• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • धर्म–संस्कृति/रीतिथिति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • मनोरञ्जन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ भाद्र २३, मंगलबार
Trending
पनौती शिक्षक रोशी खुला रक्तदान सहयात्रा ट्राफिक प्रहरी प्रदर्शन रेडक्रस
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • अर्थ खबर
  • शिक्षा/स्वास्थ्य
  • बिचार
    • अन्तरवार्ता
    • ब्लग
  • ग्यालरी
    • साझा तस्विर
    • साझा टि.भी.
  • अन्य
    • राजिनिती
    • समाज
    • स्थानीय तह
    • पूर्वाधार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • अध्यात्म
    • साभार
  • Tools
    • Preeti to Unicode Converter
    • Date Converter
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

संज्ञा र अवज्ञा सहित राष्ट्रपति कार्यालयका समूह नै हुमागाई निवासमा

१ साल अघि
२

सापकोटाको तेह्रौ पुण्य तिथिमा श्रध्दाञ्जली सभा

२ साल अघि
३

पनौती राष्ट्रपति रनिङशिल्ड पुनः भालेश्वर माध्यमिक विद्यालयलाई (तस्विरहरु सहित)

२ साल अघि
४

गृहमन्त्री लेखकद्वारा विपतपछिका क्रियाकलापका विषयमा चासो व्यक्त

१ साल अघि
५

दिलकुमारी स्मृति प्रतिष्ठानको सहयोग भक्तेश्वरका विद्यार्थीलाई

२ साल अघि
६

पनौतीमा सप्ताहशुरु, कलशयात्रा अघि नै २१ लाख संकलन(तस्विर सहित)

२ साल अघि
७

सिद्धार्थ वनस्थली इन्स्टिच्युटका विद्यार्थी दीक्षित

२ साल अघि
८

पनौती जंगलमा बेवारिसे शव फेला, पहिचानका लागि सहयोग गर्न प्रहरीको अनुरोध

२ साल अघि
९

गोरखनाथका विद्यार्थीहरुलाई झोला, स्टेसनरीसँगै नगद पुरस्कार

२ साल अघि
१०

तीन तले झरना अवलोकनसँगै पौडीको मज्जा(हेर्नुहोस तस्विरमा )

२ साल अघि
११

अभिभावकीय भूमिकामा रहेर काभ्रे काँग्रेस एक ढिक्का बनाउँछु : हुमागाई

२ साल अघि
१२

उही बाटो र रुखहरू….

२ साल अघि

ताजा अपडेट

१

बाढीपीडितका लागि प्याब्सन पनौतीद्वारा ११ लाख २४ हजार रुपैयाँ सहयोग

४ घण्टा अघि
२

सूर्यको ‘एक झुल्को घाम’ लोकार्पण

२ हफ्ता अघि
३

शिक्षा र स्वास्थ्यमा लगाइएको ‘समता कर’ लागु नगर्ने प्रधानमन्त्रीको संकेत

१ महिना अघि
४

संघर्षले भरिएको ‘गौँथली’को ट्रेलर सार्वजनिक

२ महिना अघि
५

भरपर्दो साझेदारमार्फत नेपालमा लगानी बढाउन पूर्व एनआरएनए अध्यक्ष आचार्यले गरे आग्रह

२ महिना अघि
६

ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

२ महिना अघि
७

दह लोकार्पित

३ महिना अघि
८

वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

५ महिना अघि
९

पाँच थान वाटर डिस्पेन्सर र १३ डस्टबिन विद्यालयलाई वितरण

५ महिना अघि
१०

महाविर पुनलाई अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ

६ महिना अघि
११

 विविध कार्यक्रम सहित सिद्धार्थ वनस्थलीको ३८ औं वार्षिकोत्सव

६ महिना अघि
१२

शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

६ महिना अघि
होमपेज /  मनोरञ्जन
  • ४३६ पटक पढिएको
  • सरकारको टिकटक बन्द गर्ने निर्णय प्रति यस्तो छ नेताहरुको अभिव्यक्ति

  • नवराज सापकोटा
  • २०८० कार्तिक २८, मंगलबार (२ साल अघि)
  • सामाजिक सञ्जालमा हामी

    टिकटकमा गलत सामाग्री पोष्ट नगर्न गृहमन्त्रालयको विज्ञप्ति,सामाजिक संजाल दर्ता गराएर मात्र चलाउनका लागि निर्देशिका स्विकृत भए सँगै सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले एक्कासी नेपालमा टिकटक बन्द गर्ने निर्णय गर्यो ।

    उक्त निर्णयका विषयमा मिश्रित प्रतिकृयाहरु सार्वजानिक भइरहेका छन् । टिकटकलाई प्रचार प्रसारको माध्यम बनाएर व्यपार व्यवसाय संचालन गर्नेरुहरुले आफ्नो व्यपारमाथि आक्रमण भएको आरोप लगाएका छन् भने टिकटकको माध्यमबाट विभिन्न शैक्षिक तथा चेतनामूलक सामग्री मार्फत सकारात्मक सन्देश प्रवाह भएपनि सरकारले विना अध्ययन बन्द गराएको धेरैले दुःखेसो पोखेका छन् ।

    केहीले भने टिकटकले सामाजिक सद्भाव विगारेको र अश्लिलतालाई प्रसय दिएको भन्दै बन्द गर्नु नै उपयुुक्त भएको राय व्यक्त गरेका छन् ।
    यस प्रकारका मिश्रित प्रतिकृयाहरु सार्वजानिक भइरहेका बेला राजनीतिक दलका नेताहरुले सामाजिक संजाल मार्फत प्रकट गरेका अभिव्यक्तिलाई यहाँ प्रस्तुत गरिएको छ ।


    पूर्वप्रधानमन्त्री के.पी शर्मा ओलीले गाईतिहारको पूजा गरेको भिडियो पोष्ट गर्दै उक्त सुन्दर भिडियो टिकटकमा भेटेको भन्दै गाई तिहारको शुभकामना दिएका छन् । उनको उक्त पोष्टले टिकटक चल्नुपर्ने धारणा व्यक्त गरेको बुझिन्छ ।

    त्यसैगरी कांग्रेस नेता गगन थापाले टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो कदम हिँडेको टिप्पणी गरेका छन् । सामाजिक संजाल दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक छ तर सामाजिक संजाल नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत भएको साथै यसमा सरकारको नियत अभिव्यक्ति तथा व्यैक्तिक स्वतन्त्रता कुण्ठित गर्ने देखिएको भन्दै कदम सच्याउनुपर्ने तर्क व्यक्त गरेका थिए ।
    राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रविलामिछानेले सामाजिक संजाल नियमन गर्ने हो, बन्द गर्ने होइन ।

    समस्या कन्टेन्टको हो, प्लेटफर्मको होइन । अराजकता अभिव्यक्तिमा होला, माध्यमको के दोष ? टिकटकका कयौं युजर र कन्टेन्ट खराब छैनन् । प्रविधिक रुपमा खराबलाई कन्ट्रोल गर्न सकिन्छ । टिकटकमा हालेको भिडियो रिलमा हाल्न मिल्छ, इन्स्टामा हाल्न मिल्छ, फेसबुकमा हाल्न मिल्छ । के सबै प्लेटर्फम बन्द गर्दै जाने हो भन्दै आजको युग उत्कृष्ट सुधारिएको अनुशासित सामाजिक संजालको युग भएको उनले जानकारी गराएका छन् । साथै सत्ताधारी दलकै जिम्मेवार पदाधिकारीहरुको बिरोधको अर्थ नबुझेको भन्दै के यो निर्णय माओवादी केन्द्रको मात्रै हो भनी प्रश्न गरेका छन् ?

    राप्रपा नेपाल अध्यक्ष कमल थापाले टिकटक बन्द गर्ने सरकारको निर्णय गलत, प्रतिगामी र सर्वसत्तावादी सोचको उपज भएको र निर्णय तत्काल फिर्ता लिनु पर्ने भनेका छन् । टिकटकले सूचना र ज्ञानको सम्प्रेषणका साथै जनसाधारणको असिमित लुकेको प्रतिभा प्रस्तुत गर्ने अवसर दिएकोले नियमन गर्नुुपर्ने तर बन्द गर्नु नहुने विचार राखेका छन् ।

    पूर्व संचार मन्त्री समेत रहेका एमाले नेता गोकुल बास्कोटाले स्वस्थ व्यक्तिगत मनोरन्जन श्रृजनात्मक काम गर्न पाउने क्न्टेन्ट फिल्टर गर्ने कानुन बनाएर नेपालको आर्थिक कानुन मान्ने बनाएको भए हुन्थ्यो भन्दै आफ्नो पालामा सामाजिक संजाल नियमनका लागि गरिएको प्रयासलाई इंकित गर्दै बन्दै गरिदिँदा गगन–विश्व र प्रचण्डलाई लोकतन्त्र खतरामा परेको नलागेमा आपत्ति रहेन भन्दै व्ययङ्ग्य गरेका छन् ।

    उता काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो नामको फेक आइडीमा राखेका गलत सामग्रीका कारण दुःख पाउँदा पटक पटक आइडी बन्द गर्न टिकटकमा अनुरोध गर्दा, साइबर व्युरोमा अनि नेपाल दुरसंचार प्राधिकरण जाँदा समेत उपचार नपाएको प्रसंग उल्लेख गर्दै टिकटक नै बन्द गराउनु समाधान नभएको भनेका छन् ।

    विकृति भित्र्याएको मात्र नभएर बजारीकरण, प्रतिभा प्रस्फुटन नेपाली गित संगितलाइ अन्तरराष्ट्रियकरण गर्न पनि मद्धत पुगेको भन्दै बन्द समाधान नभएको र टिकटकलाई नियमन गरि पुनः संचालन गर्नुपर्ने बताएका छन् ।

    त्यसैगरी एमाले नेता महेश बस्नेतले नेपालमा टिकटक व्याण्ड गर्ने सरकारको निर्णयलाई स्वागतयोग्य भनेका छन् । साथै उनले अन्य सामाजिक संजाल र युट्युब पनि तत्काल नियमन गरोस । यो माध्यमबाट अपराध गरिरहेकाहरुलाई कारबाहीको दायरामा ल्याओस भनेका छन् ।

    उता धरानका मेयर हर्क सम्पाङले सरकारलाई अनुप्रास मिल्दो शब्द प्रयोग गर्दै टिकटक बन्दको विरोध गरेका छन् ।
    दलका नेताहरुले व्यक्त गरेको विचार अनुुसार लोकतान्त्रिक शासन पद्धतियुक्त मुलुकमा नियम अनुशासनमा रही अभिव्यक्ति प्रस्तुत गर्ने स्वतन्त्रता सबैलाई रहन्छ गलत प्रबृत्तिको नियमन गर्नुपर्छ तर प्लेटफर्म नै बन्द गर्नु उपयुक्त नहुने देखिन्छ ।

    • #टिकटक बन्द
    • #नेताहरुको धारणा
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    मनोरञ्जन सम्बन्धि थप

    संघर्षले भरिएको ‘गौँथली’को ट्रेलर सार्वजनिक

    शिक्षक संघ काभ्रेको प्रतिनिधि सभामा मुक्तानले भने : शिक्षक प्रतिनिधिको रुपमा उमेद्वार बनेको हुँ ।

    दशैंमा जमरा राख्ने धार्मिक विधि र यसको महत्व

    भ्रष्टाचारविरुद्धको आन्दोलनमा घुसपैठ, स्वार्थ समूहकै कारण अप्रिय घटना : नेता हुमागाई

    प्रधानमन्त्री केपी शर्मा ओलीले दिए राजिनामा

    पत्रकार नवराज बजगाईलाई उत्कृष्ट शव्द रचना अवार्ड

    ताजा समाचार
    १

    बाढीपीडितका लागि प्याब्सन पनौतीद्वारा ११ लाख २४ हजार रुपैयाँ सहयोग

    २

    सूर्यको ‘एक झुल्को घाम’ लोकार्पण

    ३

    शिक्षा र स्वास्थ्यमा लगाइएको ‘समता कर’ लागु नगर्ने प्रधानमन्त्रीको संकेत

    ४

    संघर्षले भरिएको ‘गौँथली’को ट्रेलर सार्वजनिक

    ५

    भरपर्दो साझेदारमार्फत नेपालमा लगानी बढाउन पूर्व एनआरएनए अध्यक्ष आचार्यले गरे आग्रह

    ६

    ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

    ७

    दह लोकार्पित

    ८

    वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

    ९

    पाँच थान वाटर डिस्पेन्सर र १३ डस्टबिन विद्यालयलाई वितरण

    १०

    महाविर पुनलाई अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ

    समाचार
    थप

    बाढीपीडितका लागि प्याब्सन पनौतीद्वारा ११ लाख २४ हजार रुपैयाँ सहयोग

    भरपर्दो साझेदारमार्फत नेपालमा लगानी बढाउन पूर्व एनआरएनए अध्यक्ष आचार्यले गरे आग्रह

    ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

    वे टु विज्डममा अभिभावक दिवस तथा दीक्षान्त समारोह

    सम्पादकीय
    थप

    जेनजीमाथि सहानुभूति, सरकारमाथि उत्पन्न आक्रोश

    समस्या र आवश्यकता केन्द्रित हुन नसकेको बजेट

    वन जंगलमा आगो लगाउनेमाथि कारबाही होस ।

    उद्धार,राहत र पुनस्थापनाले तिब्रता पाओस

    साझा टि.भी.
    थप
    • बबिना भट्टराईको ‘जय जय शम्भु’ भजन सार्बजानिक (भिडियो सहित)
    • गायक अर्जुन गुरुङ को स्वरमा ‘पिरतीको डोरी ’ सार्बजनिक
    • सुवासको नयाँ एल्वम ‘जुनी फेर्छु म’ सार्वजानिक ( हेर्नुुहोस भिडियोमा)
    • दुर्गेश थापाको देउसी भैलो गीत बजारमा (भिडियो सहित)

    पत्राचार ठेगाना

    फूलचोकी मिडिया प्रा.लि. द्वारा प्रकाशित साझा पत्रिका डट कम का लागी
    पत्राचार ठेगाना: पनौती न.पा. काभ्रेपलाञ्चोक
    सुचना विभाग दर्ता नं.: ४२५१-२०८०/२०८१
    प्रेस काउन्सिल दर्ता नं.: ४२४१-२०८०/२०८१
    ईमेल: [email protected]
    सम्पर्क न: ९८५१२३०७०५

    हाम्रो टीम

    निर्देशक: नारायण प्रसाद सापकोटा
    प्रधान सम्पादक: ……………………..
    सम्पादक: रघुनाथ हुमागाई
    कार्यकारी सम्पादक: सरोज सापकोटा
    विशेष सम्वाददाता: ……………….

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • सम्पादकीय
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८० साझा पत्रिका मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution