नारायण सापकोटा
बनेपा
शिक्षा र परामर्श सेवामा समर्पित एक प्रेरणादायी नाम बनेका छन् रोहित दंगाल। Success Educational Consultancy and Job Solution Pvt. Ltd. का संस्थापक तथा प्रमुख दंगाल लामो समयदेखि नेपाली युवाहरूलाई अन्तर्राष्ट्रिय स्तरको शिक्षामा पहुँच दिलाउने अभियानमा क्रियाशील छन्।
सामान्य परिवारमा जन्मिएर बाल्यकालमै आमाबुबा गुमाएका रोहितको जीवन संघर्षपूर्ण रह्यो। तर, उनले जीवनका चुनौतीहरूलाई अवसरमा रूपान्तरण गर्दै आज आफूलाई सफल उद्यमी र समाजसेवीको रूपमा स्थापित गरेका छन्।
हाल अस्ट्रेलियाको भ्रमणमा रहेका दंगालले त्यहाँका विभिन्न प्रतिष्ठित कलेज तथा विश्वविद्यालयहरूसँग सहकार्य विस्तार गरिरहेका छन्। विद्यार्थीलाई गुणस्तरीय शिक्षामा पहुँच गराउनु उनकाे प्रमुख उद्देश्य हो। उनले अस्ट्रेलियास्थित शैक्षिक संस्थाहरूसँग छात्रवृत्ति, भर्ना प्रक्रिया र विद्यार्थी हितका विषयमा गहन छलफल गरिरहेका छन्।

रोहितको भूमिका केवल शैक्षिक परामर्शदातासम्म सीमित छैन। उनले अस्ट्रेलिया पुगेका विद्यार्थीहरूलाई सुरुवाती बसोबास, कामको अवसर खोजी, र मनोपरामर्श लगायत व्यक्तिगत सहयोग पनि प्रदान गर्दै आएका छन्।
“विद्यार्थीहरू अस्ट्रेलिया पुगेपछि बसोबास र रोजगारीको चुनौती नहोस् भन्ने मेरो मुख्य चिन्ता हो,” उनी भन्छन्, “म सकेको सहयोग गर्न सधैं तयार छु।”
रोहितको इमानदारी, समर्पण र दूरदर्शी दृष्टिकोणकै कारण यो संस्था विद्यार्थी र अभिभावकहरूबीच एक भरपर्दो नामको रूपमा स्थापित भएको छ। विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरूको लागि मार्गदर्शन र सहजीकरणमा रोहित दंगालको योगदान आज प्रेरणाको स्रोत बनेको छ।

