काभ्रेपलाञ्चाेक/ बनेपा नगरपालिकाको १६ औँ नगरसभा नगरपालिकाको सभा हलमा सुरु भएको छ। सभामा नगर प्रमुख शान्तिरत्न शाक्यले आगामी आर्थिक वर्षका लागि प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

आगामी आर्थिक वर्ष २०८२८३ का लागि प्रस्तावित नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, रोजगार, खानेपानी, फोहोर महिला व्यवस्थापन लाई प्राथमिकता दिइएको छ। सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख शाक्यले आगामी आर्थिक वर्षबाट विद्युतीय प्रणालीलाई भूमिगत गर्ने कार्यको थालनी गर्ने बताएका छन्। साथै सडकपतिहरूको व्यवस्थित जडान गर्ने र सार्वजनिक स्थलहरूमा सौर्य ऊर्जा प्रयोग गरीने नीति तथा कार्यक्रममा उल्लेख छ ।
अधिवेशनमा नीति तथा कार्यक्रम पारित भएपछि उपप्रमुख बिमला सापकाेटा दाहालले विनियाेजन विधयेक प्रस्तुत गर्ने कार्यतालिका रहेकाे छ ।
