बनेपा/काभ्रेपलाञ्चोक जिल्लाको सामुदायिक विद्यालयहरुको शैक्षिक सुधारका लागि सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु संगठित भएका छन् । शैक्षिक अवस्थामा सुधारको साथै परीक्षा नतिजालाई सुधार र वृद्धिको लागि प्रधानाध्यापकहरु प्रिन्सीपल एशोसिएसन नेपाल(PAN) नामक संघमा संगठित भएका हुन् । शैक्षिक सुधार सँगै शिक्षक र प्रधानाध्यापकका मुद्धाहरुलाई सम्बन्धित पक्ष सरोकारवाला निकायलाई आवाज उठाउन भन्दै आफुहरु संगठित हुनु परेको प्रधानाध्यापकहरुले जानकारी दिएका छन् ।
समितिको अध्यक्षमा टंकमान लामा, उपाध्यक्ष ज्ञान बहादुर भुजेल, सचिब मोहनप्रसाद गुरागाई,सहसचिब यज्ञप्रसाद हुमागाई,कोषाध्यक्ष लक्ष्मि लामा, सदस्यहरुमा केदारप्रसाद दाहाल,सरस्वती कंडेल,प्रदिप पोख्रेल, प्रह्लाद प्रसाद तिमल्सिना, पुष्पराम सापकोटा, सिंहबहादुर लामा, क्षितिज सुब्बा, भानुभक्त मैनाली, गणबहादुर जिम्बा, गुणबहादुर राना, रेखा राना, प्रेमबहादुर लामा रहेका छन् । पुर्व मन्त्री एंव प्रतिनिधी सभा सदस्य सुर्यमान दोङले (PAN) मा पदिय जिम्मेवारी प्राप्त गरेका प्रधानाध्यापकहरुलाई प्रमाण पत्र र खादाले सम्मान गरेका थिए ।
कार्यक्रम उपस्थित प्रधानाध्यापकहरुले अबका दिनहरुमा सँख्यात्मक रुपमा मात्र नभएर गुणात्मक रुपमा सुधार ल्याउन प्रतिबद्धता जनाएका छन् । सामुदायिक विद्यालयको सुधारका लागि विद्यालयमा अनुगमनको आबश्यकता भएको भन्दै प्रधानाध्यापक सँगै शिक्षक पनि सुध्रिन आबश्यक रहेको पुर्व मन्त्री एंव प्रतिनिधी सभा सदस्य सुर्यमान दोङले बताए । प्रधानाध्यापकले आफै लापरवाही गरेपछि त्यही कुराको अनुसरण शिक्षक र अन्य कर्मचारीले गर्ने गरेको देखिएको भन्दै सबैभन्दा पहिला प्रधानाध्यापक सगैं अभिभाबक, विद्यार्थीमा सुधार आए विद्यालयको अवस्थामा स्वतः सुधार ल्याउन सकिनेमा दुई मत नभएको उनको भनाई रहेको थियो ।
कार्यक्रममा प्यान केन्द्रिय प्रवक्ता बेगबहादुर थापा र केन्द्रिय सदस्य गोविन्द शर्माले सामुदायिक विद्यालयमा राजनिती र हस्तक्षेपकारी निती भएकोले विद्यालय सुधार्न गाह्रो भएको बताएका थिए । शिक्षक,प्रधानाध्यापक,अभिभाबक,बिद्यार्थी र बिद्यालय ब्यबस्थापन समितिको समन्वय विना बिद्यालय सुधार्न नसकिने बताएका थिए ।