बनेपा
पत्रकार नवराज बजगाईले बिगत वर्षहरूमा जस्तै यो वर्ष पनि आफ्नो जन्म दिन असहायहरुसँग ‘सेवा घर’मा मनाएका छन् ।
काभ्रेको धुलिखेल–१२, मा मानव कल्याण समाजले सञ्चालन गरेको ‘सेवा घर’का ७५ जना बृद्धबृद्धा र असहायलाई खाना खुवाएसँगै खाद्यान्न तथा लत्ता कपडा हस्तान्तरण गरेर आफ्नो जन्मदिन मनाएका हुन् ।
बजागाई पत्रकार महासंघ काभ्रे, प्रेस चौतारी काभ्रे र अनलाईन मिडिया सञ्जालका सल्लाहकार, नव क्षितिज साप्ताहिकका प्रकाशकप्रधान सम्पादक , राम्रो सन्देश डट कमका प्रधान सम्पादक हुन । बजगाईले गत असार १८ गते आफ्नो र असार २२ गते धर्मपत्नी तारा भट्टराईको जन्मदिनको अवसर पारी धुलिखेलमा रहेको मानव कल्याण समाज (सेवा घर) को शाखा कार्यालयमा रहेका बृद्धबृद्धा र असाहयलाई खाना खुवाएर तथा खाद्यान्न र लत्ता कपडाहरू वितरण गरेका थिए ।
उनले गत वर्षका जन्म दिन तथा अन्य अवसरहरूमा पनि यही सेवा घर र काभ्रेमा रहेका बिभिन्न आश्रमहरूमा सहयोग गर्दैआएका छन् ।
।