• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • धर्म–संस्कृति/रीतिथिति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • मनोरञ्जन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ फागुन २३, शनिबार
Trending
पनौती शिक्षक रोशी सहयात्रा खुला रक्तदान रेडक्रस भुकम्प ट्राफिक प्रहरी
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • अर्थ खबर
  • शिक्षा/स्वास्थ्य
  • बिचार
    • अन्तरवार्ता
    • ब्लग
  • ग्यालरी
    • साझा तस्विर
    • साझा टि.भी.
  • अन्य
    • राजिनिती
    • समाज
    • स्थानीय तह
    • पूर्वाधार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • अध्यात्म
    • साभार
  • Tools
    • Preeti to Unicode Converter
    • Date Converter
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

संज्ञा र अवज्ञा सहित राष्ट्रपति कार्यालयका समूह नै हुमागाई निवासमा

१ साल अघि
२

सापकोटाको तेह्रौ पुण्य तिथिमा श्रध्दाञ्जली सभा

२ साल अघि
३

गृहमन्त्री लेखकद्वारा विपतपछिका क्रियाकलापका विषयमा चासो व्यक्त

१ साल अघि
४

पनौती राष्ट्रपति रनिङशिल्ड पुनः भालेश्वर माध्यमिक विद्यालयलाई (तस्विरहरु सहित)

२ साल अघि
५

दिलकुमारी स्मृति प्रतिष्ठानको सहयोग भक्तेश्वरका विद्यार्थीलाई

१ साल अघि
६

सिद्धार्थ वनस्थली इन्स्टिच्युटका विद्यार्थी दीक्षित

१ साल अघि
७

पनौतीमा सप्ताहशुरु, कलशयात्रा अघि नै २१ लाख संकलन(तस्विर सहित)

२ साल अघि
८

पनौती जंगलमा बेवारिसे शव फेला, पहिचानका लागि सहयोग गर्न प्रहरीको अनुरोध

२ साल अघि
९

तीन तले झरना अवलोकनसँगै पौडीको मज्जा(हेर्नुहोस तस्विरमा )

२ साल अघि
१०

गोरखनाथका विद्यार्थीहरुलाई झोला, स्टेसनरीसँगै नगद पुरस्कार

१ साल अघि
११

उही बाटो र रुखहरू….

१ साल अघि
१२

अभिभावकीय भूमिकामा रहेर काभ्रे काँग्रेस एक ढिक्का बनाउँछु : हुमागाई

१ साल अघि

ताजा अपडेट

१

 विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

२ हफ्ता अघि
२

शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

२ हफ्ता अघि
३

लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

२ हफ्ता अघि
४

श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

१ महिना अघि
५

लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

१ महिना अघि
६

शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

१ महिना अघि
७

शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

२ महिना अघि
८

गोरखनाथका विद्यार्थीलाई हिन्दुजागरण नेपालको न्यानो लुगा

२ महिना अघि
९

उत्कृष्ट बने अनुप

३ महिना अघि
१०

काभ्रे– हेटौडा बस संचालन, स्थानीयलाई सुविधा नेतृत्वलाई दवाव

३ महिना अघि
११

गिम्दी प्रवासी युवा समाजको अगुवाइमा पशुपति मन्दिर पुनर्निर्माण

३ महिना अघि
१२

नेपाली काङ्ग्रेस:पदमा मात्र रुपान्तरण कि सच्चा समर्पण र समाजको अभिन्न भुमिकामा पनि ?

४ महिना अघि
होमपेज /  Breaking News
  • २३४ पटक पढिएको
  • भूकम्प, बाढी र लापरबाहीको मारमा बिपी राजमार्ग

  • सरोज सापकोटा
  • २०८२ जेष्ठ १२, सोमबार (९ महिना अघि)
  • तस्विरः इन्टरनेटबाट

    सामाजिक सञ्जालमा हामी

    बनेपा

    काठमाडौंलाई पूर्वी नेपालसँग जोड्ने एक मात्र वैकल्पिक र अत्यन्त महत्वपूर्ण सडकमार्ग बिपी राजमार्ग अहिले भत्किएको, बगाएको र रोकिएको अवस्थाबाट गुज्रिरहेको छ । बर्खा लागेसँगै काभ्रेपलाञ्चोकको रोशी खोलामा आएको बाढीले राजमार्गका धेरै खण्ड क्षतिग्रस्त बनाइदिएको छ।

    देशकै उत्कृष्ट मानिएको यो राजमार्ग जापान सरकारको आर्थिक तथा प्राविधिक सहयोगमो धुलिखेल–सिन्धुली–बर्दिबास १ सय ६० किलोमिटर लामो सडक बनेको हो । करिब २६ अर्ब जापानी येन बराबरको लागतमा १८ वर्षमा निर्माण सम्पन्न भएको यो मार्गले पूर्र्वी नेपाल र तराईलाई राजधानीसँग सिधा जोड्दै आएको छ। निर्माणले पुरानो बाध्यता—पूर्वपश्चिम राजमार्ग हुँदै नारायणघाट–मुग्लिन–काठमाडौं घुम्नुपर्ने झन्झट हटाइदिएको थियो।

    तर, भूकम्पले भत्काएको यो मार्गलाई बाढीले झनै पुरानै अवस्था फर्काइदिएको छ। पुल नबनेका खोलाहरू—भ्याकुरे, घ्याम्पे र रोशी—बारम्बार समस्या बनिरहेका छन्। राज्यले पहिले नै ठेक्का लगाएको भए पनि निर्माण कम्पनीको लापरबाहीले यी खोलामा वर्षौंदेखि पक्की पुल बन्न सकेका छैनन्। वर्षा याममा यी खोलाबाट आउने खहरे र बाढीले बाटो हरेक दिन बन्द हुने अवस्था निम्तिएको छ।

    पूर्वी नेपाललाई काठमाण्डौं उपत्यकासँग जोड्ने मुख्य राजमार्गनै बिपी राजमार्ग हो । यो राजमार्ग निर्माण भएसँगै पूर्वी भेगबाट पूर्व–पश्चिम राजमार्ग नारायणघाटबाट मुग्लिन हुँदै काडमाण्डौं आउनुपर्ने बाध्यता हटेको थियो । बीपी राजमार्गमा काभ्रेपलाञ्चोक जिल्लाको भ्याकुरेखोला, घ्याम्पेखोला पक्की पुल नहुँदा वर्षा याममा यातायात अबरुद्ध हुँदै आएकोमा ति स्थानहरूमा पनि सडक पूर्ण रुपमा क्षती भएको छ । यी खोलामाथिबाट आउने खहरे र बाढीका कारण वर्षा याममा हरेकदिन जसो राजमार्ग अबरुद्ध हुँदै आएको थियो । ‘यी खोलाहरूमा पक्की पुल निर्माणका लागि राज्यले यस अघिनै ठेक्का लगाई सकेको भएपनि निर्माण कम्पनीको लापरबाहीका कारण बर्षौ देखि पुल निर्माण हुन सकेका छैनन् ।

    अहिले बनेपा–पूर्वी नाका हुँदै राजधानी छिर्ने मुख्य मार्ग रोशी खोलाको बाढीले बगाएको छ । सिन्धुलीको नेपालथोकदेखि काभ्रेको भकुण्डेबेंसीसम्मको ३० किलोमिटर सडकमा बाढीले नराम्रो क्षति पुर्याएको छ। विशेष गरी नेपालथोक–आँपटार, कालढुंगा, डालाबेंसी, चिउरीवास, एक नम्बर पुल लगायतका ठाउँमा सयौं मिटर सडक बगाइसकेको छ।

    स्थानीयहरूका अनुसार सानो खोलाले पनि डाइभर्सन बगाइरहेको छ भने असार साउनमा अझ ठूलो क्षति पुग्ने सम्भावना बलियो छ। काभ्रेको नार्के बजार, चौकीडाँडा, दाउन्ने, माम्ती खोला र बेंसीका सडक खण्ड पूर्ण रूपमा बगाएका छन्। अस्थायी ट्र्याक खोलिएको भए पनि बनेपा र पनौती क्षेत्रमा भएको हालको बर्षाले फेरि डाइभर्सन बगाएको छ ।

    यो मार्गको स्थायी पुनर्निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाइए पनि बर्खाको कारण काम अघि बढ्न सकेको छैन । अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गर्दै साढे आठ अर्ब रुपैयाँको सहमति दिएको थियो। सडक विभागले तयारी पनि गरेको छ, तर वर्षातले काम सुरु गर्न मुस्किल बनाइरहेको छ।

    सडक विभागको अध्ययन अनुसार करिब ३० किलोमिटरको पुनर्निर्माणमा मात्रै १० अर्ब रुपैयाँ लाग्नेछ । त्यसमा पनि करिब ८ किलोमिटर सडक त पूरै कटान भएको छ—जहाँ नयाँ ट्र्याक बनाउनुपर्नेछ। भौगोलिक जटिलता र बारम्बारको बाढीले काम झनै चुनौतीपूर्ण बनेको छ।

    डिपिआर तयार पारिएको छ, स्रोत पनि सुनिश्चित छ, तर कामभन्दा चर्चा बढी भइरहेको देखिन्छ। यति महत्वपूर्ण राजमार्ग, जसले देशको पूर्वी भागलाई सिधा राजधानीसँग जोड्छ, अहिले प्राकृतिक प्रकोप र मानव निर्मित लापरबाहीको दोब्बर मारमा छ ।
    राजमार्गको स्थायीत्व र सुरक्षाको सुनिश्चितता राज्यको दायित्व हो। समयमै ठोस कदम चालिएन भने बीपी राजमार्ग केवल एक असफल उदाहरणको रूपमा रहन विकास हुन सक्ने जानकारहरु बताउन थालेका छन् ।

    • #बिपी राजमार्ग
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    Breaking News सम्बन्धि थप

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

    शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

    ताजा समाचार
    १

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    २

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    ३

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    ४

    श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

    ५

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    ६

    शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

    ७

    शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

    ८

    गोरखनाथका विद्यार्थीलाई हिन्दुजागरण नेपालको न्यानो लुगा

    ९

    उत्कृष्ट बने अनुप

    १०

    काभ्रे– हेटौडा बस संचालन, स्थानीयलाई सुविधा नेतृत्वलाई दवाव

    समाचार
    थप

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    सम्पादकीय
    थप

    जेनजीमाथि सहानुभूति, सरकारमाथि उत्पन्न आक्रोश

    समस्या र आवश्यकता केन्द्रित हुन नसकेको बजेट

    वन जंगलमा आगो लगाउनेमाथि कारबाही होस ।

    उद्धार,राहत र पुनस्थापनाले तिब्रता पाओस

    साझा टि.भी.
    थप
    • बबिना भट्टराईको ‘जय जय शम्भु’ भजन सार्बजानिक (भिडियो सहित)
    • गायक अर्जुन गुरुङ को स्वरमा ‘पिरतीको डोरी ’ सार्बजनिक
    • सुवासको नयाँ एल्वम ‘जुनी फेर्छु म’ सार्वजानिक ( हेर्नुुहोस भिडियोमा)
    • दुर्गेश थापाको देउसी भैलो गीत बजारमा (भिडियो सहित)

    पत्राचार ठेगाना

    फूलचोकी मिडिया प्रा.लि. द्वारा प्रकाशित साझा पत्रिका डट कम का लागी
    पत्राचार ठेगाना: पनौती न.पा. काभ्रेपलाञ्चोक
    सुचना विभाग दर्ता नं.: ४२५१-२०८०/२०८१
    प्रेस काउन्सिल दर्ता नं.: ४२४१-२०८०/२०८१
    ईमेल: [email protected]
    सम्पर्क न: ९८५१२३०७०५

    हाम्रो टीम

    निर्देशक: नारायण प्रसाद सापकोटा
    प्रधान सम्पादक: ……………………..
    सम्पादक: रघुनाथ हुमागाई
    कार्यकारी सम्पादक: सरोज सापकोटा
    विशेष सम्वाददाता: ……………….

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • सम्पादकीय
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८० साझा पत्रिका मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution