पनौती
समुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पनौती–४, काभ्रेपलाञ्चोकका कर्मचारीहरुबाट अपचलन भएको भनिएको रकम व्याज सहित असुल भएको संस्थाले जनाएको छ ।
कर्मचारीहरु सेवा केन्द्र प्रमुख विकास खड्का, ऋण साहायक सुवास सापकोटा र ऋण सहायक सुन्दर घिमिरेले संस्थाको नीति, नियम र कानुन उलंघन गरी रकम हिनामिना गरेको भन्दै संस्थाले हिनामिना भएको रकमको व्याज सहित असुल गरिएको विज्ञप्ति मार्फत जनाएको हो ।
संस्थाको बैठकको निर्णयले जेष्ठ १० गते देखि लागु हुने गरी तीनै जना कर्मचारीहरुलाई बर्खास्त गरी कनुनी कारबाहीको लागि लेखि पठाएको जानकारी सहित संस्थाका अध्यक्ष मुकुन्द शर्माले विज्ञप्ति जारी गरेका हुन् ।
शेयर सदस्यहरुको बचत रकम पूर्ण रुपमा सुरक्षित रहेको भन्दै विचलित नहुन समेत संस्थाको तर्फबाट विज्ञप्ति मार्फत आग्रह गरिएको छ ।
