काभ्रे
बनेपामा रहेको आदर्श विद्या मन्दिर स्कुलले जिल्लामा पहिलो पटक आईएसओ प्रमाणपत्र प्राप्त गरेको छ ।
क्ष्क्इ लोगोले विद्यालयको शैक्षिक गुणस्तरलाई मान्यता दिन्छ । ISO २१००१ शैक्षिक संस्थाहरूको लागि अन्तर्राष्ट्रिय मानक हो । मानक गुणस्तर व्यवस्थापन र जोखिम व्यवस्थापनको सिद्धान्तहरूमा आधारित छ । कार्यक्रममा विद्यालयलाई अझै गुणस्तरीय बनाउन हौसला मिलेको विद्यालयका प्रधानाध्यापक रामप्रसाद तिमल्सिनाले बताए ।
यसै हप्ता एक कार्यक्रमका बिच जिल्ला समन्वय समितिका प्रमुख दिपक कुमार गौतम र बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य र नेपालका लागि सक्रिय आईएसओ प्रतिनिधिले स्कुललाई लोगो हस्तान्तरण गरेका हुन् ।ISO लोगोले विद्यालयको गुणस्तरीय शिक्षालाई मान्यता दिने गरेको छ ।
ISO२१००१ शैक्षिक संस्थाहरूको लागि अन्तर्राष्ट्रिय मानक हो जसले शैक्षिक प्रक्रियाहरू प्रबन्ध गर्नको लागि एक रूपरेखा प्रदानगर्दै आएको छ। शैक्षिक संस्थाहरूले आफ्ना ग्राहकहरूलाई गुणस्तरीय सेवा र उत्पादनहरू प्रदान गर्दैछन् भन्ने सुनिश्चित का लागि यो प्रदान गरिन्छ । मानक गुणस्तर व्यवस्थापन र जोखिम व्यवस्थापनको सिद्धान्तहरूमा आधारित छ। यसले संगठनहरूलाई उनीहरूको शैक्षिक गतिविधिहरूसँग सम्बन्धित जोखिमहरू पहिचान गर्न, विश्लेषण गर्न र व्यवस्थापन गर्न मद्दत गर्दछ ।
आईएसओ प्रमाणपत्र प्राप्त पछि विद्यालयलाई अझै गुणस्तरीय बनाउन थप हौसला मिलेको विद्यालयका प्रधानाध्यापक रामप्रसाद तिमल्सिनाले बताएका थिए । जिल्ला समन्वय समितिका प्रमुख दिपक कुमार गौतम र बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले भने स्कुलले आईएसओ प्रमाणपत्र प्राप्त गरेकोमा बधाई दिदै विद्यालयलाई अझै अझ गुणस्तरीय बनाउदै लैजान सुझव दिएका थिए ।