काभ्रे
काठमाडौँ महानगरपालिका स्थित तीनकुनेमा शनिवार बिहान भएको सवारी दुर्घटनामा परी पनौतीका सुकराम तामाङको जनाको ज्यान गएको छ ।
बिहान ४ः३० बजे प्र ३–०२–००३ प ६२४५ नम्बरको मोटरसाइकललाई ट्रिपरले ठक्कर दिएको थियो । ठक्कर दिंँदा मोटरसाइकलमा सवार काभ्रे पनौती नगरपालिका वडा नं ११ घर भई ललितपुर धापाखेल बस्ने वर्ष २६ का सुकराम तामाङको मृत्यु प्रहरीले जनाएको छ।
तामाङको ट्रमा सेन्टरमा उपचारका क्रममा बिहान ५ः३० बजे उनको मृत्यु भएको थियो ।
सो दुर्घटनामा मोटरसाइकलमै सवार काभ्रे बेथानचोकका रमेश तामाङ घाइते भएको र उनको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।