
पनौती । सिद्धार्थ वनस्थली इन्स्टिच्युट काभ्रे मल्पीले ३८ औँ वार्षिक उत्सव एक भव्य समारोह बीच सम्पन्न गरेको छ।
विसं २०४४ सालमा स्थापना भएको सो इन्स्टिच्युटले ३८ औँ वार्षिक उत्सवको अवसरमा कक्षा प्ले ग्रुपदेखि १२ सम्मका विद्यार्थीहरूको अभिभावक भेला साथै २०८१ सालमा कक्षा प्ले ग्रुपदेखि कक्षा १२ सम्मका उत्कृष्ठ विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । ती कक्षाहरुमा वार्षिक परीक्षामा प्रथम द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण साथै अतिरिक्त क्रियाकलाप अन्तर्गत विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गरेको थियो ।
सो समारोहमा विद्यार्थीहरूले नृत्य गायन लगायत आफ्ना कला विविध सांस्कृतिक कार्यक्रम मार्फत प्रस्तुत गरेका थिए। वरिष्ठ मनोचिकित्सक एवं काठमाडौँ विश्वविद्यालयका सिनेटर डाक्टर अनन्त अधिकारीको प्रमुख अतिथ्यतामा सम्पन्न सो कार्यक्रम प्याप्सन काभ्रेका अध्यक्ष श्यामबहादुर भुजेल , पेटसान नेपालका केन्द्रीय सचिव सरोज न्यौपाने र पनौती नगरपालिका वडा नम्बर ८ का कार्यवाहक वडा अध्यक्ष विश्वनाथ श्रेष्ठ को विशिष्ट अतिथ्यता रहेको थियो।
कार्यक्रम गुठियार एवं विद्यालय व्यवस्थापन समिति सदस्य रामप्रसाद अधिकारीज्यूको सभापतित्वमा र उल्लेख्य सङ्ख्यामा अभिभावकको उपस्थितिमा सम्पन्न भएको थियो।
कार्यक्रममा प्याप्सन पनौतीका अध्यक्ष रामचन्द्र देउजा, ब्याचलर अफ एभिएसन म्यानेजमेन्ट का अप्रेसन प्रमुख दिपेन मानन्धर लगायतका अतिथिको उपस्थिति रहेको थियो।
विविध मनोरञ्जनात्मक कार्यक्रमहरूको साथमा सम्पन्न भएको सो कार्यक्रममा उल्लेख्य अभिभावकहरूको उपस्थिति रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि विशिष्ट अतिथि एवं अतिथिहरूले विद्यालयको उत्तरोत्तर प्रगतिको लागि शुभकामना दिनुभएको थियो।
प्राचार्य रेश्मा थापाले उपस्थित सम्पूर्णलाई स्वागत गर्दै इन्स्टिच्युटका समग्र शैक्षिक तथा अन्य गतिविधिहरूको बारेमा प्रकाश पार्नुभएको थियो। कार्यक्रम विद्यालय प्राङ्गणमा सम्पन्न भएको थियो। कार्यक्रममा असल अभिभावकत्व कसरी गर्ने भन्ने विषयमा उपस्थित अभिभावकहरुलाई अभिमुखीकरण समेत गराइएको थियो।
