बनेपा/ मकै धानपछिको दोश्रो महत्वपूर्ण खाद्यान्न बाली हो । तर मकै रोप्ने समय नजिकिँदै गर्दा बजारमा मकैको बिउको चरम अभाब सुरु भएको छ । काभ्रे जिल्लामा चैतबाट जेठको पहलो हप्ता सम्म मकै रोप्ने चलन छ ।
काभ्रेमा विशेषगरी सि.पि. ८०८ जातको मकैको बिउ धेरै प्रयोग हुने गरेको छ । बजारमा विगत एक हप्तादेखिनै यो जातको बिउ किसानले पाउन सकेका छैनन् । चैतको सुरुवातसँगै असारे मकै बाली लगाउने बेला भित्रिएको मकैको बिउ सकिएसँगै बजारमा हरेक वर्ष बिउ अभाव हुने गरेको छ । अहिले बजारमा मकैको बिउ खोज्ने किसानको लर्को लाग्ने गरेको छ, तर धेरै प्रयोग हुने र भरपर्दो मकैको बिउ भने बजारमा पाउन मुस्किल छ ।
नेपालमा उत्पादित हाइब्रिड मकैको बीउ बजारमा नपाउँदा विदेशी बीउको प्रयोग गर्न बाध्य भएका किसान यो बर्ष पनि त्यही रोगले ग्रस्त बनाएको छ । एक किसानले भने समय नजिकिदै गर्दा बिउ बिजन नपाउने कस्तो समस्यामा परियो न कसैलाई चासो छ । न कसैले समाधान गर्न लागि पर्छ । झन् सरकार त उल्टै एकअर्कामा लुछाचुँडीमै ब्यस्त बनेको छ ।
तथ्यांक अनुसार नेपालमा मकै ९ लाख ५४ हजार क्षेत्रफलमा २५ लाख ५५ हजार मेट्रिक टन उत्पादन हुने गरेको छ साथै उत्पादकत्व २.६७ मेट्रिक टन रहेको छ मकै बालीलाई खाधान्न बालीको रानी भनेर चिनिन्छ । मकै एक बर्षिय बाली हो । जसमा भाले र पोथी फूल अलग अलग ठाउँमा खुल्लारुपमा रहेका हुन्छन् । भाले फूलमा लाखौंको संख्यामा परागकण हुन्छन, जुन सजिलै परागसेचन हुन सक्दछन्, जसको कारणले गर्दा मकैको बीउ उत्पादन प्रविधि अलि भिन्न हुन्छ । तर परम्परागत रुपमा खेति किसानी गदै आएका गाउँघरका किसानहरु आधुनिक बाली तर्फ उन्मुख हुँदा परम्परागत रुपबाट आधुनिकिकरण भएको मकैको बिउ नपाउँदा चिन्तित बनेका हुन् ।
नेपाली मकैको बिउ बजारमा माग बढेको छ । उत्पादन राम्रो र रोग कीराले नखाने भएर अहिले लाइन बस्दा पनि नेपाली बीउ पाउन नसकिएको किसानहरुको गुनासो रहेको छ । किसानहरुका अनुसार किसानलाई व्यावसायिक बनाउन अर्गानिक उत्पादनमा जोड दिन आवश्यक रहेको छ । स्वदेशी बीउ उत्पादन गरेर बजारीकरण गर्नसके यहाँको हावा पानी सुहाउँदो हुने र उत्पादन बढ्ने किसानहरुको भनाइ छ ।
नेपाल कृषि अनुसन्धान परिषद्को अनुसार नेपाली हाइब्रिडको प्रभावकारिताका बारेमा जानकारी नहुँदा बिदेशी बिउ बिजन खरिद गर्न किसानहरु बाध्य रहेका छन् । किसानका समूह र स्थानीय निकायसँगको समन्वयमा यसलाई प्रभाबकारितालाई बढाउन आवश्यक रहेको छ ।
बीउ उत्पादन कार्यक्रमलाई व्यावसायिक गर्नसके विदेशी बीउ आयात रोक्न सकिने परिषद्ले जनाएको छ । तराई–मधेश क्षेत्रमा मकै खेती लगाउने मुख्य समय कात्तिकदेखि पुससम्म हो । तर पहाडी भेगमा त्यसको ठ्याक्कै उल्टो समयमा लगाइन्छ । तराइमा लगाएको मकैको बिउ पहाडमा हावापानी सुहाँदो नहुन सक्छ । तर पनि किसानहरु चोरी चकारी बाट पहाडी क्षेत्रमा भित्रिएको मकैको बिउ लगाउन बाध्य भएका छन् । नेपाल बिउ व्यवसायी संघका अनुसार मकै उत्पादनको केन्द्र दक्षिण भारतमा मकै फल्ने बेलामै हावाहुरी र बर्खाले बोट नष्ट गर्दा उत्पादन घटेको र त्यसको असर अहिले बजारमा देखिएको जनाइएको छ ।
हाइब्रिड मकै नै किन खोज्छन् किसानले ?
हाईब्रिड वीउ महंगो भएपनि हाईब्रिडका जातहरु बढी उत्पादन दिने, एकनास बृद्घि हुने, रोग किरा कम लाग्ने र एकनासले एकै पटक पाक्ने भएकाले कृषक माँझ लोकप्रिय हुंदै गएको छ । तथापी नेपालमा हाईब्रिड वीउ उत्पादन आवश्यकता अनुसार हुन सकेको छैन । हालसम्म सिफारिस भएका मकैका हाईब्रिडहरुमा गौरव, रामपुर हाईब्रिड २, रामपुर हाईब्रिड ४, रामपुर हाईब्रिड ६, खुमल हाईब्रिड २ र रामपुर हाईब्रिड ८, रामपुर हाईब्रिड १० हुन् ।
मकैका हाईब्रिड वीउ आयात विशेषगरी छिमेकी देशहरु भारत र चीनबाट उल्लेख्य मात्रामा (बर्षेनी २५०० मेट्रिक टन) भित्री रहेको छ । नेपालमा राष्ट्रिय मकैवाली अनुसन्धान कार्यक्रमबाट मकैका हाईब्रिड सिफारीस भएसंगै पछिल्ला बर्षहरुमा रामपुरमा हाईब्रिड १० मकैको वीउ उत्पादन शुरु भएको छ । तर बजारीकरणमा समस्या हुँदा समस्या सिर्जना भएको छ ।
तथापी बाह्य देशबाट आयात हुने मकैको हाईब्रिड प्रतिस्थापन हुन भने केहि बर्ष लाग्ने देखिन्छ । मकैको हाईब्रिड वीउ उत्पादन पेशा फाईदामूलक हुन्छ । देशको प्रमुख आवश्यकता परिपूर्ति गर्ने कार्य पनि हुने सम्भावना देखिन्छ । दुई वा दुई भन्दा बढी भिन्दा भिन्दै जातको क्रस गराएर आएको वीउलाई ज्थदचष्म र वर्णशंकर वीउ भनिन्छ । दुईवटा एबचभलतक क्ष्लदचभम (बाबु आमा) क्रस गराएपछि उत्पादित सन्तान नै हाईब्रिड वीउ हो । सिंगलक्रस, डबल क्रस, थ्रि वे क्रस, टप क्रस, डबल टप क्रस आदि तरिकाबाट बिभिन्न किसीमका हाईब्रिड निकालिन्छ ।
विउ एक बर्ष मात्र प्रयोग गर्न सकिन्छ र अर्को बर्ष पुनः वीेउ परिवर्तन गर्न र साट्न पर्छ । सामान्यतया सिंगल क्रस हाईब्रिड मकै बिउ उत्पादनका लागि २ वटा मात्र प्यारेन्स इन्ब्यारिड आवश्यक पर्छ । व्यबस्थापन सहज हुने, क्रसिंग ब्लक पनि एक मात्र भए पुग्ने, कम खर्चिलो र कम श्रम लाग्ने तथा बिउ बढी उत्पादन हुने, कृषकले बढी मन पराउने गरेका हुन् ।
बीउ उत्पादन गर्ने जातहरु मकैको बीउ उत्पादन मुख्यतया नेपालको मध्य पहाडी क्षेत्रमा गर्ने गरिएको छ । केही अगौटे जातहरु तथा रामपुर कम्पोजिटजस्ता जातहरुको बीउ उत्पादन भित्री मधेशमा समेत हुने गरेको छ । नेपालमा कृषकहरुले मन पराएका बीउ उत्पादन गरिने मुख्य फरक हुुँदा र त्यसलाई ब्यबस्थित रुपमा अगाडी बढाउँन नसक्दा मकैको बिउको अभाब सिर्जना भएको हो । नेपालमा उत्पादन हुने मकैको बिभिन्न जातहरुमा रामपुर कम्पोजिट, अरुण ९२, अरुण ९४, अरुण ९६, मनकामना – ३, मनकामना –४, मनकामना –५,मनकामना ९६, देउती, गणेश, खुमल हाइब्रिड,रामपुर हाइब्रिड रहेका छन् । तर यि मकैको बिउ लाई ब्यबस्थित रुपमा बजारीकरण गर्न नसक्दा बिदेशी बिउको भर पर्नुपर्ने हैरानी भएको बताइन्छ ।
नेपालमा २ दशकदेखि हाईब्रिड मकै खेतीले पूर्वी तथा मध्य तराई र भित्री मधेशमा ब्यापकता पाएको देखिन्छ । प्रायः हिउँद र वसन्त याममा यसको खेती गर्ने गरिएको छ । पछिल्ला वर्षहरुमा बर्षे याममा मध्य पहाडी क्षेत्रमा पनि हाईब्रिड मकै लगाउन सुरु गरिएको छ । अहिले नेपाली बजारमा मकैको बिउको हाहाकार रहेको छ ।
नेपालमा बिउको अभाव हुँदा किसानले सूचीकृत नभएका जातको बिउ भारतबाट महँगो दर रेटमा किनिरहेका छन् । मकैको बिउ प्रतिकेजी ४ सय ५० देखि १२ सय रुपैयाँसम्म पर्छ । बिउ नपाएपछि धेरै किसानले विकल्पमा गहुँ खेती रोजेका छन् । बहु उपयोगि, यो बाली बाट , बिभिन्न परिकार, तेल, इन्धन, चीनी ,रक्सी आदि बनाउने गरिन्छ । धेरै मानिसहरुले उसिनिएका मकै वा पोलिएका मकै खान मन पराउंछन् । यस किसिमका मकै खायामा स्वास्थ्यका लागि के के फाइदा हुन्छ ।
मकैमा प्रशस्त्र पोषण तत्व हुन्छ । मकै खाएर मानिसका अनुहारमा हुने चाउरी हटाउन र बुढोपनबाट अलग्ग गराउन सहायक मिल्नुका साथै मुटु , रक्त नली र क्यान्सरको रोग निवारण गर्न पनि सकिन्छ । मकैमा भिटामीन बी , पोटासियम , फसफोरस र फलाम निहित रहेको हुन्छ । ती मध्ये मुटुको क्षमता बढाउने पोटासियमको क्षमता छ । मकैमा भिटामिन यी र सेलेनिअम पनि छ । क्यान्सर निवारण गर्ने सेलेनिअमको क्षमता हुन्छ । यति मात्र हैन मकैको अरु क्षमताहरु पनि छन् । जीवकोषलाई पतन हुने अवस्थाबाट जोगाउन सक्ने तथा रगतभित्रको कोलेस्टरोलको मात्रालाई कम पार्न सक्ने ताजा कलिला मकैको क्षमता रहेको जानकारहरु बताउँछन् । हाम्रो इन्द्रावती साप्ताहिकबाट साभार