
गोल्ड कोस्टमा आफ्नो अध्ययन, काम र व्यक्तिगत जीवन सन्तुलन गर्दै आएका नेपाली विद्यार्थी अनुप अधिकारी अहिले समुदायमा गरेको योगदानका कारण चर्चामा छन्। उनलाई शहरभरका उत्कृष्ट विद्यार्थीहरूबीच प्रदान गरिने Gold Coast Student Excellence Awards को Community & Peer Support मान्यता प्राप्त भएको छ।
अनुपका लागि यो यात्रा सरल थिएन। नयाँ देश, नयाँ वातावरण र व्यस्त जीवनबीच उनले आफूजस्तै विदेश आएका युवाहरूलाई सहयोग गर्ने अभ्यास कहिल्यै छाडेनन्। कलेजमा समस्यामा परेका साथीसँग बसिदिनु, समुदायका लागि कार्यक्रम बनाउनु, संस्कृतिको पहिचान जोगाउनु – यी सबै उनले मनदेखि गरेका काम हुन्।
उनले स्थापनामा सहयोग गरेको Himalayan Harmony ले गोल्ड कोस्टमा नेपाली समुदायलाई थप नजिक ल्याएको छ। यसले कलाका माध्यमबाट कथा सुनाउने, संस्कृतिलाई जोगाउने र युवालाई आफ्नो पहिचानमा गर्व गर्न प्रेरित गरेको छ।
पुरस्कार पाएपछि अनुपले भने
“यो सम्मानले भन्न खोजेको कुरा सरल छ। हामीले गर्ने स–साना कामले पनि ठूलो प्रभाव पार्न सक्छ। हामी सबैले आफूभन्दा पर, अघि र ठूलो सोच्न जरुरी छ।”
