• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • धर्म–संस्कृति/रीतिथिति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • मनोरञ्जन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ फागुन २३, शनिबार
Trending
पनौती शिक्षक रोशी सहयात्रा खुला रक्तदान रेडक्रस भुकम्प ट्राफिक प्रहरी
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • अर्थ खबर
  • शिक्षा/स्वास्थ्य
  • बिचार
    • अन्तरवार्ता
    • ब्लग
  • ग्यालरी
    • साझा तस्विर
    • साझा टि.भी.
  • अन्य
    • राजिनिती
    • समाज
    • स्थानीय तह
    • पूर्वाधार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • अध्यात्म
    • साभार
  • Tools
    • Preeti to Unicode Converter
    • Date Converter
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

संज्ञा र अवज्ञा सहित राष्ट्रपति कार्यालयका समूह नै हुमागाई निवासमा

१ साल अघि
२

सापकोटाको तेह्रौ पुण्य तिथिमा श्रध्दाञ्जली सभा

२ साल अघि
३

गृहमन्त्री लेखकद्वारा विपतपछिका क्रियाकलापका विषयमा चासो व्यक्त

१ साल अघि
४

पनौती राष्ट्रपति रनिङशिल्ड पुनः भालेश्वर माध्यमिक विद्यालयलाई (तस्विरहरु सहित)

२ साल अघि
५

दिलकुमारी स्मृति प्रतिष्ठानको सहयोग भक्तेश्वरका विद्यार्थीलाई

१ साल अघि
६

सिद्धार्थ वनस्थली इन्स्टिच्युटका विद्यार्थी दीक्षित

१ साल अघि
७

पनौतीमा सप्ताहशुरु, कलशयात्रा अघि नै २१ लाख संकलन(तस्विर सहित)

२ साल अघि
८

पनौती जंगलमा बेवारिसे शव फेला, पहिचानका लागि सहयोग गर्न प्रहरीको अनुरोध

२ साल अघि
९

तीन तले झरना अवलोकनसँगै पौडीको मज्जा(हेर्नुहोस तस्विरमा )

२ साल अघि
१०

उही बाटो र रुखहरू….

१ साल अघि
११

गोरखनाथका विद्यार्थीहरुलाई झोला, स्टेसनरीसँगै नगद पुरस्कार

१ साल अघि
१२

अभिभावकीय भूमिकामा रहेर काभ्रे काँग्रेस एक ढिक्का बनाउँछु : हुमागाई

१ साल अघि

ताजा अपडेट

१

 विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

२ हफ्ता अघि
२

शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

२ हफ्ता अघि
३

लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

२ हफ्ता अघि
४

श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

१ महिना अघि
५

लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

१ महिना अघि
६

शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

१ महिना अघि
७

शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

२ महिना अघि
८

गोरखनाथका विद्यार्थीलाई हिन्दुजागरण नेपालको न्यानो लुगा

२ महिना अघि
९

उत्कृष्ट बने अनुप

३ महिना अघि
१०

काभ्रे– हेटौडा बस संचालन, स्थानीयलाई सुविधा नेतृत्वलाई दवाव

३ महिना अघि
११

गिम्दी प्रवासी युवा समाजको अगुवाइमा पशुपति मन्दिर पुनर्निर्माण

३ महिना अघि
१२

नेपाली काङ्ग्रेस:पदमा मात्र रुपान्तरण कि सच्चा समर्पण र समाजको अभिन्न भुमिकामा पनि ?

४ महिना अघि
होमपेज /  प्रदेश
  • ३४९ पटक पढिएको
  • पनौतीका नगर प्रमुख भण्डारीले भने : ‘युवा उद्यमशिलता कृषि पेसाबाटै सम्भव छ ।’

  • साझा संवाददाता
  • २०८१ श्रावण २८, सोमबार (१ साल अघि)
  • सामाजिक सञ्जालमा हामी

    पनौती
    ‘दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि, डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि’ भन्ने नाराका साथ २५ औं अन्तराष्ट्रिय युवा दिवस भव्यताका साथ मनाइएको छ ।

    यसै क्रममा पनौती नगरपालिकाले अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर ‘नगरपालिकाको विकासमा युवाहरुको भूमिका’ विषयक अन्तक्रिया कार्यक्रमको अयोजना गर्यो ।

    शिक्षा युवा तथा खेलकुद शाखाको मुख्य आयोजना रहेको कार्यक्रममा बोल्दै नगरप्रमुख रामशरण भण्डारीले नगरले छिट्टै ५ वर्षे राणनीतिक कार्ययोजना निर्माण गर्न लागेको र उक्त योजना युवा मैत्री हुने बताए । उनले देश विकासमा राज्यले युवाको भूमिका खोजेको बताए । भण्डारीले देशका धेरै जनसंख्या कृषिपेसामा निर्भर रहेको बताउँदै कृषिमा आधारित उद्यमशिलताबाट युवा स्वरोजगर बनाउनु पर्ने तर्क गरे ।
    नगरका आफ्ना धेरै कानुन छन् । कति पूर्ण कार्यान्वयन हुन बाँकी रहेको भन्दै नगरले खेलकुद र युवाका विषयमा फरक फरक कानुन निर्माण गरी युवाका पक्षमा क्रियाकलापहरु संचालन गरिने बताए । हाल खेलकुद तथा युवाका विषयमा एउटै कानुन रहेको उनले जानकारी दिए ।

    युवा उद्यमशिलताको विषयमा उनले  सबैले एउटै क्षेत्रमा उद्यमशिलता खोज्दा जनशक्ति बिक्न कठिन हुने तथा अन्य क्षेत्रमा अभाव सिर्जनाको समस्या हुने तर्क गरे । ज्ञान र रुचिका विषयमा उद्यमशिलता खोज्नुपर्ने उनको भनाई थियो । नगरभित्रका कृषि उपजको बजारीकरणको विषयमा नगर प्रमुख भण्डारीले समर्थन मूल्य तोक्न नगरलाई कठिनाई भएको बतए । ‘नजिकका पालिकाहरुबाट पनि नगरमा कृषि उपज उत्तिकै भित्रिन्छन् । नगरका उपजको मूल्य तोकिए पनि बाहिरको उपजले उक्त समर्थन मूल्यको अर्थ राख्दैन । यसले गर्दा पनि कृषि उत्पादनको समर्थन मूल्य तोक्न नसकिएको हो । ’ प्रमुख भण्डारीले बताए ।

    भण्डारीले देशका धेरै जनसंख्या कृषिपेसामा निर्भर रहेको बताउँदै कृषिमा आधारित उद्यमशिलताबाट युवा स्वरोजगर बनाउनु पर्ने तर्क गरे ।नगरका आफ्ना धेरै कानुन छन् । कति पूर्ण कार्यान्वयन हुन बाँकी रहेको भन्दै नगरले खेलकुद र युवाका विषयमा फरक फरक कनुन निर्माण गरी युवाका पक्षमा क्रियाकलापहरु संचालन गरिने बताए ।

    उपप्रमुख गीता बञ्जाराले रोजगार सिर्जनाको उद्देश्य सहित तालिम प्रदान गरिए पछि त्यसले कतिलाई रोजगारी बनायो भन्ने अनुगमन जरुरी रहेको बताइन् । अघिल्लो कार्यकालमा युवा रोजगारीकै उद्देश्य सहित भैंसी वितरण गरिएको र त्यस कार्यक्रमले ४ सय २० कृषक स्वरोजगार बनेका उनको दावी थियो ।

    नगरपालिकाका प्रशासकीय अधिकृत रामप्रसाद आचार्यले युवाहरुको आवाज नीति निर्माता सम्म पुगेमात्र युुवा मैत्री नीति बन्ने बताए । भौतिक निर्माणलाई मात्र विकास भन्न नमिल्ने भन्दै आचार्यले युवा उद्यमशिलतालाई जोड दिनुुपर्ने उल्लेख गरे । ‘युवाको माग र चाहनालाई बझेर नीति बन्नुपर्छ त्यस अनुसार संचालित कार्यक्रमले मात्र सार्थकता पाउँछ ।’ उनको तर्क थियो । नगरले निर्माण गर्ने आवधिक योजनामा युवाका विषय समावेश हुने उनले वचन दिए ।

    कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै निर्देशक तथा शिक्षा शाखा प्रमुख प्रणराज न्यौपानेले युवाहरुको सशक्त सक्रियता भएमात्र नगरको विकास सम्भव बताए । न्यौपानेले वडा स्तरबाटै युवा सक्रिय हुुनुपर्ने उल्लेख गरे । ‘नगरको कानुन अनुसार पनि वडा स्तरमा ‘युवा क्लब’ तथा नगरमा नगरप्रमुखको अध्यक्षतामा ‘नगर युवा तथा खेलकुद परिषद्’ हुने व्यवस्था भए बमोजिम युवाहरु संगठित हुुनु जरुरी छ ।’ शाखा प्रमुख न्यौपानेले भने ।

    आफ्ना कुरा भन्ने र अरुका सुन्ने उद्देश्य सहित अन्तक्रिया कार्यक्रमको आयोजना गरिएको उनको भनाई थियो ।
    सामाजिक विकास समितिका संयोजक तथा वडा नं ११ का वडा अध्यक्ष विपेन्द्र लामाले हालका युवाहरुमा तत्काल प्रतिफल खोज्ने बानीको विकास भएको भन्दै नगरपालिकाले युवा लक्षित कार्यक्रम निरन्तर संचालन गर्ने जानकारी दिए ।

    कार्यक्रममा शिक्षा शाखाका स्रोत व्यक्ति महेश्वर जंगमले नगरमार्फत संचालित कार्यक्रमहरुको जानकारी गराएका थिए । उनले नेपाली युवाको अवस्था, युवाको मनोसामाजिक, युवाका सम्भावना र अवसर, स्थानिय सरकारको कार्यविस्तृतिकरण, पनौती नगरापालिकाले गरेका कार्य तथा गतिविधिका बारेमा जानकारी गराएका थिए ।

    स्रोत व्यक्ति जंगमले जानकारी दिए अनुसार नगरपालिकाले पेशागत हलुका सवारी साधन मर्मत जसमा २० जना सहभागी भई ७ जनाले सीप परीक्षण परीक्षा उतिर्ण गरेका र पेशामा आवद्ध रहेका पेशागत हाउस वाइरिङ र पेशागत प्लम्विङ जसमा २०÷२० जना सहभागी भई सीप परीक्षण परीक्षाको प्रक्रियामा रहेको, पेशागत कुक ४० जना, पेशागत कम्प्युटर मेन्टिनेन्स २० जना र पेशागत मोटरसाइकल मर्मतमा २० जना गरी ८० जना सहभागी भई तालिम सन्चालन भैरहेको छ ।

    माध्यमिक तहको कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीका लागि रुचि, खुवीको आधारमा भविष्यको वृत्ति छनोटको लागि निरन्तर रुपमा वृत्तिमार्ग निर्देशन कक्षा सन्चालनमा रहेको, वृत्तिमार्ग निर्देशन कार्यक्रमलाई प्रभावकारी रुपमा सन्चालन गर्न पनौती नगरपालिका वृत्तिमार्ग निर्देशन कार्यविधि २०८० जारी भएको, त्यसैगरी खेलकुद तर्पm जिल्लास्तरीय, प्रदेशस्तरीय तथा राष्ट्रियस्तरका विभिन्न प्रतियोगिताहरुमा युवा खेलाडीहरुलाई सहभागी गराइएको जंगमले जानकारी दिए ।

    कार्यक्रमा उपस्थित युवाहरुले नगरले युवा उद्यमशिलताको कार्यक्रमहरु संचालन गर्नु पर्ने भौतिक निर्माणमा मात्र नभइ उद्यमशिलतामा बजेट बिनियोजित हुनेपर्ने, संचालित कार्यक्रमलाई व्यवस्थित गर्नुपर्ने । युवा उद्यमको लागि न्यून व्याजदरमा ऋणको व्यवस्थापन गर्न सहजीहरण गर्नुपर्ने । उच्च शिक्षा निःशूल्क गर्न नगरले योजना ल्याउनुपर्ने, युवाको विदेशिने दर कमी हुने कार्यक्रमहरु संचालन गरिनुपर्ने, कुषि उपजहरुको बजारीकरणमा सहजीकरण गर्नुपर्ने जस्ता विचार व्यक्त गरका थिए । कार्यक्रममा सबै वडाका युवा प्रतिनिधि, जनप्रतिनिधिहरु लगायतको उपस्थिति थियो ।

    • #पनौती नगरपालिका
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    प्रदेश सम्बन्धि थप

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

    शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

    गोरखनाथका विद्यार्थीलाई हिन्दुजागरण नेपालको न्यानो लुगा

    ताजा समाचार
    १

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    २

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    ३

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    ४

    श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

    ५

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    ६

    शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

    ७

    शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

    ८

    गोरखनाथका विद्यार्थीलाई हिन्दुजागरण नेपालको न्यानो लुगा

    ९

    उत्कृष्ट बने अनुप

    १०

    काभ्रे– हेटौडा बस संचालन, स्थानीयलाई सुविधा नेतृत्वलाई दवाव

    समाचार
    थप

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    सम्पादकीय
    थप

    जेनजीमाथि सहानुभूति, सरकारमाथि उत्पन्न आक्रोश

    समस्या र आवश्यकता केन्द्रित हुन नसकेको बजेट

    वन जंगलमा आगो लगाउनेमाथि कारबाही होस ।

    उद्धार,राहत र पुनस्थापनाले तिब्रता पाओस

    साझा टि.भी.
    थप
    • बबिना भट्टराईको ‘जय जय शम्भु’ भजन सार्बजानिक (भिडियो सहित)
    • गायक अर्जुन गुरुङ को स्वरमा ‘पिरतीको डोरी ’ सार्बजनिक
    • सुवासको नयाँ एल्वम ‘जुनी फेर्छु म’ सार्वजानिक ( हेर्नुुहोस भिडियोमा)
    • दुर्गेश थापाको देउसी भैलो गीत बजारमा (भिडियो सहित)

    पत्राचार ठेगाना

    फूलचोकी मिडिया प्रा.लि. द्वारा प्रकाशित साझा पत्रिका डट कम का लागी
    पत्राचार ठेगाना: पनौती न.पा. काभ्रेपलाञ्चोक
    सुचना विभाग दर्ता नं.: ४२५१-२०८०/२०८१
    प्रेस काउन्सिल दर्ता नं.: ४२४१-२०८०/२०८१
    ईमेल: [email protected]
    सम्पर्क न: ९८५१२३०७०५

    हाम्रो टीम

    निर्देशक: नारायण प्रसाद सापकोटा
    प्रधान सम्पादक: ……………………..
    सम्पादक: रघुनाथ हुमागाई
    कार्यकारी सम्पादक: सरोज सापकोटा
    विशेष सम्वाददाता: ……………….

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • सम्पादकीय
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८० साझा पत्रिका मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution