• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • धर्म–संस्कृति/रीतिथिति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • मनोरञ्जन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ फागुन २३, शनिबार
Trending
पनौती शिक्षक रोशी सहयात्रा खुला रक्तदान रेडक्रस भुकम्प ट्राफिक प्रहरी
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • अर्थ खबर
  • शिक्षा/स्वास्थ्य
  • बिचार
    • अन्तरवार्ता
    • ब्लग
  • ग्यालरी
    • साझा तस्विर
    • साझा टि.भी.
  • अन्य
    • राजिनिती
    • समाज
    • स्थानीय तह
    • पूर्वाधार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • अध्यात्म
    • साभार
  • Tools
    • Preeti to Unicode Converter
    • Date Converter
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

संज्ञा र अवज्ञा सहित राष्ट्रपति कार्यालयका समूह नै हुमागाई निवासमा

१ साल अघि
२

सापकोटाको तेह्रौ पुण्य तिथिमा श्रध्दाञ्जली सभा

२ साल अघि
३

गृहमन्त्री लेखकद्वारा विपतपछिका क्रियाकलापका विषयमा चासो व्यक्त

१ साल अघि
४

पनौती राष्ट्रपति रनिङशिल्ड पुनः भालेश्वर माध्यमिक विद्यालयलाई (तस्विरहरु सहित)

२ साल अघि
५

दिलकुमारी स्मृति प्रतिष्ठानको सहयोग भक्तेश्वरका विद्यार्थीलाई

१ साल अघि
६

सिद्धार्थ वनस्थली इन्स्टिच्युटका विद्यार्थी दीक्षित

१ साल अघि
७

पनौतीमा सप्ताहशुरु, कलशयात्रा अघि नै २१ लाख संकलन(तस्विर सहित)

२ साल अघि
८

पनौती जंगलमा बेवारिसे शव फेला, पहिचानका लागि सहयोग गर्न प्रहरीको अनुरोध

२ साल अघि
९

तीन तले झरना अवलोकनसँगै पौडीको मज्जा(हेर्नुहोस तस्विरमा )

२ साल अघि
१०

गोरखनाथका विद्यार्थीहरुलाई झोला, स्टेसनरीसँगै नगद पुरस्कार

१ साल अघि
११

उही बाटो र रुखहरू….

१ साल अघि
१२

अभिभावकीय भूमिकामा रहेर काभ्रे काँग्रेस एक ढिक्का बनाउँछु : हुमागाई

१ साल अघि

ताजा अपडेट

१

 विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

२ हफ्ता अघि
२

शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

२ हफ्ता अघि
३

लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

२ हफ्ता अघि
४

श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

१ महिना अघि
५

लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

१ महिना अघि
६

शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

१ महिना अघि
७

शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

२ महिना अघि
८

गोरखनाथका विद्यार्थीलाई हिन्दुजागरण नेपालको न्यानो लुगा

२ महिना अघि
९

उत्कृष्ट बने अनुप

३ महिना अघि
१०

काभ्रे– हेटौडा बस संचालन, स्थानीयलाई सुविधा नेतृत्वलाई दवाव

३ महिना अघि
११

गिम्दी प्रवासी युवा समाजको अगुवाइमा पशुपति मन्दिर पुनर्निर्माण

३ महिना अघि
१२

नेपाली काङ्ग्रेस:पदमा मात्र रुपान्तरण कि सच्चा समर्पण र समाजको अभिन्न भुमिकामा पनि ?

४ महिना अघि
होमपेज /  समाचार
  • ३१५ पटक पढिएको
  • छिमेकी देश भारत सँग निर्भर हुँदा बजारमै छैन मकैको बिउ

  • सरोज सापकोटा
  • २०८२ बैशाख २८, आईतबार (९ महिना अघि)
  • CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

    सामाजिक सञ्जालमा हामी

    बनेपा/ मकै धानपछिको दोश्रो महत्वपूर्ण खाद्यान्न बाली हो । तर मकै रोप्ने समय नजिकिँदै गर्दा बजारमा मकैको बिउको चरम अभाब सुरु भएको छ । काभ्रे जिल्लामा चैतबाट जेठको पहलो हप्ता सम्म मकै रोप्ने चलन छ ।
    काभ्रेमा विशेषगरी सि.पि. ८०८ जातको मकैको बिउ धेरै प्रयोग हुने गरेको छ । बजारमा विगत एक हप्तादेखिनै यो जातको बिउ किसानले पाउन सकेका छैनन् । चैतको सुरुवातसँगै असारे मकै बाली लगाउने बेला भित्रिएको मकैको बिउ सकिएसँगै बजारमा हरेक वर्ष बिउ अभाव हुने गरेको छ । अहिले बजारमा मकैको बिउ खोज्ने किसानको लर्को लाग्ने गरेको छ, तर धेरै प्रयोग हुने र भरपर्दो मकैको बिउ भने बजारमा पाउन मुस्किल छ ।
    नेपालमा उत्पादित हाइब्रिड मकैको बीउ बजारमा नपाउँदा विदेशी बीउको प्रयोग गर्न बाध्य भएका किसान यो बर्ष पनि त्यही रोगले ग्रस्त बनाएको छ । एक किसानले भने समय नजिकिदै गर्दा बिउ बिजन नपाउने कस्तो समस्यामा परियो न कसैलाई चासो छ । न कसैले समाधान गर्न लागि पर्छ । झन् सरकार त उल्टै एकअर्कामा लुछाचुँडीमै ब्यस्त बनेको छ ।
    तथ्यांक अनुसार नेपालमा मकै ९ लाख ५४ हजार क्षेत्रफलमा २५ लाख ५५ हजार मेट्रिक टन उत्पादन हुने गरेको छ साथै उत्पादकत्व २.६७ मेट्रिक टन रहेको छ मकै बालीलाई खाधान्न बालीको रानी भनेर चिनिन्छ । मकै एक बर्षिय बाली हो । जसमा भाले र पोथी फूल अलग अलग ठाउँमा खुल्लारुपमा रहेका हुन्छन् । भाले फूलमा लाखौंको संख्यामा परागकण हुन्छन, जुन सजिलै परागसेचन हुन सक्दछन्, जसको कारणले गर्दा मकैको बीउ उत्पादन प्रविधि अलि भिन्न हुन्छ । तर परम्परागत रुपमा खेति किसानी गदै आएका गाउँघरका किसानहरु आधुनिक बाली तर्फ उन्मुख हुँदा परम्परागत रुपबाट आधुनिकिकरण भएको मकैको बिउ नपाउँदा चिन्तित बनेका हुन् ।
    नेपाली मकैको बिउ बजारमा माग बढेको छ । उत्पादन राम्रो र रोग कीराले नखाने भएर अहिले लाइन बस्दा पनि नेपाली बीउ पाउन नसकिएको किसानहरुको गुनासो रहेको छ । किसानहरुका अनुसार किसानलाई व्यावसायिक बनाउन अर्गानिक उत्पादनमा जोड दिन आवश्यक रहेको छ । स्वदेशी बीउ उत्पादन गरेर बजारीकरण गर्नसके यहाँको हावा पानी सुहाउँदो हुने र उत्पादन बढ्ने किसानहरुको भनाइ छ ।
    नेपाल कृषि अनुसन्धान परिषद्को अनुसार नेपाली हाइब्रिडको प्रभावकारिताका बारेमा जानकारी नहुँदा बिदेशी बिउ बिजन खरिद गर्न किसानहरु बाध्य रहेका छन् । किसानका समूह र स्थानीय निकायसँगको समन्वयमा यसलाई प्रभाबकारितालाई बढाउन आवश्यक रहेको छ ।
    बीउ उत्पादन कार्यक्रमलाई व्यावसायिक गर्नसके विदेशी बीउ आयात रोक्न सकिने परिषद्ले जनाएको छ । तराई–मधेश क्षेत्रमा मकै खेती लगाउने मुख्य समय कात्तिकदेखि पुससम्म हो । तर पहाडी भेगमा त्यसको ठ्याक्कै उल्टो समयमा लगाइन्छ । तराइमा लगाएको मकैको बिउ पहाडमा हावापानी सुहाँदो नहुन सक्छ । तर पनि किसानहरु चोरी चकारी बाट पहाडी क्षेत्रमा भित्रिएको मकैको बिउ लगाउन बाध्य भएका छन् । नेपाल बिउ व्यवसायी संघका अनुसार मकै उत्पादनको केन्द्र दक्षिण भारतमा मकै फल्ने बेलामै हावाहुरी र बर्खाले बोट नष्ट गर्दा उत्पादन घटेको र त्यसको असर अहिले बजारमा देखिएको जनाइएको छ ।

    हाइब्रिड मकै नै किन खोज्छन् किसानले ?

    हाईब्रिड वीउ महंगो भएपनि हाईब्रिडका जातहरु बढी उत्पादन दिने, एकनास बृद्घि हुने, रोग किरा कम लाग्ने र एकनासले एकै पटक पाक्ने भएकाले कृषक माँझ लोकप्रिय हुंदै गएको छ । तथापी नेपालमा हाईब्रिड वीउ उत्पादन आवश्यकता अनुसार हुन सकेको छैन । हालसम्म सिफारिस भएका मकैका हाईब्रिडहरुमा गौरव, रामपुर हाईब्रिड २, रामपुर हाईब्रिड ४, रामपुर हाईब्रिड ६, खुमल हाईब्रिड २ र रामपुर हाईब्रिड ८, रामपुर हाईब्रिड १० हुन् ।
    मकैका हाईब्रिड वीउ आयात विशेषगरी छिमेकी देशहरु भारत र चीनबाट उल्लेख्य मात्रामा (बर्षेनी २५०० मेट्रिक टन) भित्री रहेको छ । नेपालमा राष्ट्रिय मकैवाली अनुसन्धान कार्यक्रमबाट मकैका हाईब्रिड सिफारीस भएसंगै पछिल्ला बर्षहरुमा रामपुरमा हाईब्रिड १० मकैको वीउ उत्पादन शुरु भएको छ । तर बजारीकरणमा समस्या हुँदा समस्या सिर्जना भएको छ ।
    तथापी बाह्य देशबाट आयात हुने मकैको हाईब्रिड प्रतिस्थापन हुन भने केहि बर्ष लाग्ने देखिन्छ । मकैको हाईब्रिड वीउ उत्पादन पेशा फाईदामूलक हुन्छ । देशको प्रमुख आवश्यकता परिपूर्ति गर्ने कार्य पनि हुने सम्भावना देखिन्छ । दुई वा दुई भन्दा बढी भिन्दा भिन्दै जातको क्रस गराएर आएको वीउलाई ज्थदचष्म र वर्णशंकर वीउ भनिन्छ । दुईवटा एबचभलतक क्ष्लदचभम (बाबु आमा) क्रस गराएपछि उत्पादित सन्तान नै हाईब्रिड वीउ हो । सिंगलक्रस, डबल क्रस, थ्रि वे क्रस, टप क्रस, डबल टप क्रस आदि तरिकाबाट बिभिन्न किसीमका हाईब्रिड निकालिन्छ ।
    विउ एक बर्ष मात्र प्रयोग गर्न सकिन्छ र अर्को बर्ष पुनः वीेउ परिवर्तन गर्न र साट्न पर्छ । सामान्यतया सिंगल क्रस हाईब्रिड मकै बिउ उत्पादनका लागि २ वटा मात्र प्यारेन्स इन्ब्यारिड आवश्यक पर्छ । व्यबस्थापन सहज हुने, क्रसिंग ब्लक पनि एक मात्र भए पुग्ने, कम खर्चिलो र कम श्रम लाग्ने तथा बिउ बढी उत्पादन हुने, कृषकले बढी मन पराउने गरेका हुन् ।

    बीउ उत्पादन गर्ने जातहरु मकैको बीउ उत्पादन मुख्यतया नेपालको मध्य पहाडी क्षेत्रमा गर्ने गरिएको छ । केही अगौटे जातहरु तथा रामपुर कम्पोजिटजस्ता जातहरुको बीउ उत्पादन भित्री मधेशमा समेत हुने गरेको छ । नेपालमा कृषकहरुले मन पराएका बीउ उत्पादन गरिने मुख्य फरक हुुँदा र त्यसलाई ब्यबस्थित रुपमा अगाडी बढाउँन नसक्दा मकैको बिउको अभाब सिर्जना भएको हो । नेपालमा उत्पादन हुने मकैको बिभिन्न जातहरुमा रामपुर कम्पोजिट, अरुण ९२, अरुण ९४, अरुण ९६, मनकामना – ३, मनकामना –४, मनकामना –५,मनकामना ९६, देउती, गणेश, खुमल हाइब्रिड,रामपुर हाइब्रिड रहेका छन् । तर यि मकैको बिउ लाई ब्यबस्थित रुपमा बजारीकरण गर्न नसक्दा बिदेशी बिउको भर पर्नुपर्ने हैरानी भएको बताइन्छ ।
    नेपालमा २ दशकदेखि हाईब्रिड मकै खेतीले पूर्वी तथा मध्य तराई र भित्री मधेशमा ब्यापकता पाएको देखिन्छ । प्रायः हिउँद र वसन्त याममा यसको खेती गर्ने गरिएको छ । पछिल्ला वर्षहरुमा बर्षे याममा मध्य पहाडी क्षेत्रमा पनि हाईब्रिड मकै लगाउन सुरु गरिएको छ । अहिले नेपाली बजारमा मकैको बिउको हाहाकार रहेको छ ।
    नेपालमा बिउको अभाव हुँदा किसानले सूचीकृत नभएका जातको बिउ भारतबाट महँगो दर रेटमा किनिरहेका छन् । मकैको बिउ प्रतिकेजी ४ सय ५० देखि १२ सय रुपैयाँसम्म पर्छ । बिउ नपाएपछि धेरै किसानले विकल्पमा गहुँ खेती रोजेका छन् । बहु उपयोगि, यो बाली बाट , बिभिन्न परिकार, तेल, इन्धन, चीनी ,रक्सी आदि बनाउने गरिन्छ । धेरै मानिसहरुले उसिनिएका मकै वा पोलिएका मकै खान मन पराउंछन् । यस किसिमका मकै खायामा स्वास्थ्यका लागि के के फाइदा हुन्छ ।
    मकैमा प्रशस्त्र पोषण तत्व हुन्छ । मकै खाएर मानिसका अनुहारमा हुने चाउरी हटाउन र बुढोपनबाट अलग्ग गराउन सहायक मिल्नुका साथै मुटु , रक्त नली र क्यान्सरको रोग निवारण गर्न पनि सकिन्छ । मकैमा भिटामीन बी , पोटासियम , फसफोरस र फलाम निहित रहेको हुन्छ । ती मध्ये मुटुको क्षमता बढाउने पोटासियमको क्षमता छ । मकैमा भिटामिन यी र सेलेनिअम पनि छ । क्यान्सर निवारण गर्ने सेलेनिअमको क्षमता हुन्छ । यति मात्र हैन मकैको अरु क्षमताहरु पनि छन् । जीवकोषलाई पतन हुने अवस्थाबाट जोगाउन सक्ने तथा रगतभित्रको कोलेस्टरोलको मात्रालाई कम पार्न सक्ने ताजा कलिला मकैको क्षमता रहेको जानकारहरु बताउँछन् । हाम्रो इन्द्रावती साप्ताहिकबाट साभार

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    समाचार सम्बन्धि थप

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

    शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

    ताजा समाचार
    १

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    २

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    ३

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    ४

    श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

    ५

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    ६

    शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

    ७

    शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

    ८

    गोरखनाथका विद्यार्थीलाई हिन्दुजागरण नेपालको न्यानो लुगा

    ९

    उत्कृष्ट बने अनुप

    १०

    काभ्रे– हेटौडा बस संचालन, स्थानीयलाई सुविधा नेतृत्वलाई दवाव

    समाचार
    थप

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    सम्पादकीय
    थप

    जेनजीमाथि सहानुभूति, सरकारमाथि उत्पन्न आक्रोश

    समस्या र आवश्यकता केन्द्रित हुन नसकेको बजेट

    वन जंगलमा आगो लगाउनेमाथि कारबाही होस ।

    उद्धार,राहत र पुनस्थापनाले तिब्रता पाओस

    साझा टि.भी.
    थप
    • बबिना भट्टराईको ‘जय जय शम्भु’ भजन सार्बजानिक (भिडियो सहित)
    • गायक अर्जुन गुरुङ को स्वरमा ‘पिरतीको डोरी ’ सार्बजनिक
    • सुवासको नयाँ एल्वम ‘जुनी फेर्छु म’ सार्वजानिक ( हेर्नुुहोस भिडियोमा)
    • दुर्गेश थापाको देउसी भैलो गीत बजारमा (भिडियो सहित)

    पत्राचार ठेगाना

    फूलचोकी मिडिया प्रा.लि. द्वारा प्रकाशित साझा पत्रिका डट कम का लागी
    पत्राचार ठेगाना: पनौती न.पा. काभ्रेपलाञ्चोक
    सुचना विभाग दर्ता नं.: ४२५१-२०८०/२०८१
    प्रेस काउन्सिल दर्ता नं.: ४२४१-२०८०/२०८१
    ईमेल: [email protected]
    सम्पर्क न: ९८५१२३०७०५

    हाम्रो टीम

    निर्देशक: नारायण प्रसाद सापकोटा
    प्रधान सम्पादक: ……………………..
    सम्पादक: रघुनाथ हुमागाई
    कार्यकारी सम्पादक: सरोज सापकोटा
    विशेष सम्वाददाता: ……………….

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • सम्पादकीय
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८० साझा पत्रिका मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution