्रकारका क्रियाकलापबाट जोगिन व्ययूरोले अनुरोध गरेको छ ।