काभ्रे
वर्षासँगै आएको बढीले बगाउँदा पनौती ढलमलेकी एक महिला बेपता भएकी छिन् ।
पनौती क्षेत्रमा आएको भिषण वर्षा पछिको बाढीले बगाउँदा पनौती नगरपालिका वडा नं ५ बस्ने वर्ष ३३ की रेनुका गिरी बेपता भएको पनाैती प्रहरीले जानकारी दिएको छ ।
खेतमा काम गरी फर्कने क्रममा ढलमले खोल्साले उनलाई बगाएको थियो । उक्त खोल्सोबाट नजिक पुण्यमाता खोला रहेको छ । तिब्रताका साथ उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।