• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • धर्म–संस्कृति/रीतिथिति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • मनोरञ्जन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ बैशाख ११, शुक्रबार
Trending
पनौती शिक्षक रोशी सहयात्रा खुला रक्तदान रेडक्रस भुकम्प ट्राफिक प्रहरी
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • अर्थ खबर
  • शिक्षा/स्वास्थ्य
  • बिचार
    • अन्तरवार्ता
    • ब्लग
  • ग्यालरी
    • साझा तस्विर
    • साझा टि.भी.
  • अन्य
    • राजिनिती
    • समाज
    • स्थानीय तह
    • पूर्वाधार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • अध्यात्म
    • साभार
  • Tools
    • Preeti to Unicode Converter
    • Date Converter
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

संज्ञा र अवज्ञा सहित राष्ट्रपति कार्यालयका समूह नै हुमागाई निवासमा

१ साल अघि
२

सापकोटाको तेह्रौ पुण्य तिथिमा श्रध्दाञ्जली सभा

२ साल अघि
३

गृहमन्त्री लेखकद्वारा विपतपछिका क्रियाकलापका विषयमा चासो व्यक्त

१ साल अघि
४

पनौती राष्ट्रपति रनिङशिल्ड पुनः भालेश्वर माध्यमिक विद्यालयलाई (तस्विरहरु सहित)

२ साल अघि
५

दिलकुमारी स्मृति प्रतिष्ठानको सहयोग भक्तेश्वरका विद्यार्थीलाई

१ साल अघि
६

सिद्धार्थ वनस्थली इन्स्टिच्युटका विद्यार्थी दीक्षित

२ साल अघि
७

पनौतीमा सप्ताहशुरु, कलशयात्रा अघि नै २१ लाख संकलन(तस्विर सहित)

२ साल अघि
८

पनौती जंगलमा बेवारिसे शव फेला, पहिचानका लागि सहयोग गर्न प्रहरीको अनुरोध

२ साल अघि
९

गोरखनाथका विद्यार्थीहरुलाई झोला, स्टेसनरीसँगै नगद पुरस्कार

२ साल अघि
१०

अभिभावकीय भूमिकामा रहेर काभ्रे काँग्रेस एक ढिक्का बनाउँछु : हुमागाई

१ साल अघि
११

तीन तले झरना अवलोकनसँगै पौडीको मज्जा(हेर्नुहोस तस्विरमा )

२ साल अघि
१२

उही बाटो र रुखहरू….

१ साल अघि

ताजा अपडेट

१

वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

१ महिना अघि
२

पाँच थान वाटर डिस्पेन्सर र १३ डस्टबिन विद्यालयलाई वितरण

१ महिना अघि
३

महाविर पुनलाई अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ

१ महिना अघि
४

 विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

२ महिना अघि
५

शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

२ महिना अघि
६

लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

२ महिना अघि
७

श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

२ महिना अघि
८

लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

२ महिना अघि
९

शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

३ महिना अघि
१०

शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

३ महिना अघि
११

गोरखनाथका विद्यार्थीलाई हिन्दुजागरण नेपालको न्यानो लुगा

४ महिना अघि
१२

उत्कृष्ट बने अनुप

५ महिना अघि
होमपेज /  पत्रपत्रिका
  • २७४ पटक पढिएको
  • गाँजाखेती खुलाउने कानुन एक महिनामै ल्याइने

  • २०८१ जेष्ठ २६, शनिबार (१ साल अघि)
  • तस्विर : इन्टरनेटबाट

    सामाजिक सञ्जालमा हामी

    काठमाडौं

    सरकारले गाँजाखेती खुलाउने कानुन एक महिनाभित्रै ल्याउने गरी गृहकार्य थालेको छ । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा मन्त्रीहरूले कानुन निर्माणका लागि गृहकार्य भइरहेको बताएका छन् ।

    आगामी आर्थिक वर्ष ०८१/८२ को बजेटमा ‘औषधीय प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादन गर्न कानुनी व्यवस्था मिलाइने’ प्रतिबद्धता गरेको सरकारले त्यसलाई कार्यान्वयनमा लैजान कानुनको गृहकार्य थालेको हो । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले गाँजाखेतीमा सरकारी गृहकार्य बुझ्न शुक्रबार छलफल गरेको छ ।

    उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, अर्थमन्त्री वर्षमान पुन तथा कृषि, शिक्षा, स्वास्थ्य, कानुन, उद्योग मन्त्रालयका सचिवहरू बोलाइएको बैठकमा गृहमन्त्री लामिछानेले औषधीय र औद्योगिक प्रयोजनका लागि गाँजाखेती खुलाउने गरी एक महिनाभित्र नियमावली जारी हुने प्रतिबद्धता जनाए ।

    ‘औषधीय र विभिन्न सामग्री उत्पादन गर्ने प्रयोजनका लागि गृह मन्त्रालयले धेरै नै छिटो, लगभग महिना दिनभित्र नै नियमावली बनाउँदै छ,’ उनले भने, गाँजाको व्यावसायिक खेती र औषधिजन्य उत्पादन सरकारको नीतिमा छ । अब वैधानिक नियमनका साथ खुला गरेर अगाडि बढ्छौँ ।’

    लागुऔषध नियन्त्रण ऐन, २०३३ को दफा ४ (१) ले ‘नेपालको पश्चिमी पहाडी भेगमा प्राकृतिक रूपमा आफैँ उम्रने जंगली गाँजाको बोटबाट तोकिएको समयसम्मका लागि चरेस उत्पादन गर्न, त्यस्तो चरेस संग्रह गर्न, राख्न र खरिद–बिक्री गर्ने सम्बन्धमा नेपाल सरकारले नियम बनाई व्यवस्था गर्न सक्नेछ र सोअनुसार अनुमतिपत्र प्राप्त गरी कसैले कुनै काम गर्दा यस दफाअन्तर्गत अपराध गरेको मानिनेछैन’ भन्ने व्यवस्था छ ।

    यसमै टेकेर गृहले तत्कालका लागि अध्ययन–अनुसन्धानका लागि मन्त्रिपरिषद्बाट निर्णय गरेर नियमावली बनाउन लागेको मन्त्री लामिछानेले समितिलाई जानकारी गराए । ‘यही नियमावलीमा टेकेर रिसर्चको काम तत्काल सुरुवात हुन्छ । यसको औषधिजन्य प्रयोजनका लागि गर्नुपर्ने अनुसन्धानका लागि गृहले नियम बनाएर, नियमावली बनाएर अगाडि बढ्न कुनै बाधा गर्नेछैन । यसका लागि मैले यहाँहरूसँग एक महिनाको समय मागेँ । कारणवश तलमाथि भएबाहेक अकारण त्यसलाई लम्ब्याउने मनसाय छैन । अध्ययन गर्ने हेतुले नियमावली बनाएर मन्त्रालय अगाडि बढ्छ ।’

    गाँजाको प्रयोगका सन्दर्भमा छलफल तथा कानुन संशोधन गर्दा अनुसन्धान रोकिन नहुने पक्षमा सरकार रहेको उनको भनाइ थियो । ‘अध्ययन–अनुसन्धान रोकिँदैन । पछाडि प्रयोगका सन्दर्भमा कानुन बनाउने कुरामा हामी सबै जिम्मेवार भएर सामाजिक परिवेश, नियमन, नियन्त्रण गर्नुपर्ने हाम्रा आवश्यकताहरू, सबै कुरालाई मध्यनजर गर्दै अगाडि बढ्नेछौँ,’ उनले भने ।

    अर्थमन्त्री पुनले कानुनी व्यवस्था गरेर गाँजालाई व्यावसायिक रूपमा विकास गर्नुपर्ने बताए । ‘गाँजाखेती हाम्रो स्वास्थ्य र समाजका लागि हानि छैन । हाम्रो समाज, भावी पुस्तालाई मध्यनजर गरी कानुनी व्यवस्थासहित स्टेपबाइ जानुपर्छ,’ उनले भने । गाँजाखेतीपश्चात् औषधि उत्पादनलाई स्पष्ट परिभाषित गर्न जरुरी रहेको उनको भनाइ थियो । मन्त्री पुनले गाँजालाई पर्यटकीय क्षेत्रमा प्रयोग गर्न सकिने बताए । ‘विदेशी पर्यटक आउने क्यासिनोहरूमा यसको प्रयोग हुन सक्छ,’ उनले भने ।

    नेपाली समाजमा भाङको रूपमा चिनिने गाँजा अचार, बजेटको झोला, रेसाबाट जुत्ता र कोटका रूपमा बहुआयामिक प्रयोग भइरहेको र करोडौँको व्यापार पनि भइरहेको भन्दै मन्त्री पुनले गाउँमा गाँजासँग खाद्यान्न साट्ने परम्परासँग पनि जोडिएको उल्लेख गरे । ‘यसको प्रयोग लागुऔषधको रूपमा हुँदा कडाइ गरिएको छ । अन्य प्रयोगका हिसाबले अब वैधानिकता दिनुपर्छ,’ उनले भने, ‘यसलाई व्यवस्थित गर्न सक्यौँ भने निर्यात पनि हुन सक्छ ।’

    पूर्वकानुनमन्त्री शेरबहादुर तामाङले किसानलाई खेती गर्न दिने गरी नियमावली बनाउनुपर्ने बताए । गाँजाखेतीका सन्दर्भमा आफूले विगतमा संसद्मा गैरसरकारी विधेयक नै दर्ता गराएको उल्लेख गर्दै तामाङले गाउँमा बाँझो भइरहेको जमिनमा गाँजाखेती गर्दा बिदेसिने युवाहरूले गाउँमै ४०–५० हजार कमाउने स्थिति बन्ने बताए ।

    रोजगारीका साथै राजस्वको हिसाबले पनि प्रभावकारी नियमनसहित व्यवसायीकरण गर्नु जरुरी भएको उनको भनाइ थियो । ‘जमिनबाट खेती गर्ने किसानलाई दिऊँ, कुनै व्यक्तिविशेषलाई नदिऊँ । कुनै कम्पनीलाई जिम्मा दिएर सिन्डिकेट नगरौँ, सबै किसानलाई दिऊँ । नियमनका लागि तीनै तहमा बोर्ड बनाऊँ,’ उनले भने, ‘बरु उत्पादन भइसकेपछि कम्पनीहरूलाई विभिन्न प्रयोजनमा दिन सकिन्छ । यो नेपालको अर्थतन्त्रको खुड्किलोको रूपमा रहन सक्छ ।’

    गृहसचिव एकनारायण अर्यालले गाँजाखेतीका क्षेत्रहरूबारे अध्ययन गर्न टोली परिचालन गरिएको जानकारी गराए । ‘यसको औद्योगिक प्रयोजन, कति मात्रामा के प्रयोजन भनेर फ्रेमवर्क बनाउने र बजार तथा सामाजिक परिवेशलाई ख्याल गर्ने गरी अध्ययन भइरहेको छ । रिपोर्ट आइसकेपछि थप गृहकार्य गर्छौँ,’ उनले भने । गाँजाको व्यावसायिक प्रयोजनका लागि लागुऔषध नियन्त्रण ऐनमा संशोधन गर्नुपर्ने उनले औँल्याए ।

    समिति सभापति आरजु राणा देउवाले गाँजाखेतीलाई कार्यान्वयनमा लैजान अनुरोध गरिन् । ‘यसका विविध पक्ष हेर्नुपर्छ । यो अगाडि बढोस् । हाम्रो जीवनकालमै गाँजाखेतीको विकास, व्यावसायिकता देख्न पाऊँ,’ उनले भनिन् । सभापति राणाले भदौसम्ममा नियमावली कार्यान्वयनमा ल्याउन समयावधि उपलब्ध गराइन् । सो अवसरमा उक्त अवधिमा गृह मन्त्रालयले काम अघि नबढाए उपसमिति गठन गरेर समिति अगाडि बढ्ने जानकारी सरकारलाई गराइएको थियो । नयाँपत्रिका दैनिकबाट

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    पत्रपत्रिका सम्बन्धि थप

    स्वस्थ जीवनका लागि सन्तुलित भोजन र व्यायाम

    शिक्षा विधेयक : अस्थायी प्रकृतिका शिक्षकका विषयमा ‘सहमति’

    रक्तदाता नहुँदा रगत अभाब उपत्यकाबाट रगत पूर्ति गर्दै नेपाल रेडक्रस काभ्रेपलाञ्चोक

    शिक्षक आन्दोलनको आज सातौं दिन, शिक्षा ऐन माग गर्दै शिक्षकहरु सडकमा

    शिक्षा विधेयक : नेताहरूले चालु अधिवेशनमा पारित नहुने बताएपछि थप सशक्त बन्दै शिक्षक आन्दोलन

    शिक्षकहरूको तालिमको मोडल परिवर्तन गर्दै शिक्षा मन्त्रालय

    ताजा समाचार
    १

    वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

    २

    पाँच थान वाटर डिस्पेन्सर र १३ डस्टबिन विद्यालयलाई वितरण

    ३

    महाविर पुनलाई अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ

    ४

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    ५

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    ६

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    ७

    श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

    ८

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    ९

    शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

    १०

    शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

    समाचार
    थप

    वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    सम्पादकीय
    थप

    जेनजीमाथि सहानुभूति, सरकारमाथि उत्पन्न आक्रोश

    समस्या र आवश्यकता केन्द्रित हुन नसकेको बजेट

    वन जंगलमा आगो लगाउनेमाथि कारबाही होस ।

    उद्धार,राहत र पुनस्थापनाले तिब्रता पाओस

    साझा टि.भी.
    थप
    • बबिना भट्टराईको ‘जय जय शम्भु’ भजन सार्बजानिक (भिडियो सहित)
    • गायक अर्जुन गुरुङ को स्वरमा ‘पिरतीको डोरी ’ सार्बजनिक
    • सुवासको नयाँ एल्वम ‘जुनी फेर्छु म’ सार्वजानिक ( हेर्नुुहोस भिडियोमा)
    • दुर्गेश थापाको देउसी भैलो गीत बजारमा (भिडियो सहित)

    पत्राचार ठेगाना

    फूलचोकी मिडिया प्रा.लि. द्वारा प्रकाशित साझा पत्रिका डट कम का लागी
    पत्राचार ठेगाना: पनौती न.पा. काभ्रेपलाञ्चोक
    सुचना विभाग दर्ता नं.: ४२५१-२०८०/२०८१
    प्रेस काउन्सिल दर्ता नं.: ४२४१-२०८०/२०८१
    ईमेल: [email protected]
    सम्पर्क न: ९८५१२३०७०५

    हाम्रो टीम

    निर्देशक: नारायण प्रसाद सापकोटा
    प्रधान सम्पादक: ……………………..
    सम्पादक: रघुनाथ हुमागाई
    कार्यकारी सम्पादक: सरोज सापकोटा
    विशेष सम्वाददाता: ……………….

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • सम्पादकीय
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८० साझा पत्रिका मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution