बनेपा
काठमाडौंलाई पूर्वी नेपालसँग जोड्ने एक मात्र वैकल्पिक र अत्यन्त महत्वपूर्ण सडकमार्ग बिपी राजमार्ग अहिले भत्किएको, बगाएको र रोकिएको अवस्थाबाट गुज्रिरहेको छ । बर्खा लागेसँगै काभ्रेपलाञ्चोकको रोशी खोलामा आएको बाढीले राजमार्गका धेरै खण्ड क्षतिग्रस्त बनाइदिएको छ।
देशकै उत्कृष्ट मानिएको यो राजमार्ग जापान सरकारको आर्थिक तथा प्राविधिक सहयोगमो धुलिखेल–सिन्धुली–बर्दिबास १ सय ६० किलोमिटर लामो सडक बनेको हो । करिब २६ अर्ब जापानी येन बराबरको लागतमा १८ वर्षमा निर्माण सम्पन्न भएको यो मार्गले पूर्र्वी नेपाल र तराईलाई राजधानीसँग सिधा जोड्दै आएको छ। निर्माणले पुरानो बाध्यता—पूर्वपश्चिम राजमार्ग हुँदै नारायणघाट–मुग्लिन–काठमाडौं घुम्नुपर्ने झन्झट हटाइदिएको थियो।
तर, भूकम्पले भत्काएको यो मार्गलाई बाढीले झनै पुरानै अवस्था फर्काइदिएको छ। पुल नबनेका खोलाहरू—भ्याकुरे, घ्याम्पे र रोशी—बारम्बार समस्या बनिरहेका छन्। राज्यले पहिले नै ठेक्का लगाएको भए पनि निर्माण कम्पनीको लापरबाहीले यी खोलामा वर्षौंदेखि पक्की पुल बन्न सकेका छैनन्। वर्षा याममा यी खोलाबाट आउने खहरे र बाढीले बाटो हरेक दिन बन्द हुने अवस्था निम्तिएको छ।
पूर्वी नेपाललाई काठमाण्डौं उपत्यकासँग जोड्ने मुख्य राजमार्गनै बिपी राजमार्ग हो । यो राजमार्ग निर्माण भएसँगै पूर्वी भेगबाट पूर्व–पश्चिम राजमार्ग नारायणघाटबाट मुग्लिन हुँदै काडमाण्डौं आउनुपर्ने बाध्यता हटेको थियो । बीपी राजमार्गमा काभ्रेपलाञ्चोक जिल्लाको भ्याकुरेखोला, घ्याम्पेखोला पक्की पुल नहुँदा वर्षा याममा यातायात अबरुद्ध हुँदै आएकोमा ति स्थानहरूमा पनि सडक पूर्ण रुपमा क्षती भएको छ । यी खोलामाथिबाट आउने खहरे र बाढीका कारण वर्षा याममा हरेकदिन जसो राजमार्ग अबरुद्ध हुँदै आएको थियो । ‘यी खोलाहरूमा पक्की पुल निर्माणका लागि राज्यले यस अघिनै ठेक्का लगाई सकेको भएपनि निर्माण कम्पनीको लापरबाहीका कारण बर्षौ देखि पुल निर्माण हुन सकेका छैनन् ।
अहिले बनेपा–पूर्वी नाका हुँदै राजधानी छिर्ने मुख्य मार्ग रोशी खोलाको बाढीले बगाएको छ । सिन्धुलीको नेपालथोकदेखि काभ्रेको भकुण्डेबेंसीसम्मको ३० किलोमिटर सडकमा बाढीले नराम्रो क्षति पुर्याएको छ। विशेष गरी नेपालथोक–आँपटार, कालढुंगा, डालाबेंसी, चिउरीवास, एक नम्बर पुल लगायतका ठाउँमा सयौं मिटर सडक बगाइसकेको छ।
स्थानीयहरूका अनुसार सानो खोलाले पनि डाइभर्सन बगाइरहेको छ भने असार साउनमा अझ ठूलो क्षति पुग्ने सम्भावना बलियो छ। काभ्रेको नार्के बजार, चौकीडाँडा, दाउन्ने, माम्ती खोला र बेंसीका सडक खण्ड पूर्ण रूपमा बगाएका छन्। अस्थायी ट्र्याक खोलिएको भए पनि बनेपा र पनौती क्षेत्रमा भएको हालको बर्षाले फेरि डाइभर्सन बगाएको छ ।
यो मार्गको स्थायी पुनर्निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाइए पनि बर्खाको कारण काम अघि बढ्न सकेको छैन । अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गर्दै साढे आठ अर्ब रुपैयाँको सहमति दिएको थियो। सडक विभागले तयारी पनि गरेको छ, तर वर्षातले काम सुरु गर्न मुस्किल बनाइरहेको छ।
सडक विभागको अध्ययन अनुसार करिब ३० किलोमिटरको पुनर्निर्माणमा मात्रै १० अर्ब रुपैयाँ लाग्नेछ । त्यसमा पनि करिब ८ किलोमिटर सडक त पूरै कटान भएको छ—जहाँ नयाँ ट्र्याक बनाउनुपर्नेछ। भौगोलिक जटिलता र बारम्बारको बाढीले काम झनै चुनौतीपूर्ण बनेको छ।
डिपिआर तयार पारिएको छ, स्रोत पनि सुनिश्चित छ, तर कामभन्दा चर्चा बढी भइरहेको देखिन्छ। यति महत्वपूर्ण राजमार्ग, जसले देशको पूर्वी भागलाई सिधा राजधानीसँग जोड्छ, अहिले प्राकृतिक प्रकोप र मानव निर्मित लापरबाहीको दोब्बर मारमा छ ।
राजमार्गको स्थायीत्व र सुरक्षाको सुनिश्चितता राज्यको दायित्व हो। समयमै ठोस कदम चालिएन भने बीपी राजमार्ग केवल एक असफल उदाहरणको रूपमा रहन विकास हुन सक्ने जानकारहरु बताउन थालेका छन् ।