• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • धर्म–संस्कृति/रीतिथिति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • मनोरञ्जन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ २, सोमबार
Trending
पनौती शिक्षक रोशी सहयात्रा खुला रक्तदान रेडक्रस भुकम्प ट्राफिक प्रहरी
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • अर्थ खबर
  • शिक्षा/स्वास्थ्य
  • बिचार
    • अन्तरवार्ता
    • ब्लग
  • ग्यालरी
    • साझा तस्विर
    • साझा टि.भी.
  • अन्य
    • राजिनिती
    • समाज
    • स्थानीय तह
    • पूर्वाधार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • अध्यात्म
    • साभार
  • Tools
    • Preeti to Unicode Converter
    • Date Converter
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

संज्ञा र अवज्ञा सहित राष्ट्रपति कार्यालयका समूह नै हुमागाई निवासमा

५ महिना अघि
२

गृहमन्त्री लेखकद्वारा विपतपछिका क्रियाकलापका विषयमा चासो व्यक्त

५ महिना अघि
३

सापकोटाको तेह्रौ पुण्य तिथिमा श्रध्दाञ्जली सभा

१ साल अघि
४

पनौती राष्ट्रपति रनिङशिल्ड पुनः भालेश्वर माध्यमिक विद्यालयलाई (तस्विरहरु सहित)

१ साल अघि
५

दिलकुमारी स्मृति प्रतिष्ठानको सहयोग भक्तेश्वरका विद्यार्थीलाई

१ साल अघि
६

पनौतीमा सप्ताहशुरु, कलशयात्रा अघि नै २१ लाख संकलन(तस्विर सहित)

१ साल अघि
७

सिद्धार्थ वनस्थली इन्स्टिच्युटका विद्यार्थी दीक्षित

१ साल अघि
८

पनौती जंगलमा बेवारिसे शव फेला, पहिचानका लागि सहयोग गर्न प्रहरीको अनुरोध

१ साल अघि
९

उही बाटो र रुखहरू….

१ साल अघि
१०

तीन तले झरना अवलोकनसँगै पौडीको मज्जा(हेर्नुहोस तस्विरमा )

१ साल अघि
११

अभिभावकीय भूमिकामा रहेर काभ्रे काँग्रेस एक ढिक्का बनाउँछु : हुमागाई

१0 महिना अघि
१२

गोरखनाथका विद्यार्थीहरुलाई झोला, स्टेसनरीसँगै नगद पुरस्कार

१ साल अघि

ताजा अपडेट

१

भकुण्डेबेशीमा कार दुर्घटना, चार जना भारतीय नागरिक घाइते

२१ घण्टा अघि
२

विश्व रक्तदाता दिवसमा साझा पत्रिकाकर्मी सम्मानित

१ दिन अघि
३

नागढुङ्गामा बस दुर्घटना हुँदा २० जना घाइते

१ दिन अघि
४

डाँडापारिको झिलीमिली : बेरुजु शून्य बनाउँदै नमुना बन्दै महाभारत गाउँपालिका

३ दिन अघि
५

बेथानचोकमा बस दुर्घटना, एक महिलाको मृत्यु, तीन घाइते

१ हफ्ता अघि
६

सार्वजनिक यातायात बन्दले सर्वसाधरणलाई सास्ती, तुरुन्तै समाधान निकाल्न कांग्रेसको अपिल

१ हफ्ता अघि
७

तेजेश्वर अंक प्रकाशित

२ हफ्ता अघि
८

पनौती नगरपालिका अनिवार्य तथा निःशुल्क शिक्षाको पूर्ण कार्यान्वयन तर्फ

२ हफ्ता अघि
९

भूकम्प, बाढी र लापरबाहीको मारमा बिपी राजमार्ग

२ हफ्ता अघि
१०

अपचलित रकम व्याज सहित असुल गरी कानुनी कारबाहीका लागि लेखिपठाइएको सामुदायीक साकोसद्वारा जानकारी

२ हफ्ता अघि
११

नुनदेखि सुनसम्म कालोबजारी : उपभोक्ताको नाममा संस्थागत ठगी

३ हफ्ता अघि
१२

विजयको प्रतीकः बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा

१ महिना अघि
होमपेज /  अर्थ खबर
  • १८२ पटक पढिएको
  • स्टोर गर्ने ठाउँ नहुँदा सस्तो भाउमा सुन्तला बेच्न किसान बाध्य

  • सरोज सापकोटा
  • २०८१ पौष २६, शुक्रबार (५ महिना अघि)
  • फोटो रासस बाट साभार

    सामाजिक सञ्जालमा हामी

    बनेपा ⁄ काभ्रेपलाञ्चोक जिल्लाका किसानहरुले सुन्तला खेतीबाट मनग्य आम्दानी गरेका छन् । जिल्लाको पनौती, बेथानचोक, रोशी लगायत विभिन्न स्थानियतहका किसानहरुले सुन्तला खेतीबाटै मनग्य आम्दानी लिने गरेका हुन् । तर, उत्पादन घट्दै जाँदा र स्टोर गर्ने ठाउँ नहुँदा सस्तो भाउमै सुन्तला बेच्न किसानहरु बाध्य भएका छन् । सुन्तलाको पकेट क्षेत्रको रुपमा रहेको पनौतीको सुन्थान, चलाल गणेस्थान, बल्थली, खोपासी, शारदा बतासे, कुशादेवी, रयाले, महेन्द्रज्योति, पात्लेखेत, फूलवारी, छत्रेबाँझ, डराउनेपोखरीका किसानले गत आर्थिक वर्षमा ५५ करोड रुपैयाँको सुन्तला उत्पादन गरेका छन् । जिल्लामा करीब १ हजार ५ सय हेक्टर जमीनमा सुन्तला खेती गरिएको भए पनि ९ सय हेक्टर जमीनको उत्पादनशील बिरुवाबाट ११ हजार मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकको तथ्याङ्कमा छ । उत्पादन भएको उक्त सुन्तला प्रतिकिलो सालाखाला ५० रुपैयाँमा विक्री गरेर काभ्रेका किसानले ४० करोड रुपैयाँ आम्दानी गरेको कृषि विकास कार्यालयका काभ्रेपलाञ्चोकले जानकारी दिएको छ ।

    अन्य क्षेत्रको तुलनामा काभ्रेपलाञ्चोक जिल्लामा सुन्तला ढिलो पाक्छ र यहाँका किसानले सुन्तलाको भाउ पनि राम्रो पाउँछन् तर छिमेकी देशहरु बाट विकासे सुन्तला र जुनार आयात हुँदा यहाँका किसानले भनेजती आम्दानी गर्न नसकेको किसानहरुको गुनासो छ । सँगसगैं किसानहरुले मनग्य उत्पादन गरे पनि स्टोर गरेर राख्न नसक्दा बिचौलियाको मुल्यमा सुन्तदा बेच्नुपर्ने बाध्यताका कारण पनि किसानले भने जती भाउ सुन्तला बाट पाउन नसकेको उनिहरुको भनाइ छ । जिल्ला कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकका अनुसार जिल्लामा उत्पादित सुन्तलालाई स्टोर गरेर राख्न सक्ने हो भने प्रतिकेजी ८० रुपैयाँसम्म लिन सकिन्छ । किसानले सुन्तला बगैंचाको राम्रो व्यवस्थापन गर्न नसक्दा यहाँको उत्पादनमा गुणस्तरको कमी रहेको कार्यालयले जनाएको छ । उता किसानहरु भने सरकारको सहयोग नपाएरनै आफुहरु सुन्तला खेतीबाट निरासहुनुपर्ने अबस्थामा पुगेको बताउँछन् । फल टिपेपछि बिरुवाको काँटछाँट गर्ने, बगैंचा सफा गर्ने र बोडो पेष्ट र बोडो मिक्चर बनाएर बिरुवाको फेदमा दल्ने र हाँगामा छर्ने मात्रै गरे पनि सुन्तलाको बोटको सुरक्षा र फलको गुणस्तरमा वृद्धि गर्न सकिन्छ तर आबश्यक औषधी र आबश्यक औजार बिना काम गर्न नसकिएको किसानको गुनासो छ ।

    बेथानचोक गाउँपालिका स्थित कृषि तथा पशु शाखा प्रमुख रघुनी शाहका अनुसार अधिकांश किसानको मनस्थिती रोपेपछि सुन्तला फलिहाल्छ भन्ने मानसिकताका कारण उत्पादन तथा गुणस्तर वर्षेनि घट्दो रहेको छ । अहिले बेथानचोक गाउँपालिका पनि प्रदेशबाट सुन्तला पकेट क्षेत्र कार्यान्वयनका लागि १० लाख बजेट परेको छ । तर यो बजेट पर्याप्त भने होइन । उनि भन्छन् फल टिपेपछि बिरुवाको काँटछाँट गर्ने, बगैंचा सफा गर्ने र बोडो पेष्ट र बोडो मिक्चर बनाएर बिरुवाको फेदमा दल्ने र हाँगामा छर्ने, फल लाग्ने समयमै प्रोटिन बेट स्प्रे गर्ने गरियो भने पनि किरा झिँगा,औंसा लाई धेरै हटाउन सकिन्छ तर किसानहरुले अल्छि गर्दा घाटा उहाँहरुलाई नै भएको छ । यसो गर्दा एक त किसानको आम्दानी घट्छ अर्को कुरा सुन्तलाको बोटको सुरक्षा र फलको गुणस्तरमा बर्षेनी गिरावट आउँछ ।

    पछिल्लो समय काभ्रेपलाञ्चोक जिल्लाको सुन्तला बगैंचाको सुधारका लागि कृषि विकास कार्यालयले ‘सुन्तला बगैंचा व्यवस्थापन तथा समस्या निदान अभियान’ सञ्चालन गरेको र यस कार्यक्रमबाट किसानलाई निकैनै राहत भएको कार्यालयले जनाएको छ । जिल्लामा वर्सेनि सुन्तला उत्पादनमा गिरावट हुँँदै गएपछि किसानलाई राहतको कार्यक्रम स्वरुप यो कार्यक्रम संचालन गरे बताइएको छ । पछिल्ला केही वर्षदेखि काभ्रेपलाञ्चोकमा दुई प्रतिशतका दरले सुन्तला उत्पादनमा गिरावट हुँदै आएको कृषि विकास कार्यालय धुलिखेलले जनाएको छ । यसवर्ष पनि बाढि पहिरोको कारण उत्पादन भएको सुन्तला बजार सम्म पुर्याउने नसक्ने अबस्था केही ठाउँमा अझै रहेको छ । रोग एवं कीराका कारण १० वर्षयता लगातार सुन्तला उत्पादनमा ३ प्रतिशतका हाराहारीमा गिरावट हुँदै आएको छ । जिल्लाको १५ सय हेक्टर क्षेत्रफलमा सुन्तलाको व्यावसायिक रुपमा खेती हुँदै आएकोे छ ।

    काभ्रेपलाञ्चोकको मुख्य उत्पादनको पकेट क्षेत्र मानिने रोशी गाउँपालिकाका किसान रामबहादुर तामाङले उत्पादन कमी हुँदै गए पनि पछिल्लो समय बजारीकरण, बिचौलिया र रोगका कारण सुन्तला बगैँचा फाँड्नुको विकल्प नभएको बताए । उनले भने, ‘अब सुन्तलाको बगैँचा काटेर तरकारी लाउनुकोे विकल्प छैन, हामीले यही बगैँचाबाट वार्षिक रु चार लाखसम्मको सुन्तला बेचेका थियौँ, तर अहिले एक लाख कमाउन पनि मुस्किल हुने भयो ।’ सुन्तलाको उत्पादनमा कमीहुनुमा मुख्य कारण रोगनै रहेको बताइन्छ । सुन्तलाको फेदमै किरा देखिने, सुन्तला कुहिने, बोट सुक्ने तथा फलेको सुन्तला पनि रसिलो नहुने जस्ता समस्या देखिएपछि उत्पादनमा कमी हुँदै गएको छ । रोगकै कारण सुन्तला उत्पादनमा कमी हुने भएपछि स्थानिय तहहरुले केही मात्रामा अनुसन्धान र किसान सहयोग स्वरुप बजेट छुट्याए पनि न्यून मात्रामा छुट्याएको बजेटले केही नहुने किसानको तर्क छ ।

    कृषि विकास कार्यालयको एक तथ्याङ्क अनुसार जिल्लाभर करिब ३० प्रतिशत सुन्तलामा औँसा कीराको प्रकोप देखिएको छ । यसको कारण बोटमा रहेका सुन्तलामध्ये दश प्रतिशत कुहिएर झर्ने गर्दछ । जिल्लाभर समस्याकै रुपमा सुन्तला खेतीमा फैलिएको औँसाको नियन्त्रण गर्न एक÷दुई किसानले मात्रै गरेर सम्भव नहुने भएकाले फल कुहिएर झर्ने समस्या समाधान गर्न स्थानिय तहलेनै योजना बनाएर अभियानकै रुपमा लाग्नुपर्ने आवश्यकता देखिएको बताइन्छ ।

    सुन्तलाजन्य जुनार, मौसम, भोगटे, निबुवा, बिमिरो, कागती, ज्यामिरलगायत फलफूलमा यो रोगको सङ्क्रमण फैलिएको हो । रोग सङ्क्रमित भएर बोटबाट झरेका फलमा हुने औँसाका लार्भा माटोभित्र जाने खतरा हुने र यसले गर्दा प्रकोप नियन्त्रण बाहिर जानसक्ने खतरा रहेकाले झरेका फललाई व्यवस्थित रूपले व्यवस्थापन गर्न आवश्यक छ । सुन्तला बगैँचामा नाइट्रोजन, फस्फोरस र पोटासको अभाव देखिएका कारण पनि समस्या सिर्नना भएको बताइन्छ । अभाव हटाउन सामान्य काँटछाँट गर्ने, ऐजेरु हटाउने, चुन र निलोतुथो, प्रोटिन बेटको प्रयोग गरी पुराना बोटलाई उत्पादनशील अवस्थामा फर्काउँदा सुन्तलामा सूक्ष्म खाद्यात्व न्यूनीकरण हुँदै जाने सम्भाबना रहन्छ । त्यस तर्फ पनि किसान स्वयम् लाग्न जरुरी छ । साभार /हाम्रो इन्द्रावती साप्ताहिक बाट ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    अर्थ खबर सम्बन्धि थप

    भकुण्डेबेशीमा कार दुर्घटना, चार जना भारतीय नागरिक घाइते

    विश्व रक्तदाता दिवसमा साझा पत्रिकाकर्मी सम्मानित

    नागढुङ्गामा बस दुर्घटना हुँदा २० जना घाइते

    डाँडापारिको झिलीमिली : बेरुजु शून्य बनाउँदै नमुना बन्दै महाभारत गाउँपालिका

    बेथानचोकमा बस दुर्घटना, एक महिलाको मृत्यु, तीन घाइते

    तेजेश्वर अंक प्रकाशित

    ताजा समाचार
    १

    भकुण्डेबेशीमा कार दुर्घटना, चार जना भारतीय नागरिक घाइते

    २

    विश्व रक्तदाता दिवसमा साझा पत्रिकाकर्मी सम्मानित

    ३

    नागढुङ्गामा बस दुर्घटना हुँदा २० जना घाइते

    ४

    डाँडापारिको झिलीमिली : बेरुजु शून्य बनाउँदै नमुना बन्दै महाभारत गाउँपालिका

    ५

    बेथानचोकमा बस दुर्घटना, एक महिलाको मृत्यु, तीन घाइते

    ६

    सार्वजनिक यातायात बन्दले सर्वसाधरणलाई सास्ती, तुरुन्तै समाधान निकाल्न कांग्रेसको अपिल

    ७

    तेजेश्वर अंक प्रकाशित

    ८

    पनौती नगरपालिका अनिवार्य तथा निःशुल्क शिक्षाको पूर्ण कार्यान्वयन तर्फ

    ९

    भूकम्प, बाढी र लापरबाहीको मारमा बिपी राजमार्ग

    १०

    अपचलित रकम व्याज सहित असुल गरी कानुनी कारबाहीका लागि लेखिपठाइएको सामुदायीक साकोसद्वारा जानकारी

    समाचार
    थप

    भकुण्डेबेशीमा कार दुर्घटना, चार जना भारतीय नागरिक घाइते

    विश्व रक्तदाता दिवसमा साझा पत्रिकाकर्मी सम्मानित

    नागढुङ्गामा बस दुर्घटना हुँदा २० जना घाइते

    डाँडापारिको झिलीमिली : बेरुजु शून्य बनाउँदै नमुना बन्दै महाभारत गाउँपालिका

    सम्पादकीय
    थप

    वन जंगलमा आगो लगाउनेमाथि कारबाही होस ।

    उद्धार,राहत र पुनस्थापनाले तिब्रता पाओस

    एसईईको नजिता साझा समस्या हाे, समाधान साझा जिम्मेवारी

    सबैबाट सुझाव साथ र सहयोगको अपेक्षा राखेका छौं

    साझा टि.भी.
    थप
    • बबिना भट्टराईको ‘जय जय शम्भु’ भजन सार्बजानिक (भिडियो सहित)
    • गायक अर्जुन गुरुङ को स्वरमा ‘पिरतीको डोरी ’ सार्बजनिक
    • सुवासको नयाँ एल्वम ‘जुनी फेर्छु म’ सार्वजानिक ( हेर्नुुहोस भिडियोमा)
    • दुर्गेश थापाको देउसी भैलो गीत बजारमा (भिडियो सहित)

    पत्राचार ठेगाना

    फूलचोकी मिडिया प्रा.लि. द्वारा प्रकाशित साझा पत्रिका डट कम का लागी
    पत्राचार ठेगाना: पनौती न.पा. काभ्रेपलाञ्चोक
    सुचना विभाग दर्ता नं.: ४२५१-२०८०/२०८१
    प्रेस काउन्सिल दर्ता नं.: ४२४१-२०८०/२०८१
    ईमेल: [email protected]
    सम्पर्क न: ९८५१२३०७०५

    हाम्रो टीम

    निर्देशक: नारायण प्रसाद सापकोटा
    प्रधान सम्पादक: ……………………..
    सम्पादक: रघुनाथ हुमागाई
    कार्यकारी सम्पादक: सरोज सापकोटा
    विशेष सम्वाददाता: ……………….

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • सम्पादकीय
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८० साझा पत्रिका मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution