काठमाडौं । विगतमा भएका सहमति कार्यान्वयन नभएको र शिक्षा ऐन जारी गर्न सरकारबाट आलटाल भएको भन्दै पुनः शिक्षक कर्मचारीले राजधानी केन्द्रित प्रदर्शन शुरु गरेका छन् ।
छिटो विद्यालय शिक्षा ऐन जारी गर्न र ऐनमा शिक्षकका मागका विषयहरु समावेश गर्नका लागि दबाब दिन नेपाल शिक्षक महासंघको नेतृत्वमा प्रदर्शन गरिएको हो ।
शनिबार नयाँ बानेश्वरबाट माइतीघरसम्म गरिएको प्रदर्शनमा देशभरबाट ठूलो संख्यामा शिक्षक कर्मचारीहरु उपस्थित थिए। उनीहरूले प्रदर्शनका क्रममा यसअघि भएका सहमति कार्यान्वयन गर, विद्यालय शिक्षा ऐन जारी गर लगायत नारा लगाइएका थिए ।
महासंघले प्रदर्शनका निम्ति देशभरका शिक्षकहरुलाई दुरीका आधारमा संख्या तोकेर शिक्षकलाई काठमाडौं बोलाएको थियो । फागुन २५ गते महासंघ राष्ट्रिय समितिको बैठक पछि आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने र शिक्षा ऐन पारित नभए सम्म अन्दोलन नरोकिने महासंघले जनाएको छ ।
प्रदर्शनका केही तस्विरहरु ः