• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • धर्म–संस्कृति/रीतिथिति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • मनोरञ्जन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ कार्तिक ७, शुक्रबार
Trending
पनौती शिक्षक रोशी खुला रक्तदान सहयात्रा ट्राफिक प्रहरी प्रदर्शन रेडक्रस
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • अर्थ खबर
  • शिक्षा/स्वास्थ्य
  • बिचार
    • अन्तरवार्ता
    • ब्लग
  • ग्यालरी
    • साझा तस्विर
    • साझा टि.भी.
  • अन्य
    • राजिनिती
    • समाज
    • स्थानीय तह
    • पूर्वाधार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • अध्यात्म
    • साभार
  • Tools
    • Preeti to Unicode Converter
    • Date Converter
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

संज्ञा र अवज्ञा सहित राष्ट्रपति कार्यालयका समूह नै हुमागाई निवासमा

१ साल अघि
२

सापकोटाको तेह्रौ पुण्य तिथिमा श्रध्दाञ्जली सभा

२ साल अघि
३

पनौती राष्ट्रपति रनिङशिल्ड पुनः भालेश्वर माध्यमिक विद्यालयलाई (तस्विरहरु सहित)

२ साल अघि
४

गृहमन्त्री लेखकद्वारा विपतपछिका क्रियाकलापका विषयमा चासो व्यक्त

१ साल अघि
५

दिलकुमारी स्मृति प्रतिष्ठानको सहयोग भक्तेश्वरका विद्यार्थीलाई

२ साल अघि
६

पनौतीमा सप्ताहशुरु, कलशयात्रा अघि नै २१ लाख संकलन(तस्विर सहित)

२ साल अघि
७

सिद्धार्थ वनस्थली इन्स्टिच्युटका विद्यार्थी दीक्षित

२ साल अघि
८

पनौती जंगलमा बेवारिसे शव फेला, पहिचानका लागि सहयोग गर्न प्रहरीको अनुरोध

२ साल अघि
९

गोरखनाथका विद्यार्थीहरुलाई झोला, स्टेसनरीसँगै नगद पुरस्कार

२ साल अघि
१०

तीन तले झरना अवलोकनसँगै पौडीको मज्जा(हेर्नुहोस तस्विरमा )

२ साल अघि
११

अभिभावकीय भूमिकामा रहेर काभ्रे काँग्रेस एक ढिक्का बनाउँछु : हुमागाई

२ साल अघि
१२

उही बाटो र रुखहरू….

२ साल अघि

ताजा अपडेट

१

पनौती साहित्य समाजको शुभकामना आदानप्रदान, कविता वाचन तथा पुरस्कार वितरण कार्यक्रम

१ हफ्ता अघि
२

बाढीपीडितका लागि प्याब्सन पनौतीद्वारा ११ लाख २४ हजार रुपैयाँ सहयोग

१ महिना अघि
३

सूर्यको ‘एक झुल्को घाम’ लोकार्पण

२ महिना अघि
४

शिक्षा र स्वास्थ्यमा लगाइएको ‘समता कर’ लागु नगर्ने प्रधानमन्त्रीको संकेत

३ महिना अघि
५

संघर्षले भरिएको ‘गौँथली’को ट्रेलर सार्वजनिक

३ महिना अघि
६

भरपर्दो साझेदारमार्फत नेपालमा लगानी बढाउन पूर्व एनआरएनए अध्यक्ष आचार्यले गरे आग्रह

३ महिना अघि
७

ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

३ महिना अघि
८

दह लोकार्पित

५ महिना अघि
९

वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

७ महिना अघि
१०

पाँच थान वाटर डिस्पेन्सर र १३ डस्टबिन विद्यालयलाई वितरण

७ महिना अघि
११

महाविर पुनलाई अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ

७ महिना अघि
१२

 विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

८ महिना अघि
होमपेज /  पत्रपत्रिका
  • ४०२ पटक पढिएको
  • वार्षिक परीक्षाको मुखमा राजधानी केन्द्रित आन्दोलनमा शिक्षक कर्मचारी

  • २०८१ फागुन २२, बिहिबार (१ साल अघि)
  • तस्विर ः इन्टरनेटबाट

    सामाजिक सञ्जालमा हामी

    काठमाडौँ-

    एसईईसहित विद्यालय तहको हरेक कक्षाका अन्तिम परीक्षाको मुखमै कक्षाकोठा छाडेर विद्यालय शिक्षक र कर्मचारीहरू आन्दोलित भएका छन्। नेपाल शिक्षक महासंघको अगुवाइमा शिक्षकहरू राजधानी केन्द्रित आन्दोलनमा जुटेका हुन्। माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत ७ गते हुँदैछ भने आधारभूत तहसहित अन्य कक्षाका वार्षिक परीक्षा पनि चैतमै हुनेछ।

    नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले काठमाडौँमा फागुन २४ गते ३६ हजार शिक्षकलाई अनिवार्य उपस्थत हुन सर्कुलर जारी गरेका छन्। उनले जिल्लागत रूपमा संख्या तोकेरै शिक्षक र विद्यालय कर्मचारीलाई काठमाडौँ केन्द्रित आन्दोलनमा सहभागी हुन अपिल गरेका हुन्। सुवेदीले जारी गरेको सर्कुलरअनुसार काठमाडौँ उपत्यकाका सबै विद्यालयका शिक्षक र कर्मचारी आन्दोलनमा सहभागी हुनुपर्नेछ। यसैगरी सर्कुलरमा एउटा जिल्लाबाट बढीमा एक हजार जना र कम्तीमा ५० जनालाई अनिवार्य रूपमा काठमाडौँमा भेला हुन निर्देश गरिएको छ।

    विद्यालय शिक्षा विधेयकलाई संसद्‌बाट तत्काल पारित गर्नुपर्ने र विगतका सहमति कार्यान्वयन गराउन दबाब दिने उद्देश्यले आन्दोलन गर्न लागिएको महासंघले जनाएको छ। अध्यक्ष सुवेदीले शिक्षाको गुणस्तर सुधार गर्दै शिक्षकहरूको हकहित सुनिश्चित गर्ने गरी सरकारलाई दबाब दिन माइतीघरमा बृहत प्रदर्शन गर्न लागिएको बताए। यसका लागि उनले सम्पूर्ण शिक्षक, विद्यार्थी, अभिभावक तथा सरोकारवालालाई ऐक्यबद्धता जनाई सहभागिता जनाउन उनले आह्वान गरेका छन्।

    महासंघकी उपाध्यक्ष नानुमाया पराजुलीले अबको आन्दोलन सरकारलाई घुँडा नटेकाई नरोकिने बताइन्। उनले भनिन्, ‘आन्दोलन पहिलो चरणको अन्तिम कार्यक्रम हुनेछ जसले सरकारलाई घुँडा टेकाउनेछ।’ २०८० असोजमा पनि महासंघकै अगुवाइमा काठमाडौँमा साताव्यापी विरोध प्रदर्शन भएको थियो। त्यसपछि सरकारले महासंघसँग वार्ता गरी सहमति गरेको थियो। शिक्षक नेताहरूका अनुसार ती सहमति अझै कार्यान्वयन भएका छैनन्।

    नेपाल शिक्षक संघ तनहुँका अध्यक्ष रमेशबाबु भट्टराईले शिक्षासम्बन्धी अग्रगामी कानुन ल्याउन दबाब दिने उद्देश्यले सबै शिक्षक-कर्मचारी एकजुट हुनुपर्ने बताए। यस्तै नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले ऐन जारी गराउन आन्दोलन महत्त्वपूर्ण रहेको बताएका छन्। सरकारले समयमै माग सम्बोधन नगरे फागुन २४ पछि थप सशक्त आन्दोलनको योजना बनाइने महासंघका नेताहरूले बताएका छन्।

    नेपाल शिक्षक संघले पनि निर्णायक लडाइँका लागि राजधानीमा जम्मा हुन शिक्षकहरूलाई अपिल गरेको छ। विद्यालय शिक्षा ऐनका लागि संसदीय पद्धतिबमोजिम आवश्यक प्रक्रिया पूरा भइसकेको सन्दर्भमा ऐन ल्याउने कार्यमा विभिन्न कोणबाट षड्यन्त्रको गन्ध आइरहेको दाबी संघको छ।

    साथै संघले प्रधानमन्त्रीबाट प्रकट भएको शिक्षकहरुको मानमर्दन गर्ने, अपमानजनक, अशोभनीय र अलोकतान्त्रिक अभिव्यक्तिले आमनेपाली शिक्षक कर्मचारी समुदायलाई दुःखित र आक्रोशित बनाएको विज्ञप्तिमार्फत जनाएको हो। ‘जिम्मेवार पदमा रहेर गरिएको गैरजिम्मेवार अभिव्यक्तिप्रति दुःख र खेद व्यक्त गर्दछौँ’, संघका महासचिव ज्ञानेन्द्रबहादुर रावलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

    संघले विद्यालय शिक्षा ऐन जारी गराउने कार्यका लागि सम्बन्धित पक्षमा दबाब सिर्जना गर्न महासंघद्वारा घोषित काठमाडौँकेन्द्रित शिक्षक कर्मचारीको प्रदर्शनमा नेपाल शिक्षक संघका सम्पूर्ण संरचना र सदस्यहरुलाई अनिवार्य रुपमा सक्रिय सहभागी हुन अपिल गरेको छ।

    ‘निहुँ खोज्ने होइन, समाधान खोजौं’

    शिक्षाविद् प्रा. डा. विद्यानाथ कोइरालाले शिक्षक आन्दोलनको शैलीमा पुनर्विचार गर्नुपर्ने बताएका छन्। नेपाल शिक्षक महासंघका साथीहरूलाई आफूले पटकपटक सुझाव दिएको बताउँदै उनले भने, ‘निहुँ खोज्ने मात्रै होइन, समाधान खोज्ने रणनीति बनाऔं।’

    उनका अनुसार संविधान, शिक्षा नीति र शिक्षकहरूसँग भएका सम्झौताका आधारमा समस्याको समाधान खोज्न सकिन्छ। ‘हामीले कुन विषय शिक्षा ऐनमा राख्ने, कुन कुरा शिक्षा नियमावलीमा राख्ने र कुन विषय शिक्षक कार्यविधिमा समेट्ने भन्ने स्पष्ट खाका बनाउनुपर्छ,’ उनले सुझाए,‘यो फ्रेम बनाएर राजनीतिक दलका नेताहरूसँग छलफल गरौं, शिक्षक महासंघका सबै घटकबीच सहमति गरौं। त्यसपछि आन्दोलन गर्नैपर्दैन, समाधान आफैँ आउँछ। तर, शिक्षक महासंघका नेताहरूले यो सुन्दैनन्। त्यसैले सडक आन्दोलन नै गर्न चाहन्छन्।’

    उनले अघिल्लो वर्ष असोजमा भएको आन्दोलनको परिणाम सम्झाउँदै यसपटक पनि आन्दोलनले ठोस उपलब्धि दिन नसक्ने बताए। कक्षाकोठा खाली गरेर आन्दोलन गर्न काठमाडौँ आउने क्रममा आगामी एसईई परीक्षामा गम्भीर प्रभाव पर्ने उल्लेख गर्दै उनले शिक्षक आन्दोलन र राजनीतिक दलहरूको सम्बन्धलाई लिएर पनि टिप्पणी गरे। ‘शिक्षकहरू दलसँग टाँसिएका छन्। नेताहरू पनि आन्दोलनलाई सामान्य ठान्छन्। यस्तो स्थितिले समाधान दिन सक्दैन,’ उनले हिमालप्रेससँग भने। शिक्षा क्षेत्रको सुधारका लागि वार्ता र सहमतिको बाटो अपनाउनु नै उत्तम विकल्प भएको उनले दोहोर्‍याए।

    ‘मन्त्री बिरामी हुँदा विधेयक अघि बढेन’

    संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले भने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई बिरामी भएका कारण विधेयक अघि बढाउन नसकेको स्पष्ट पारेको छ। समितिका सभापति अम्मरबहादुर थापाले मन्त्री भट्टराई बिरामी हुँदा समितिमा विधेयकमाथि छलफल हुन नसकेको बताए। उनले भने, ‘मन्त्रीज्यू बिरामी भएकाले समितिमा छलफल अघि बढ्न सकेको छैन’ थापाले विधेयकमा दलहरूबीच सहमति जुट्न नसक्दा प्रक्रिया अगाडि बढाउन सहज नभएको बताए।

    विधेयक पारित गराउन दबाब दिने उद्देश्यले शिक्षकहरू २४ गते काठमाडौँमा आन्दोलन गर्दै छ नि? भन्ने प्रश्नमा सभापति थापाले भने, ‘त्यो त सरकारले जान्ने कुरा हो। हामीले विधेयक छलफल अगाडि बढाउँछौँ भनेकै छौँ। आन्दोलन गरेर केही प्राप्ति हुनेवाला छैन।’ दलीय सहमति जुटेमा विधेयक चाँडै पारित हुने उनले बताए।

    हिमाल प्रेस डटकमबाट

    • #शिक्षक
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    पत्रपत्रिका सम्बन्धि थप

    बाढीपीडितका लागि प्याब्सन पनौतीद्वारा ११ लाख २४ हजार रुपैयाँ सहयोग

    ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

    वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

    पाँच थान वाटर डिस्पेन्सर र १३ डस्टबिन विद्यालयलाई वितरण

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    ताजा समाचार
    १

    पनौती साहित्य समाजको शुभकामना आदानप्रदान, कविता वाचन तथा पुरस्कार वितरण कार्यक्रम

    २

    बाढीपीडितका लागि प्याब्सन पनौतीद्वारा ११ लाख २४ हजार रुपैयाँ सहयोग

    ३

    सूर्यको ‘एक झुल्को घाम’ लोकार्पण

    ४

    शिक्षा र स्वास्थ्यमा लगाइएको ‘समता कर’ लागु नगर्ने प्रधानमन्त्रीको संकेत

    ५

    संघर्षले भरिएको ‘गौँथली’को ट्रेलर सार्वजनिक

    ६

    भरपर्दो साझेदारमार्फत नेपालमा लगानी बढाउन पूर्व एनआरएनए अध्यक्ष आचार्यले गरे आग्रह

    ७

    ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

    ८

    दह लोकार्पित

    ९

    वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

    १०

    पाँच थान वाटर डिस्पेन्सर र १३ डस्टबिन विद्यालयलाई वितरण

    समाचार
    थप

    पनौती साहित्य समाजको शुभकामना आदानप्रदान, कविता वाचन तथा पुरस्कार वितरण कार्यक्रम

    बाढीपीडितका लागि प्याब्सन पनौतीद्वारा ११ लाख २४ हजार रुपैयाँ सहयोग

    भरपर्दो साझेदारमार्फत नेपालमा लगानी बढाउन पूर्व एनआरएनए अध्यक्ष आचार्यले गरे आग्रह

    ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

    सम्पादकीय
    थप

    जेनजीमाथि सहानुभूति, सरकारमाथि उत्पन्न आक्रोश

    समस्या र आवश्यकता केन्द्रित हुन नसकेको बजेट

    वन जंगलमा आगो लगाउनेमाथि कारबाही होस ।

    उद्धार,राहत र पुनस्थापनाले तिब्रता पाओस

    साझा टि.भी.
    थप
    • बबिना भट्टराईको ‘जय जय शम्भु’ भजन सार्बजानिक (भिडियो सहित)
    • गायक अर्जुन गुरुङ को स्वरमा ‘पिरतीको डोरी ’ सार्बजनिक
    • सुवासको नयाँ एल्वम ‘जुनी फेर्छु म’ सार्वजानिक ( हेर्नुुहोस भिडियोमा)
    • दुर्गेश थापाको देउसी भैलो गीत बजारमा (भिडियो सहित)

    पत्राचार ठेगाना

    फूलचोकी मिडिया प्रा.लि. द्वारा प्रकाशित साझा पत्रिका डट कम का लागी
    पत्राचार ठेगाना: पनौती न.पा. काभ्रेपलाञ्चोक
    सुचना विभाग दर्ता नं.: ४२५१-२०८०/२०८१
    प्रेस काउन्सिल दर्ता नं.: ४२४१-२०८०/२०८१
    ईमेल: [email protected]
    सम्पर्क न: ९८५१२३०७०५

    हाम्रो टीम

    निर्देशक: नारायण प्रसाद सापकोटा
    प्रधान सम्पादक: ……………………..
    सम्पादक: रघुनाथ हुमागाई
    कार्यकारी सम्पादक: सरोज सापकोटा
    विशेष सम्वाददाता: ……………….

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • सम्पादकीय
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८० साझा पत्रिका मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution