पनाैती
तेजेश्वरबाबु ग्वंग आफ्नो क्षेत्रका विख्यात व्यक्ति हुन् । उनले शिक्षा, साहित्य र संस्कृतिको उत्थानका लागि उल्लेखनीय भूमिका खेलेका छन् । त्यसो त उनको योगदान कलामा पनि कम छैन ।
माता शारदादेवी मल्ल ग्वंग र पिता निरञ्जनलाल ग्वंगका सुपुत्रको रुपमा वि.सं. १९९२ कार्तिक कृष्ण द्वादशीका दिन खौमा, भक्तपुरमा जन्मेका उनले नेपाली भाषा, नेपालभाषा र अंगे्रजी भाषामा साहित्य सिर्जना गर्दै समाजलाई चेतना प्रवाह गर्दै आएका छन् ।
आफ्नो मातृभाषा नेपाल भाषाका अतिरिक्त नेपाली र अंग्रेजीमा समेत राम्रो लेखन कला भएका उनले तीनओटै भाषामा साहित्य सिर्जना गर्दै आएका छन् । प्रारम्भमा नेपालभाषामा कलम चलाएका ग्वंगले आफ्ना गरु महाकवि लक्ष्मीप्रसाद देवकाोटाबाट नेपाली निबन्ध लेखनमा विशेष प्रोत्साहन पाएको सम्झना अझै उनको मनमस्टिष्कमा ताजै छ । यस्ता मूर्धन्य व्यक्तिको बारेमा अक्षरमार्गले विशेष अङ्क प्रकाशन गरेको छ । सो अङ्कको लोकार्पण वरिष्ठ साहित्यकार डा गोविन्दराज भट्टराई, पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारी र संस्कृतिविद तेजेश्वरबाबु ज्वङगले हालै गर्नुभएको छ ।
उनले संस्कृतिया पलं (निबन्धसब्ग्रह ने.सं १११०) प्रकाशन गरे । नेपालीमा उनका संस्कृतिका आयाम (निबन्धसब्ग्रह २०५२), अवकाशपछिको आकाश (निबन्धसब्ग्रह २०६७), चराको गुँडझैँ जन्मस्थल–मेरो भक्तपुर (कवितासब्ग्रह २०७३), औकातभरिको सौगात (निबन्धसब्ग्रह २०७३), रब्ग भिज्ञान (निबन्धसब्ग्रह २०७४), मै एक मै अनेक ( २०८१) जस्ता कृतिका सर्जक ज्वंगको विशेष अङ्कमा प्राडा पुरुषोत्तम लोचन श्रेष्ठ, रामसुन्दर देउजा , तुलसीहरि कोइराला , अगिब बनेपाली, डा. गोविन्दराज भट्टराई, डा. अभि सवु ेदी, अभय श्रेष्ठ, प्रा.डा.कुमार कोइराला, डा.हरिप्रसाद सिलवाल, तिलक प्रकाश , गोपीकृष्ण ढुंगाना, जितेन्द्र रसिक, मोहन दुवाल, लक्ष्मणप्रसाद गौतम, जयदेव भट्टराइर्, रीबाबु कार्की, रा.डा. सुमनराज ताम्राकार, सूर्यप्रसाद लाकोजू लगायतका रचना रहेका छन । अक्षरमार्गले विगत एक दशकदेखि भाषा, साहित्य, कला, संस्कृतिको विकास र विस्तारका लागि उल्लेखनीय योगदान दिँदै आएका साहित्यकारहरूको विशेष अङ्क एवम् पुस्तक प्रकाशित गर्दै आएको छ ।
यो पटक साहित्य, कला र संस्कृतिका कर्मयोगी साधक तेजेश्वरबाबु ज्वंगको विशेष अङ्क प्रकाशन गरेको हो ।