• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • धर्म–संस्कृति/रीतिथिति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • मनोरञ्जन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ फागुन २३, शनिबार
Trending
पनौती शिक्षक रोशी सहयात्रा खुला रक्तदान रेडक्रस भुकम्प ट्राफिक प्रहरी
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • अर्थ खबर
  • शिक्षा/स्वास्थ्य
  • बिचार
    • अन्तरवार्ता
    • ब्लग
  • ग्यालरी
    • साझा तस्विर
    • साझा टि.भी.
  • अन्य
    • राजिनिती
    • समाज
    • स्थानीय तह
    • पूर्वाधार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • अध्यात्म
    • साभार
  • Tools
    • Preeti to Unicode Converter
    • Date Converter
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

संज्ञा र अवज्ञा सहित राष्ट्रपति कार्यालयका समूह नै हुमागाई निवासमा

१ साल अघि
२

सापकोटाको तेह्रौ पुण्य तिथिमा श्रध्दाञ्जली सभा

२ साल अघि
३

गृहमन्त्री लेखकद्वारा विपतपछिका क्रियाकलापका विषयमा चासो व्यक्त

१ साल अघि
४

पनौती राष्ट्रपति रनिङशिल्ड पुनः भालेश्वर माध्यमिक विद्यालयलाई (तस्विरहरु सहित)

२ साल अघि
५

दिलकुमारी स्मृति प्रतिष्ठानको सहयोग भक्तेश्वरका विद्यार्थीलाई

१ साल अघि
६

सिद्धार्थ वनस्थली इन्स्टिच्युटका विद्यार्थी दीक्षित

१ साल अघि
७

पनौतीमा सप्ताहशुरु, कलशयात्रा अघि नै २१ लाख संकलन(तस्विर सहित)

२ साल अघि
८

पनौती जंगलमा बेवारिसे शव फेला, पहिचानका लागि सहयोग गर्न प्रहरीको अनुरोध

२ साल अघि
९

तीन तले झरना अवलोकनसँगै पौडीको मज्जा(हेर्नुहोस तस्विरमा )

२ साल अघि
१०

गोरखनाथका विद्यार्थीहरुलाई झोला, स्टेसनरीसँगै नगद पुरस्कार

१ साल अघि
११

उही बाटो र रुखहरू….

१ साल अघि
१२

अभिभावकीय भूमिकामा रहेर काभ्रे काँग्रेस एक ढिक्का बनाउँछु : हुमागाई

१ साल अघि

ताजा अपडेट

१

 विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

२ हफ्ता अघि
२

शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

२ हफ्ता अघि
३

लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

२ हफ्ता अघि
४

श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

१ महिना अघि
५

लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

१ महिना अघि
६

शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

१ महिना अघि
७

शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

२ महिना अघि
८

गोरखनाथका विद्यार्थीलाई हिन्दुजागरण नेपालको न्यानो लुगा

२ महिना अघि
९

उत्कृष्ट बने अनुप

३ महिना अघि
१०

काभ्रे– हेटौडा बस संचालन, स्थानीयलाई सुविधा नेतृत्वलाई दवाव

३ महिना अघि
११

गिम्दी प्रवासी युवा समाजको अगुवाइमा पशुपति मन्दिर पुनर्निर्माण

३ महिना अघि
१२

नेपाली काङ्ग्रेस:पदमा मात्र रुपान्तरण कि सच्चा समर्पण र समाजको अभिन्न भुमिकामा पनि ?

४ महिना अघि
होमपेज /  अर्थ खबर
  • ५८७ पटक पढिएको
  • नेपालमा कफी खेति सम्भावनासंगै अवसर पनि

  • नवराज सापकोटा
  • २०८० कार्तिक ९, बिहिबार (२ साल अघि)
  • सामाजिक सञ्जालमा हामी

    नेपालमा कफी संस्कृति बढ्दो छ । विदेश निर्यातलाई मुख्य उद्देश्य बनाएर कफी प्रशोधन उद्योग खोल्नेहरु देशभित्रै कफी खपत बढ्न थाले पछि मख्ख छन् । उत्कृष्ट गुणस्तर मानिएको नेपाली कफी प्रशोधन गरी विदेश निर्यात गर्नेमा अहिले नेपाली मात्र होइन विदेशीको पनि संलग्नता रहेको छ । माटो मोहडा, चिस्यान मिलेको पहाडी भू–भागमा गरिएको खेतिबाट अपेक्षाकृत उत्पादन हुने गरेको छ । यहाँका पाखाबारी भाडामा लिएर कफीखेति गर्न तत्परता देखउने विदेशीहरुको संख्या उत्तिकै छ ।

    कफी आफैमा सम्मानीत पेय पदार्थको परिचय बनाउन सफल छ । कफीको स्वाद, कफीबाट प्राप्तहुने उत्तेजना स्फूर्तीले यसप्रति कफी पारखीहरु आकर्षित बनेका हुन् भन्न सकिन्छ । कफीमा हुने क्याफिन तत्वले यस प्रकारको उत्तेजना तथा स्फूर्ती ल्याउँने विज्ञहरुको भनाई छ । नेपालमा अराबिका जातको अघुलनशिल कफी उत्पादन हुन्छ । नेपाली अराबिका कफीले विश्वका धेरै मुलुकमा प्रसिद्धि कमाउन सफल छ ।

    कफीको इतिहास नै यसै उत्तेजना तथा स्फूर्तीसँग जोडिएको छ । अराबिका कफीको विकास अरेबियाबाट शुरु भएको मान्यता रहे पनि उत्पति इथियोपियाको कफा प्रान्तमा भएको विश्वास छ । काल्दी नाम गरेको बाख्रा गोठालोले चरनका लागि लगिएका बाख्राहरुले जंगलमा कफीका दाना खाए पछि फरक व्यवहार देखाए पछि उसमा त्यस विषयले उत्सुकता जगायो । यो कुरा उसले आफ्नो पादरीलाई सुनायो । जंगलबाट ल्याएको कफी खाने कार्यक्रम राखियो । सबैले कफी खाए कफी खाएपश्चात सबैमा उत्तेजना र स्फूर्तिबढेको आभास भयो ।

    उक्त घटना पछि कफीका विषयमा प्रयोग अध्ययन हुन थाल्यो । शुरुमा कफी दाना चपाएर, धुलो बनाइ घिउमा भुटेर, लड्डु कसार बनाएर प्रयोग गर्न थालियो । अध्ययनकै क्रममा यसको धुलोपानीमा राखेर तथा चिनी मिसाएर खाने प्रचलनको शुरुवात भयो । र त्यससँगै दुध, मसलासँग मिसाएर खान थािलयो । यहाँबाट नै कफी संस्कृतिको शुरुवात भएको मानिन्छ । कफीमा कार्बोहाइड्रेट, नाइट्रोजिन कम्पाउण्ड, क्लोरोजेनिक एसिड भोलाटाइल कम्पाउण्ड र कार्बोलिक एसिड पाइन्छ । जसले मानसिक र शारिरीक थकान मेट्ने, अल्छीपन तथा निद्रा हटाउने विज्ञहरु बताउँछन् ।

    तस्विर : गौतम बजगाई

    अहिले कफी पारखीहरुले लस्सी, चकलेट आइसक्रिमलगायतका खाद्यपदार्थमा पनि कफीको उपयोग गर्न थालेका छन् । अथवा भनौं तातो कफीमात्र नभइ चिसो कफीको रुपमा पनि प्रयोग हुने थालेको छ । दैनिक प्रयोग देखि आफन्तको सम्मान स्वरुप सम्मानीत पेयको रुपमा कफी प्रयोग हुँदै आएको छ ।आर्थिक कारोबारका रुपमा हेर्दा कफी विश्वयमा पेट्रोलियम पदार्थ पछिको दोस्रो ठूलो परिमाणमा काराबोर हुने बस्तुका रुपमा चिनिन्छ । विश्वमा सबै भन्दा धेरै कफी खपत गर्ने देश अमेरिका हो ।

    विश्वका ६ दर्जन बढि देशमा खेति हुने कफी उत्पादनको परिमाणका हिसाबमा सबैभन्दा बढि ब्राजिलले उत्पादन गर्छ । विश्वमा अराबिका तथा रोवस्टा जातका कफी खेति गरिँदै आएकोमा नेपालमा भने अरेबिका जातको अघुलनशिल कफी मात्र खेति गरिन्छ । एक नरम पेय पदार्थको रुपमा प्रयोग गरिने कफी उपभोग गर्नेको संख्या त बढ्दो छ नै त्यस सँगै उत्पादनका हिसबले साना कृषकहरुलका लागि बरदान नै सावित भएको छ । नेपालमा कफीखेति प्रवद्र्धनको कार्य ढिलो गरी भए पनि कफी प्रवेश भने झण्डै ८ दशक अघि नै भएको विश्वास छ । वि.सं १९९५ तिर गुल्मी आँपचौरका हिरा गिरीले बर्माबाट बिउ ल्याएर उमारेको इतिहास छ । नेपाल सरकारबाट वि.सं २०३० को दशकमा रुपन्देहीमा कफी प्रशोधन उद्योग स्थापना गर्ने प्रयास गरिए पनि कफी खेतिविस्तार तथा प्रवद्र्धन कार्यक्रमले दिगोपन पाउन नसकेको बुझिन्छ ।

    नेपालमा कफी खेति विस्तारमा तिब्रता दिन हेल्भेटास नेपाल अन्तर्गतको कफी प्रर्वद्धन कार्यक्रमको भूमिका महत्वपूर्ण छ । पश्चिम तथा मध्य नेपालका झण्डै एक दर्जन जिल्लामा व्यवसायीक कफी खेति विस्तार, प्रशोधन तथा बजारीकरणमा संचालित कार्यक्रमबाट कृषकमा कफी खेति प्रति जागरण विकास भएको देखिन्छ ।

    उक्त संस्थाकै सहयोगमा कृषक स्तरमा गठित कफी कृषकका समूह जिल्ला स्तरमा जिल्ला कफी व्यवसायी संघ तथा केन्द्रीय स्तरमा नेपाल कफी महासंघ मार्फत समूहिक प्रयास मार्फत व्यवसायीक कफी उत्पादनको विकास भएको थियो । जसको परिणाम नेपाल सरकारबाट २०६२ साल मंसिर १ गतेबाट कफी दिवस मनाउन शुरु गरिएको छ । हाल कफी कृषकहरु कृषकस्तर देखि जिल्ला अनि केन्द्र सम्मसहकारीमा आवद्ध भएका छन् । अहिले कफी खेति हुने पालिका, प्रदेश तथा संघ सरकारको सहयोगमा कफी खेति विकासका कार्य भइरहेका छन् भने जाइका लगायतका संस्थाहरुले पनि कृषकस्तरमा प्रविधि विस्तारका कार्य गरिरहेका छन् ।

    हाल ४० भन्दा बढि जिल्लामा विस्तार भएको कफी खेतिको अपेक्षित ढंगले उत्पादनमा बढोत्तरी हुन नसकेपनि नेपाली कफीले विश्वबजारमा पहिचान कायम राख्न भने सफल बनेको छ । हाल बार्षिक ५ सय टन बढि ग्रीनबीन कफी विदेश निर्यात हुने गरेको छ । जापान अमेरिका, लगायतका युरोपियन मुलुक बजार रहेको नेपाली कफीले बजारको माग पुर्याउन सकेको छैन । अन्य क्षेत्रमा अर्थिक मन्दीको प्रभाव परे पनि कफी बजार भने यसबाट अछुतो रहेको विज्ञहरुको भनाई छ । अहिलेपनि राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, नेपाल कफी व्यवसायी महासंघ, लगायतका निकाय कफीक्षेत्रको विकासका लागि कार्यरत छन् ।

    नेपालको कफी जैविक कफीको रुपमा विदेशी बजारमा महङ्गो मुल्यमा बिक्री हुँदै आएको छ । सिमिति क्षेत्रका बाहेक कफीको जैविक गुण प्रमाणीत गरिएको छैन । तर नेपाली खेति पद्धति, भूगोल पर्यावरण साना कृषकरुको उत्पादनकै आधारमा नेपाली कफीले जैविक कफीको रुपमा बजार पाएको छ । जुन आम नेपाली कृषकका लागि मात्र नभएर यहाँका तीनै तहका सरकारका लागि सु–अवसर हो । तर यो अवसरको उपयोग गर्ने स्थानीय सरकारहरु न्यून छन् ।

    पछिल्लो समय पहाडी क्षेत्रका पाखाबारी बाँझैं छाडेर बसाई सराई गर्ने धेरै छन् । अन्यबाली उत्पादनको हिसाबले कृषक सन्तुष्ट छैनन् । त्यस्ता जमिन उपयोग गरी चक्लाबन्दी कफी खेति विस्तारका योजना निर्माण गर्ने स्थानीय तहका साना किसानहरुले सहज रुपमा विदेशी मुद्रा आर्जन गर्न सक्छन् ।

    कफी खेतिको सम्भवना कुन क्षेत्रमा बढि छ ? ती क्षेत्रमा कस्ता कृयाकलाप मार्फत कफी खेति विस्तार र उत्पादन बढाउन सकिन्छ ? त्यहाँ देखिएका समस्या र समाधानका उपाय के हुन सक्छन् ? हाल कफी खेति सँग सम्बन्धित कृयाकलाप संचालन भएको क्षेत्रमा उपयोगिता कति छ ? कफी खेति विस्तारमा कति प्रभावकारि छ ? जस्ता विषयमा अध्ययन पश्चात गरिने कफी खेति विस्ताकार कार्यक्रमले कमजोर आयभएकाहरुका लागि राहत त मिल्छ नै त्यस सँगै बसाई सराइ दर न्युन बनाउन पनि सघाउ पुग्छ ।

    ( हेल्भेटास नेपालको काफी प्रर्वद्धन कार्यक्रम अन्तर्गत प्राविधिक सहजकर्ताको अनुभव, कफी खेतिका क्रममा भएका सिकाई, कार्यक्रम अन्तरगत वितरित हाते पुस्तका कफी प्राविधिकहरुको अनुभव राय लगायत विभिन्न निकायका प्रकाशनहरुको समेत सहायता लिई कफी खेतिसँग सम्बन्धित सामग्री श्रृङ्खलाबद्ध रुपमा पस्किने छु ।)

    • #कफीखेति
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    अर्थ खबर सम्बन्धि थप

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

    गोरखनाथका विद्यार्थीलाई हिन्दुजागरण नेपालको न्यानो लुगा

    नेपाली काङ्ग्रेस:पदमा मात्र रुपान्तरण कि सच्चा समर्पण र समाजको अभिन्न भुमिकामा पनि ?

    राति ९ः३० पछि देउसी भैलो निषेध

    ताजा समाचार
    १

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    २

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    ३

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    ४

    श्याम र फूलमायाँ फाउण्डेशनका संचालक भन्छन् : उद्योग सञ्चालनको मूल मन्त्र नाफा होइन, सेवा हो

    ५

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    ६

    शिक्षक संघ पनौतीको सातौं प्रतिनिधि सभा सम्पन्न

    ७

    शिक्षा क्षेत्रमा सक्रिय बन्दै सार्वजानिक सरोकार

    ८

    गोरखनाथका विद्यार्थीलाई हिन्दुजागरण नेपालको न्यानो लुगा

    ९

    उत्कृष्ट बने अनुप

    १०

    काभ्रे– हेटौडा बस संचालन, स्थानीयलाई सुविधा नेतृत्वलाई दवाव

    समाचार
    थप

     विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    लेखक लाकोजुसँग अन्तरसंवाद , साहित्य, संस्कृति र जीवनबारे चर्चा

    लालिगुँरासका विद्यार्थीलाई न्यानो कपडा वितरण

    सम्पादकीय
    थप

    जेनजीमाथि सहानुभूति, सरकारमाथि उत्पन्न आक्रोश

    समस्या र आवश्यकता केन्द्रित हुन नसकेको बजेट

    वन जंगलमा आगो लगाउनेमाथि कारबाही होस ।

    उद्धार,राहत र पुनस्थापनाले तिब्रता पाओस

    साझा टि.भी.
    थप
    • बबिना भट्टराईको ‘जय जय शम्भु’ भजन सार्बजानिक (भिडियो सहित)
    • गायक अर्जुन गुरुङ को स्वरमा ‘पिरतीको डोरी ’ सार्बजनिक
    • सुवासको नयाँ एल्वम ‘जुनी फेर्छु म’ सार्वजानिक ( हेर्नुुहोस भिडियोमा)
    • दुर्गेश थापाको देउसी भैलो गीत बजारमा (भिडियो सहित)

    पत्राचार ठेगाना

    फूलचोकी मिडिया प्रा.लि. द्वारा प्रकाशित साझा पत्रिका डट कम का लागी
    पत्राचार ठेगाना: पनौती न.पा. काभ्रेपलाञ्चोक
    सुचना विभाग दर्ता नं.: ४२५१-२०८०/२०८१
    प्रेस काउन्सिल दर्ता नं.: ४२४१-२०८०/२०८१
    ईमेल: [email protected]
    सम्पर्क न: ९८५१२३०७०५

    हाम्रो टीम

    निर्देशक: नारायण प्रसाद सापकोटा
    प्रधान सम्पादक: ……………………..
    सम्पादक: रघुनाथ हुमागाई
    कार्यकारी सम्पादक: सरोज सापकोटा
    विशेष सम्वाददाता: ……………….

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • सम्पादकीय
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८० साझा पत्रिका मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution