• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • धर्म–संस्कृति/रीतिथिति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • मनोरञ्जन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ २, सोमबार
Trending
पनौती शिक्षक रोशी सहयात्रा खुला रक्तदान रेडक्रस भुकम्प ट्राफिक प्रहरी
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • अर्थ खबर
  • शिक्षा/स्वास्थ्य
  • बिचार
    • अन्तरवार्ता
    • ब्लग
  • ग्यालरी
    • साझा तस्विर
    • साझा टि.भी.
  • अन्य
    • राजिनिती
    • समाज
    • स्थानीय तह
    • पूर्वाधार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • अध्यात्म
    • साभार
  • Tools
    • Preeti to Unicode Converter
    • Date Converter
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

संज्ञा र अवज्ञा सहित राष्ट्रपति कार्यालयका समूह नै हुमागाई निवासमा

५ महिना अघि
२

गृहमन्त्री लेखकद्वारा विपतपछिका क्रियाकलापका विषयमा चासो व्यक्त

५ महिना अघि
३

सापकोटाको तेह्रौ पुण्य तिथिमा श्रध्दाञ्जली सभा

१ साल अघि
४

पनौती राष्ट्रपति रनिङशिल्ड पुनः भालेश्वर माध्यमिक विद्यालयलाई (तस्विरहरु सहित)

१ साल अघि
५

दिलकुमारी स्मृति प्रतिष्ठानको सहयोग भक्तेश्वरका विद्यार्थीलाई

१ साल अघि
६

पनौतीमा सप्ताहशुरु, कलशयात्रा अघि नै २१ लाख संकलन(तस्विर सहित)

१ साल अघि
७

सिद्धार्थ वनस्थली इन्स्टिच्युटका विद्यार्थी दीक्षित

१ साल अघि
८

पनौती जंगलमा बेवारिसे शव फेला, पहिचानका लागि सहयोग गर्न प्रहरीको अनुरोध

१ साल अघि
९

उही बाटो र रुखहरू….

१ साल अघि
१०

तीन तले झरना अवलोकनसँगै पौडीको मज्जा(हेर्नुहोस तस्विरमा )

१ साल अघि
११

अभिभावकीय भूमिकामा रहेर काभ्रे काँग्रेस एक ढिक्का बनाउँछु : हुमागाई

१0 महिना अघि
१२

गोरखनाथका विद्यार्थीहरुलाई झोला, स्टेसनरीसँगै नगद पुरस्कार

१ साल अघि

ताजा अपडेट

१

भकुण्डेबेशीमा कार दुर्घटना, चार जना भारतीय नागरिक घाइते

२१ घण्टा अघि
२

विश्व रक्तदाता दिवसमा साझा पत्रिकाकर्मी सम्मानित

१ दिन अघि
३

नागढुङ्गामा बस दुर्घटना हुँदा २० जना घाइते

१ दिन अघि
४

डाँडापारिको झिलीमिली : बेरुजु शून्य बनाउँदै नमुना बन्दै महाभारत गाउँपालिका

३ दिन अघि
५

बेथानचोकमा बस दुर्घटना, एक महिलाको मृत्यु, तीन घाइते

१ हफ्ता अघि
६

सार्वजनिक यातायात बन्दले सर्वसाधरणलाई सास्ती, तुरुन्तै समाधान निकाल्न कांग्रेसको अपिल

१ हफ्ता अघि
७

तेजेश्वर अंक प्रकाशित

२ हफ्ता अघि
८

पनौती नगरपालिका अनिवार्य तथा निःशुल्क शिक्षाको पूर्ण कार्यान्वयन तर्फ

२ हफ्ता अघि
९

भूकम्प, बाढी र लापरबाहीको मारमा बिपी राजमार्ग

२ हफ्ता अघि
१०

अपचलित रकम व्याज सहित असुल गरी कानुनी कारबाहीका लागि लेखिपठाइएको सामुदायीक साकोसद्वारा जानकारी

३ हफ्ता अघि
११

नुनदेखि सुनसम्म कालोबजारी : उपभोक्ताको नाममा संस्थागत ठगी

३ हफ्ता अघि
१२

विजयको प्रतीकः बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा

१ महिना अघि
होमपेज /  धर्म–संस्कृति/रीतिथिति
  • ३८२ पटक पढिएको
  • विजयको प्रतिक चण्डेश्वरी जात्राको आज दोस्रो दिन

  • सरोज सापकोटा
  • २०८१ जेष्ठ ११, शुक्रबार (१ साल अघि)
  • फोटो :साभार सामाजिक संजाल

    सामाजिक सञ्जालमा हामी

    चण्डेश्वर महादेव,चम्पक बृक्ष, चण्डेश्वरी देवी र चण्डेश्वरी जात्रा

    फोटो :साभार सामाजिक संजाल

    बनेपा/काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा सबैभन्दा ठूलो र विशेष पर्वको रुपमा मनाइने चण्डेश्वरी जात्राको आज दोस्रो दिन हो । बनेपालीहरुले नेपालीको महान् पर्व बडादशै जस्तै गरी मुख्य चाड पर्वको रुपमा मनाउने चण्डेश्वरी जात्रा पुर्णिमाको दिन बाट शुरु भएको हो । सुरु भएको जात्रा विशेष पर्वको रुपमा तिन दिन सम्म मनाइन्छ ।
    बनेपाको बिषेश पर्वको रुपमा मनाइने जात्रामा बनेपा छाडेर टाढा टाढा गएर आफ्नो व्यबसाय संचालन गरेकाहरु समेत आउने गरेका छन् । तिन दिन सम्म भव्य रुपमा मनाइने उक्त जात्रा ऐतिहासिक र धार्मिक रुपमा समेत महत्वपूर्ण मानिन्छ । जात्राको पहिलो दिन १२ बोका बली दिइने चलन रहेको छ ।
    चण्डेश्वरीमा तक पुजामा बलि दिएका बोकाको केही मासु कलनदानको रुपमा भोलिपल्ट जात्रा सिद्धिएको उपलक्ष्यमा मासु सबैको भीडमा बाँडिन्छ । भीडमा फालिएको मासुको टुक्रा पाउने भाग्यमानी हुने धार्मिक विश्वास रहेको छ । जात्राको अवसर पारेर लोप भएको धिमे, नेखिऊ, छुस्याहा, पञ्चे बाजा लगायतका वाजा बजाउने चलन समेत रहेको छ ।
    सत्ययुगमा चण्डासुर दैत्यले भगवान महादेवको तपस्या गरी शक्ति पाएर देवीदेवतालाई वध गर्न थालेपछि चण्डेश्वरी कुमारी भगवतीको रुपमा प्रकट भई चण्डासुर दैत्यलाई मारेको खुशीयालीमा परापुर्वकाल देखि उक्त जात्रा मनाइदै आएको किम्बदन्ती रहेको छ । बनेपामा मनाइने चण्डेश्वरी जात्रा नेपाल संवत ५११ भन्दा अगाडी देखीनै मनाइदै आएको अभिलेख बनेपामा भेट्टाइएको छ । जात्रामा काठमाण्डौ, भक्तपुर, ललितपुर, दोलखा, रामेछाप, सिन्धुपाल्चोक लगायतका जिल्लाबाट जात्राका लागि भक्तजन आउने गरेका छन् ।

    चण्डेश्वरी जात्राका विशेषता के के हुन् त ?

    नेपालका प्रसिद्व पुरानो नगरहरुमध्ये धार्मिक ऐतिहासिक र व्यापारी दृष्टिकोणले महत्व बोकेकोे बनेपा पनि एक हो । यो नगर काभ्रेपलाञ्चोक जिल्लाको प्राचीन सात बस्तीहरु मध्ये पनि एक हो । परापूर्वकालमा बनेपाको उत्तरतिर रहेको नाला शहरलाई देशपनि भनिन्थ्यो । घनाबस्ती भएको र वरिपरिबाट पर्खालले घेरेको शहरलाई देश भन्ने चलन थियो । यसैगरि बनेपा नगरको अधिष्ठात्री देवी चन्डेश्वरी देवी हुन् । चण्डेश्वरी देवीलाई यहाँका मानिसहरुले आफ्नो दृष्टिदेवीको रुपमा मान्दै आएका छन् । काठमाडौँदेखि पूर्व २६ कि.मि.मा रहेको र काठमाडौं काभ्रेपलाञ्चोक जिल्लाको बनेपा व्यापारीक केन्द्रको रुपमा विकास भइरहेको छ । यस शहरमा मल्ल राजाको पुरानो दरबारको भग्नावशेष पनि रहेको छ ।
    बनेपा शहरमा गणेश मूर्तिसहितको आठ ठाउँमा शहरभित्र पस्ने ढोका, कुण्ड तथा पाटीहरु प्रशस्त मात्रामा छन् । यस ठाउँको मुख्य जात्रा चण्डेश्वरीको जात्रा हो । चण्डेश्वरीको मन्दिर बनेपा शहरबाट उत्तर पूर्वी मोहडामा रहेको छ । लोकजीवनमा चण्डेश्वरीलाई जगज्जननी भगवती दुर्गा, महिषासुर, मर्दिनी भवानी, चण्डिका, कालिका, चण्डमुण्ड विनासिनी, उग्रतारा, सरस्वती, चामुण्डा कुमारी, कुमारी दुमाजु आदि विविध नामबाट पुकार्ने चलन रहेको थियो ।

    फोटो :साभार सामाजिक संजाल

    मनिमय पर्वतको फेदमा अवस्थित रक्तचन्दन वनमा रहेको चन्दन(चम्पक)को रुखबाट प्रकट भएर चण्डासुर वध गरेकी हुँदा काभ्रेपलाञ्चोकमा यी देवीलाई चण्डेश्वरीको अलावा चन्दनेश्वरी पनि भनि पुकारेको पाइन्छ ।

    चण्डेश्वरीको उत्पत्ती कसरी भयो त ?

    प्रचलित वंशावलीमा चण्डेश्वरी देवी र चण्डेश्वर महादेवको उत्पत्ती बारे बिभिन्न रुपमा बयान गरिएको पाइन्छ । एक समय एक महापराक्रमी दैत्य र देवगनबिच युद्ध भयो । त्यस युद्धमा देवगणले दैत्यलाई जित्न सकेनन् ।

    जित्न नसक्नुको कारण त्यस दैत्यले हजारौं वर्षसम्म महादेवको कठिन तपस्या गर्दा महादेव प्रसन्न भएर स्वर्ग मत्र्य र पाताल तिनै लोकमा विजय हुने वरदान दिए । सो वरदानले गर्दा देवगणहरु माथि विजयको अभिलाषा बोकेर देवगणहरुलाई दुःख दिन थाले । सम्पूर्ण देवगणहरु दैत्यबाट भागेर आफ्नो आत्मरक्षाको लागि माता भगवतीको आराधना गर्न थाले । उनीहरु आराधना सुनेर बस्दा दैत्यगणहरु पनि त्यहिँ पुगी हमला गर्न थाले । सम्पूर्ण देवगणहरु भागे । माता भगवती भने एउटा चम्पक वृक्षमा लुक्न पुगिन् । ती दैत्यहरुले देखेर त्यस चम्पक वृक्षलाई टुक्रा टुक्रा पारिदिए । काटिएको वृक्षको फेंदबाट शक्तिशाली देवीप्रकट भईन् । देवी र दैत्यकाबिच वाक युद्ध भयो । अन्त्यमा दैत्यको हार निश्चित भएपछि आफ्नो मृत्यु पूर्व एउटा महादेव स्थापना गर्ने इच्छा प्रकट गरे । सोही अनुरुप महादेव स्थापना गरे र सो महादेवको नाम चण्डेश्वर महादेव हुन पुग्यो भने त्यस चन्डासुर दैत्यलाई माता भगवतीले वध गरेको हुनाले उनको नाम चण्डेश्वरी भगवती हुन पुग्यो भन्ने कथन रहेको छ । भगवती स्थान भन्दा शिवलिङ्ग पहिले स्थापना भएको हुनाले चण्डेश्वर महादेवको पहिले पूजा गरेर मात्र देवी चण्डेश्वरीको पुजा गर्ने चलन आजपनि रहेको हो । चण्डेश्वरी मन्दिरमा भने उक्त चम्पक वृक्षको ठुटोलाई नै प्रतिक मानी अहिले पनि पुजाआजा गरिन्छ ।

    चण्डेश्वरी जात्रा ?

    विक्रम संवत् नववर्षको आगमन संगसंंगै काठमाडौँ उपत्यका र त्यसको वरिपरि विभिन्न देवी देवताको जात्रा गर्ने परम्परा अनुरुप बनेपामा चण्डेश्वरीको जात्रा गर्ने चलन रहिआएको छ । बैसाख पूर्णिमातिर बडो धुमधामले मनाउने गर्दछन् । चण्डेश्वरी जात्रा मुख्य रुपमा तिन दिनसम्म मनाउने गरिन्छ । ती तिन दिनमा बनेपावासीहरुले आ–आफ्ना इष्टमित्रलाई जात्राको दर्शनका लागि बोलाउने र नेवारी परम्परा अनुसार प्रत्येक घरमा भोज खाने र जात्रा हेर्ने चलन रहेको छ ।

    पहिलो दिनको जात्रा ?

    फोटो :साभार सामाजिक संजाल

    बैशाख पूर्णिमाको अघिल्लोे राती बनेपावासीहरुले आ–आफ्ना घरबाट विशेष प्रकारको चिराग बाली बनेपाको स्वधा टोलबाट लस्करै चण्डेश्वरी मन्दिरतिर लग्दछन् । चिराग जात्रा शुरु हुने चौबाटोमा ठूलो ज्वाला निकालेर आगो बाल्ने गरिन्छ । त्यो ज्वालालाई अग्निज्वाला नामक राक्षसको प्रतिक मान्ने गरेको पनि पाइन्छ । पूजा चिरागका यात्रीहरुले उक्त ज्वालामा स्पर्श गर्न नहुने परम्परा रहेको छ । चिराग यात्रा पुजा गर्ने निर्दिष्ट ठाउँमा पुगेपछि त्यस दिनको यात्रा टुंगिन्छ र चिरागलाई त्यहि फ्याँकी आँखा धोएर सबै जना घर फर्कन्छन् । त्यसै दिन चण्डेश्वरी मन्दिर पछाडी रहेका देवताहरुलाई १२ वटा बोकाको वली चढाई पुजा गरिन्छ । त्यस बखतको बोकाको कम्मरदेखि माथिल्लो भागको मासु भोलिपल्टको जात्रा उत्सवको लागि राखी बाँकी भाग प्रसाद स्वरुप गुठीयारहरुले बाँड्ने परम्परा रहेको छ ।

    दोश्रो दिनको जात्रा ?

    दोश्रो दिन बैशाख पूर्णिमा पर्दछ । त्यस पूर्णिमालाई चण्डेश्वरी जात्राको पूर्णिमा अथवा चास पूर्णिमा भन्ने गरिन्छ । त्यसदिन सानो र ठुलो खट प्रयोग गरि जात्रा गरिन्छ । एक ताका नाला उग्रचण्डीको जात्रा गर्ने क्रममा पाण्डे गाउँतिर खटलाई लाने क्रममा पुण्यमाता खोलामा खटलाई राखी त्यहाँबाट नाङ्गलोमा उग्रचण्डी भगवतीलाई राखी पाण्डेगाउँको जंगलमा लाने गरिन्छ । सो क्रममा खटलाई पुण्यमाता नदीमा बाढीआई बगाएर बनेपामा लगेछ । र त्यतिखेर बनेपा हालको पुलबजारमा अवस्थित थियो । बनेपाको मान्छेहरुले बगाएर ल्याएको खटलाई आफ्नो कब्जामा लिई चण्डेश्वरीको जात्रा गरेको भन्ने जनश्रुति पनि पाइन्छ । नालामा नाङ्गलोमा राखी जात्रा गर्ने स्थानलाई हालसम्म पनि साहा बुं नाङ्गलो खेत भन्ने रहेको पाइन्छ । ठूलो खट लान सकेन भने सानो खट प्रयोग गरिन्छ । ठूलो खट झण्डै ५० जना जतिले बोक्नु पर्ने खालको हुन्छ ।

    खटलाई स्वधा टोल तीनधाराबाट शुरु गरेर गणेशस्थान घोगेचौर भई चण्डेश्वरी मन्दिर सम्म पुर्याइन्छ । खट जात्राको अघि अघि विभिन्न बाजाहरु का स् पोंगा नाग स् र धिमे बाजा बजाई बडो हर्षोलासका साथ सम्पन्न गरिन्छ । खट प्रायबोक्न स्थानीय मानन्धर समुदायले बोक्न गर्दछन् ।

    फोटो :साभार सामाजिक संजाल

    यो खट जात्रा कहिँ पनि नबिसाइकन निर्दिष्ट ठाउँमा पुर्याएर देवीको गोप्य पुजा गरिन्छ । पुजापछि खटको द्वारेलाई कपडाले छोपिएको देवीको प्रतिमा जिम्मा लगाइन्छ । त्यसपछि देवीको प्रतिमा भएको भएको खट यात्रा नगरतर्फ चलाइन्छ । बनेपा नगरभित्र जात्रा गर्दा फूल अबिर अक्षता चढाई प्रसाद ग्रहण गर्न हजारौं भक्तजनहरु जात्रा गर्ने बाटोको दायाँ बायाँ उभिएको हुन्छन् । बाटो बाटोमा सर्वत काँचो केराउ भिजाएर राखेको फलफूल गाजर देवीलाई चढाई सबैलाई प्रसादको रुपमा बाडिन्छ । खट जात्रा वकु टोलमा गएर विश्राम लिईन्छ ।

    त्यतिखेर कन्या केटीहरु र ब्राहमणद्वारा देवतालाई लशकुश गरि स्वागतम गर्दछन् । त्यसपछि खट जात्रा नगर परिक्रमा क्रममा दथुटोलमा पुर्याइन्छ त्यस समयमा कलदान कार्य गरिन्छ । यस कार्यक्रम अघिल्लो दिनमा काटेको १२ वटा बोकाको मासु टुक्राटुक्रा पारी पकाई सिउ समेत हुनेगरि घरको छतबाट प्रसाद छर्ने कार्य गरिन्छ ।

    फोटो :साभार सामाजिक संजाल

    त्यस बखत प्रसाद लिन ठूलो मात्रामा भक्तजनहरुको भिड लागेको हुन्छ । धार्मिक आस्था अनुसार जसजसले चोक्टा मासु पाएर ग्रहण गरे भाग्यमानी हुन्छ भन्ने जनविश्वास रहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    धर्म–संस्कृति/रीतिथिति सम्बन्धि थप

    विश्व रक्तदाता दिवसमा साझा पत्रिकाकर्मी सम्मानित

    डाँडापारिको झिलीमिली : बेरुजु शून्य बनाउँदै नमुना बन्दै महाभारत गाउँपालिका

    सार्वजनिक यातायात बन्दले सर्वसाधरणलाई सास्ती, तुरुन्तै समाधान निकाल्न कांग्रेसको अपिल

    पनौती नगरपालिका अनिवार्य तथा निःशुल्क शिक्षाको पूर्ण कार्यान्वयन तर्फ

    भूकम्प, बाढी र लापरबाहीको मारमा बिपी राजमार्ग

    नुनदेखि सुनसम्म कालोबजारी : उपभोक्ताको नाममा संस्थागत ठगी

    ताजा समाचार
    १

    भकुण्डेबेशीमा कार दुर्घटना, चार जना भारतीय नागरिक घाइते

    २

    विश्व रक्तदाता दिवसमा साझा पत्रिकाकर्मी सम्मानित

    ३

    नागढुङ्गामा बस दुर्घटना हुँदा २० जना घाइते

    ४

    डाँडापारिको झिलीमिली : बेरुजु शून्य बनाउँदै नमुना बन्दै महाभारत गाउँपालिका

    ५

    बेथानचोकमा बस दुर्घटना, एक महिलाको मृत्यु, तीन घाइते

    ६

    सार्वजनिक यातायात बन्दले सर्वसाधरणलाई सास्ती, तुरुन्तै समाधान निकाल्न कांग्रेसको अपिल

    ७

    तेजेश्वर अंक प्रकाशित

    ८

    पनौती नगरपालिका अनिवार्य तथा निःशुल्क शिक्षाको पूर्ण कार्यान्वयन तर्फ

    ९

    भूकम्प, बाढी र लापरबाहीको मारमा बिपी राजमार्ग

    १०

    अपचलित रकम व्याज सहित असुल गरी कानुनी कारबाहीका लागि लेखिपठाइएको सामुदायीक साकोसद्वारा जानकारी

    समाचार
    थप

    भकुण्डेबेशीमा कार दुर्घटना, चार जना भारतीय नागरिक घाइते

    विश्व रक्तदाता दिवसमा साझा पत्रिकाकर्मी सम्मानित

    नागढुङ्गामा बस दुर्घटना हुँदा २० जना घाइते

    डाँडापारिको झिलीमिली : बेरुजु शून्य बनाउँदै नमुना बन्दै महाभारत गाउँपालिका

    सम्पादकीय
    थप

    वन जंगलमा आगो लगाउनेमाथि कारबाही होस ।

    उद्धार,राहत र पुनस्थापनाले तिब्रता पाओस

    एसईईको नजिता साझा समस्या हाे, समाधान साझा जिम्मेवारी

    सबैबाट सुझाव साथ र सहयोगको अपेक्षा राखेका छौं

    साझा टि.भी.
    थप
    • बबिना भट्टराईको ‘जय जय शम्भु’ भजन सार्बजानिक (भिडियो सहित)
    • गायक अर्जुन गुरुङ को स्वरमा ‘पिरतीको डोरी ’ सार्बजनिक
    • सुवासको नयाँ एल्वम ‘जुनी फेर्छु म’ सार्वजानिक ( हेर्नुुहोस भिडियोमा)
    • दुर्गेश थापाको देउसी भैलो गीत बजारमा (भिडियो सहित)

    पत्राचार ठेगाना

    फूलचोकी मिडिया प्रा.लि. द्वारा प्रकाशित साझा पत्रिका डट कम का लागी
    पत्राचार ठेगाना: पनौती न.पा. काभ्रेपलाञ्चोक
    सुचना विभाग दर्ता नं.: ४२५१-२०८०/२०८१
    प्रेस काउन्सिल दर्ता नं.: ४२४१-२०८०/२०८१
    ईमेल: [email protected]
    सम्पर्क न: ९८५१२३०७०५

    हाम्रो टीम

    निर्देशक: नारायण प्रसाद सापकोटा
    प्रधान सम्पादक: ……………………..
    सम्पादक: रघुनाथ हुमागाई
    कार्यकारी सम्पादक: सरोज सापकोटा
    विशेष सम्वाददाता: ……………….

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • सम्पादकीय
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८० साझा पत्रिका मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution