महाभारत/काभ्रेपलाञ्चोक जिल्लाको महाभारत गाउँपालिका–४ महादेवटारमा मगंलबार दिउँसो २ जनाको मृत अवस्थामा फेला परेको बिषयले यत्तिबेला महाभारत बासी लाइनै त्रसित बनाएको छ ।
६० बर्र्षीय मान बहादुर बल र ५५ बर्षीय उनकी श्रीमती केकैमाया बलको ह्याम्मर प्रहार गरी हत्या भएकोे अवस्थामा भेटिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । टिनले छाएको र जस्ताले बारेको सो पसल घर टहरोमा मान बहादुर र उनकी श्रीमती मात्रै बस्थे । उनहरूको ३ छोरा रहेको र सबै छोरा काठमाडौ र छोरी बनेपा बस्ने गरेको स्थनीयले बताएका छन् ।
प्रहरीका अनुसार घटना करीब १२ घण्टा अगाडी नै घटेको अनुमान लगाउन सकिन्छ । घटनास्थालमा हम्बरमा रगत भएको अवस्थामा भेटिएको फोक्सीङटार प्रहरी चौकीका हवल्दार रमेश मैनालीले बताए ।
काभ्रेपलाञ्चोक जिल्लाको महाभारत गाउँपालिका ४ स्थित महादेवटारको श्रीमान श्रीमती हत्याको घटनाको सत्यतथ्य अनुसन्धानका लागि तालिमप्राप्त कुकुरसहितको टोलीले घटनास्थल वरपर प्रहरी परिचालन गरि अनुसन्धान भइरहेको छ ।