काभ्रे । सार्वजनिक यातायात व्यवसायी महासंघ र विभिन्न यातायात मजदुर संघको आब्हानमा सोमबारबाट अनिश्चितकालिन भन्दै सार्वजानिक यातायात बन्द गरेका छन् ।
यस घोषणाको नेपाली कांग्रेसको सार्वजनिक यातायात तथा यातायात व्यवसायी समन्वय विभागले आपत्ति जनाएको छ । विभागका प्रमुख शिव प्रसाद हुमागाईंद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “यातायात मजदुर र व्यवसायीहरूको जायज मागको समर्थन कांग्रेसले सधैं गरेको र जनतालाई सास्ती दिने गरी देशभर यातायात ठप्प पार्ने परिस्थिति उत्पान्न हुँदा सर्वसाधरणले दुःख भोग्नु परेको उल्लेख छ ।
विज्ञप्तिमा सरकारले ल्याउन लागेको सुधारात्मक उपायहरूलाई संवादमार्फत सुल्झाउन आग्रह गरिएको छ । यसका लागि कांग्रेसले यातायात व्यवसायी, मजदुर संगठन, सरोकारवाला पक्षहरू र सरकारलाई वार्ताका माध्यमबाट सहमति खोज्न अपिल गरेको छ ।
नेपाली कांग्रेसले जनताको दैनिकीलाई असर पार्ने कुनै पनि आन्दोलनप्रति आपत्ति जनाउँदै सबै पक्षलाई संयमित हुन र समस्या संवादबाट समाधान गर्न आग्रह गरेको छ।