काठमाडौँ/ आज शुक्रबारदेखि मनसुन देशभरी फैलिएकाे छ । २३ दिन अघि नेपालकाे पूर्वी क्षेत्रबाट प्रवेश गरेकाे मनसुन २३ औं दिनमा देशभर फैलिएको मौसमविदले जनाएका छन्। यसअघि मध्य क्षेत्र हुँदै पश्चिमका गण्डकी र लुम्बिनीसम्म मनसुन फैलिएको थियो। आज मनसुन देशभर फैलिएको जल तथा मौसम विज्ञान विभागले बुलेटिनमार्फत जानकारी दिएको छ।
नेपालमा यश वर्ष अन्य वर्षहरुमा भन्दा १५ दिन अगाडि नै मनसुन भित्रिएको थियो। नेपालमा सामान्यतया जून १३ तारिखमा भित्रिने र एक हप्ताभित्र देशभर विस्तार हुने गरेकोमा यस पटक विस्तार हुन ढिला भएको हो । नेपालमा असोज मध्यसम्म मनसुन सक्रिय हुने गर्छ।
