काठमाडौं / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय महिलालाई ११ सय ६० ग्राम सुनसहित प्रहरीले नियन्त्रणमा लिएको छ । मङ्गलवार राति अवतरण भएको एयर अरेबियाको उडानमा दुबईबाट आएकी भारती नागरिक मिना सुर्जित सिंह खेमानी सुन सहित पक्राउ परेकी हुन् । ५३ वर्षीया खेमानीले मलद्वारमा सुन लुकाएकी थिइन् ।
विमानस्थल सुरक्षा प्रहरी प्रमुख एसएसपी सेमेन्द्रसिंह राठौरका अनुसार प्रहरीले उनको मलद्वारमा सुन रहेको आशंका गर्दा उनले अस्वीकार गरेकी थिइन् । तर, पटक पटकको प्राविधिक जाँचपछि सुन पहिचान भएको उनले बताए । मलद्वारभित्र कालो पलास्टिकमा बेरेको अवस्थामा तीन डल्ला पोकामा सुन फेला परेको हो ।