बनेपा
श्री श्वेत–आदर्श बहुउद्देश्यीय सहकारी संस्थाका शेयर सदस्य नमराज घिमिरे ’शिखर’ले संस्थासँगको सहकार्यमा आफ्नो शेयर बोनस बापतको रकमबाट विद्यार्थीहरुका लागि स्टेसनरी सामग्री वितरण गरेका छन्
अघिल्ला वर्षहरुमा पनि गर्दै आएको उक्त कार्यलाई घिमिरेले यस वर्ष पनि निरन्तरता दिएका हुन् । उनले बनेपा नगरपालिका वाड न. २ भित्र पर्ने २ वटा सामुदायिक विद्यालय अन्तर्गत श्री श्वेतवराह माध्यमिक विद्यालय र श्री रत्नचुण्डेश्वर माध्यमिक विद्यालयका विद्यार्थीहरूका लागि दुई चरणमा सामग्री वितरण गरेका हुन् । ती विद्यालयका पाँच पाँच जना विद्यार्थीहरूलाई छात्रवृत्ति झोला, स्टेसनरी सहित उनको आफ्नै रचना मुक्तक संग्रह सजिना वितरण गरेका थिए ।
कार्यक्रममा श्वेत–आदर्श बहुउद्देश्यीय सहकारीका अध्यक्ष, पदाधिकारीहरू, दुबै विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष प्रधानाध्यापक शिक्षकहरू र विद्यार्थीहरूका बीच सभ्य र भव्य कार्यक्रम सम्पन्न भएको थियो ।
घिमिरेले कार्यक्रममा छात्रवृत्ति वितरण कार्यक्रमलाई सहजिकरण गर्ने सहकारीकर्मी, विद्यालय परिवार लगायत उपस्थित सबै–सबैलाई हार्दिक आभार व्यक्त गरेका थिए । उनले छात्रवृत्ति तथा स्टेसनरी वितरण कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिइरहने बताए ।