• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • धर्म–संस्कृति/रीतिथिति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • मनोरञ्जन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ २, सोमबार
Trending
पनौती शिक्षक रोशी सहयात्रा खुला रक्तदान रेडक्रस भुकम्प ट्राफिक प्रहरी
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • अर्थ खबर
  • शिक्षा/स्वास्थ्य
  • बिचार
    • अन्तरवार्ता
    • ब्लग
  • ग्यालरी
    • साझा तस्विर
    • साझा टि.भी.
  • अन्य
    • राजिनिती
    • समाज
    • स्थानीय तह
    • पूर्वाधार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • अध्यात्म
    • साभार
  • Tools
    • Preeti to Unicode Converter
    • Date Converter
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

संज्ञा र अवज्ञा सहित राष्ट्रपति कार्यालयका समूह नै हुमागाई निवासमा

५ महिना अघि
२

गृहमन्त्री लेखकद्वारा विपतपछिका क्रियाकलापका विषयमा चासो व्यक्त

५ महिना अघि
३

सापकोटाको तेह्रौ पुण्य तिथिमा श्रध्दाञ्जली सभा

१ साल अघि
४

पनौती राष्ट्रपति रनिङशिल्ड पुनः भालेश्वर माध्यमिक विद्यालयलाई (तस्विरहरु सहित)

१ साल अघि
५

दिलकुमारी स्मृति प्रतिष्ठानको सहयोग भक्तेश्वरका विद्यार्थीलाई

१ साल अघि
६

पनौतीमा सप्ताहशुरु, कलशयात्रा अघि नै २१ लाख संकलन(तस्विर सहित)

१ साल अघि
७

सिद्धार्थ वनस्थली इन्स्टिच्युटका विद्यार्थी दीक्षित

१ साल अघि
८

पनौती जंगलमा बेवारिसे शव फेला, पहिचानका लागि सहयोग गर्न प्रहरीको अनुरोध

१ साल अघि
९

उही बाटो र रुखहरू….

१ साल अघि
१०

तीन तले झरना अवलोकनसँगै पौडीको मज्जा(हेर्नुहोस तस्विरमा )

१ साल अघि
११

अभिभावकीय भूमिकामा रहेर काभ्रे काँग्रेस एक ढिक्का बनाउँछु : हुमागाई

१0 महिना अघि
१२

गोरखनाथका विद्यार्थीहरुलाई झोला, स्टेसनरीसँगै नगद पुरस्कार

१ साल अघि

ताजा अपडेट

१

भकुण्डेबेशीमा कार दुर्घटना, चार जना भारतीय नागरिक घाइते

२१ घण्टा अघि
२

विश्व रक्तदाता दिवसमा साझा पत्रिकाकर्मी सम्मानित

१ दिन अघि
३

नागढुङ्गामा बस दुर्घटना हुँदा २० जना घाइते

२ दिन अघि
४

डाँडापारिको झिलीमिली : बेरुजु शून्य बनाउँदै नमुना बन्दै महाभारत गाउँपालिका

३ दिन अघि
५

बेथानचोकमा बस दुर्घटना, एक महिलाको मृत्यु, तीन घाइते

१ हफ्ता अघि
६

सार्वजनिक यातायात बन्दले सर्वसाधरणलाई सास्ती, तुरुन्तै समाधान निकाल्न कांग्रेसको अपिल

१ हफ्ता अघि
७

तेजेश्वर अंक प्रकाशित

२ हफ्ता अघि
८

पनौती नगरपालिका अनिवार्य तथा निःशुल्क शिक्षाको पूर्ण कार्यान्वयन तर्फ

२ हफ्ता अघि
९

भूकम्प, बाढी र लापरबाहीको मारमा बिपी राजमार्ग

२ हफ्ता अघि
१०

अपचलित रकम व्याज सहित असुल गरी कानुनी कारबाहीका लागि लेखिपठाइएको सामुदायीक साकोसद्वारा जानकारी

३ हफ्ता अघि
११

नुनदेखि सुनसम्म कालोबजारी : उपभोक्ताको नाममा संस्थागत ठगी

३ हफ्ता अघि
१२

विजयको प्रतीकः बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा

१ महिना अघि
होमपेज /  पत्रपत्रिका
  • ६०२ पटक पढिएको
  • सम्पदाहरुले भरिपूर्ण प्राचिन सहर पनौती

  • २०८० कार्तिक ३, शुक्रबार (१ साल अघि)
  • सामाजिक सञ्जालमा हामी

         विधुप्रकाश कायस्थ
    काठमाडौं उपत्यकाको केन्द्रबाट ३२ किलोमिटर दक्षिणपूर्वमा अवस्थित पनौती मूर्त र अमूर्त सांस्कृतिक सम्पदाका लागि परिचित प्राचीन सहर हो । रोसी र पुण्यमती खोलाको संगममा अवस्थित पनौती वास्तुकला परिसर रमणीय स्थानमा रहेको युनेस्कोले आफ्नो विश्व सम्पदा क्षेत्रको अस्थायी सूचीमा समावेश गरेको छ ।

    एक वर्ग किलोमिटरको सानो क्षेत्रफलमा फैलिएको प्राचीन मानवबस्ती वरिपरि ४० भन्दा बढी मन्दिर र पाटिपौवाहरूसमेत ऐतिहासिक संरचना छन् । परम्परागत नेवार वास्तुकला शैलीमा बनेको इन्द्रेश्वर महादेव मन्दिर सन् १२९४ मा निर्माण भएको हो । उल्लेखनीय अन्य मन्दिरहरूमा १७ औं शताब्दीको ब्रह्मयानी मन्दिर र त्रिवेणी घाटमा रहेको कृष्ण मन्दिर हुन् । त्यसैगरी यहाँ पुरातात्त्विक महत्त्वका मठमन्दिर, शिलालेख, प्रस्तर मूर्तिका साथै बौध्दबिहार चैत्यहरूसहित आधा दर्जन स्तूप र देवताको मूर्तिसहितको सामुदायिक घरहरू छन् । समृद्ध सांस्कृतिक सम्पदाको सहरमा प्रशस्त पाटीहरू, तीनवटा डबली र छवटा ढुङ्गे धाराका साथै तीनवटा सार्वजनिक चोकहरू पनि छन् । यहाँका उन्मुक्त भैरव मन्दिर र अहिल्या मन्दिर नेवारी शैलीको वास्तुकलाको उत्कृष्ट उदाहरण हुन् ।

     

    महादेव र इन्द्रलगायतका देवताले आफूले गरेका पापबाट आफैँलाई शुध्द गर्न पनौतीमा गरिने एकान्तवासका कुरा हिन्दु पौराणिक कथाहरूमा पाइन्छन् । यी कथाहरू पनौतीका तीन नदीको मिलन स्थल त्रिवेणीघाटसँग जोडिएका छन् । तीन नदीमध्ये दुई नदी पुण्यमाता (जस्लाई भोंखुसी पनि भनिन्छ) र रोसी बगेको देखिन्छन् भने अर्को पवित्र नदी लीलावती अदृश्य छ । बाह्र वर्षमा एकपटक लाग्ने एक महिनासम्म चल्ने पनौती मकर मेलामा टाढाटाढाका तीर्थयात्रीहरू पनौतीमा आउने गर्छन् । पनौती त्रिवेणीमा पवित्र स्नान गर्नाले तीर्थयात्रीको पाप पखालिने जनविश्वास रहेको छ ।

    नेवार समुदायको प्रख्यात परिकार ुयोमरीु पनौतीमै आविष्कार भएको मानिन्छ भने योमरीपुह्नी पर्व पनौतीबाट सुरु भएको विश्वास छ । किम्वदन्तीअनुसार एक विवाहित जोडी सुचन्द्र र कृतिले योमरीको आविष्कार गरेका हुन् । योमरीको नयाँ स्वाद बासिन्दाहरूमा फैलिएको थियो । सबैले रमाइलो मानेर खाने भएकोले यो रोटीको नाम योमरी राखियो जसलाई नेपाली भाषामा ुमनपरेको रोटीु भन्न सकिन्छ । त्यसदम्पतीले धनपति कुबेरलाई योमरी चढाएको जनविश्वास छ ।

    योमरीको स्वादले कुवेर धेरै खुसी भए र कुवेरको आशीर्वादले योमरीपुह्नी मनाउने परम्परा सुरु भयो । योमरी पुह्नी धानबाली काट्ने अन्तिम दिन मनाइने नेवारहरूको पावनपर्व हो । यो पर्व नेपाल सम्वतको थिंलामहिनाको पूर्णिमाको दिनमा मनाइन्छ । अचेल नेवार परिकार पाइने रेस्टुराँहरूको मेनुमा योमरी एक खास हिस्सा बनेको छ । योमरी र योमरी पुह्नी पर्वलाई युनेस्कोको विश्व सम्पदाको अमूर्त सम्पदा सूचीमा समावेश गर्न एउटा सशक्त प्रस्ताव हुन सक्छ । हालसम्म नेपाल सरकारले युनेस्कोको विश्व सम्पदा सूचीमा अमूर्त सम्पदाहरू पेस गरेको छैन ।

    वर्षभरी मनाइने चाडपर्व र उत्सव पनौतीका एकसयभन्दा बढी अमूर्त सांस्कृतिक सम्पदा हुन् । पनौतीमा हरेक दिनलाई सम्पदा दिवस भन्नु अतिरञ्जन नहोला । पनौतीका सम्पदा र सांस्कृतिक सम्पदाको संरक्षणमा पुरातत्त्व विभाग, पनौती नगरपालिका र नागरिक समाजको सामूहिक प्रयास सराहनीय छ ।

     

    पनौतीलाई महाभारत सर्किटको प्रमुख स्थानको रूपमा पुनः परिभाषित गर्ने बलियो सम्भावना छ । नेपाल र भारतमा द्रौपदीसँगै पाण्डवका धेरै मूर्तिहरू छन । तर, द्रौपदी एकलैको एउटै मूर्ति पनौती नगरपालिकाको खोपासी बजारमा मात्रै छ ।सायद, विश्वमा पुरातात्विक मूल्य भएको द्रौपदीको यही एउटा मूर्तिमात्रै हो ।

     

    हिन्दु र बौध्द दुवै धर्मावलम्बीले पनौतीलाई पवित्र नगर मान्छन् । पनौतीलाई महाभारत युगको पाञ्चाल नगर मानिन्छ जहाँ पाण्डवका पाँच दाजुभाइसँग विवाह गरेकी राजकुमारी द्रौपदीको जन्म भएको थियो । पनौतीलाई महाभारत सर्किटको प्रमुख स्थानको रूपमा पुनः परिभाषित गर्ने बलियो सम्भावना छ । नेपाल र भारतमा द्रौपदीसँगै पाण्डवका धेरै मूर्तिहरू छन । तर, द्रौपदी एकलैको एउटै मूर्ति पनौती नगरपालिकाको खोपासी बजारमा मात्रै छ ।सायद, विश्वमा पुरातात्विक मूल्य भएको द्रौपदीको यही एउटा मूर्तिमात्रै हो ।

     

    बौध्द धर्मालम्बीहरूका पवित्र पुरुष राजकुमार महासत्वको जन्मस्थल पनि पनौती हो । राजकुमार महासत्वलाई नमोबुध्द भनेर चिनिन्छ । किम्वदन्ती अनुसार भर्खरै जन्मेका आफ्ना बच्चाहरूले घेरिएकी भोको बघिनीलाई राजकुमार महासत्वले आफ्नै शरीरको मासु काटेर खुवाएर प्राण त्यागेका थिए । बुध्दत्व प्राप्त गर्ने राजकुमार महासत्वलाई बुध्दको अवतार भनिन्छ । महासत्वका अवशेषहरू राखिएको स्थान नमोबुध्द हिन्दु र बौध्द दुवैका लागि पवित्र तीर्थस्थल हो । नमोबुध्द पनौतीनजिकै पूर्वतिरको डाँडामा अवस्थित छ । नमोबुध्दलाई छुट्टै पहिचानसहितको विश्व सम्पदाको मान्यता प्रबल हकदार मान्न सकिन्छ ।

     

    पनौतीको प्राचीन मानव बस्ती एउटै चट्टानमाथि उभिएकोले यहाँ ढिक्की र ओखलको प्रयोग निषेध छ । यहाँ भूकम्पको धक्का महसुस हुँदैन । सन् १९३४ र सन् २०१५ को महाभूकम्पबाट नेपालको ठूलो भूभागमा क्रमशः २०,००० र १०,००० मानवीय क्षति भए पनि पनौतीमा क्षति नगण्य रह्यो । अनेक जात्रा र मेलापर्व मान्ने परम्परा रहेको पनौती वास्तवमा एक जीवित संग्रहालय हो जहाँ सांस्कृतिक र परम्परागत मूल्यहरू अक्षुण राखिएको छ ।

     

    २३ मे १९९६ देखि नै पनौतीका प्रारम्भिक मध्यकालीन स्मारकहरूलाई युनेस्को विश्व सम्पदा क्षेत्रहरूको अस्थायी सूचीमा समावेश गरिएको भए पनि पनौती विश्व सम्पदा सूचीमा समावेश हुनसकेको छैन । पनौतीलाई विश्व सम्पदाको मान्यताले विभूषित गर्न पनौती नगरपालिकालगायत स्थानीय बुद्धिजीवी र समाजसेवीहरू प्रयासरत छन् ।
    यो लेख बाह्रखरी डटकमबाट लिइएको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    पत्रपत्रिका सम्बन्धि थप

    शिक्षक आन्दोलन: शिक्षाको मेरुदण्ड

    शिक्षा ऐन, बर्तमान आवश्यकता र शिक्षक आन्दोलन

    शिक्षा विधेयक : अस्थायी प्रकृतिका शिक्षकका विषयमा ‘सहमति’

    रक्तदाता नहुँदा रगत अभाब उपत्यकाबाट रगत पूर्ति गर्दै नेपाल रेडक्रस काभ्रेपलाञ्चोक

    शिक्षक आन्दोलनको आज सातौं दिन, शिक्षा ऐन माग गर्दै शिक्षकहरु सडकमा

    शिक्षा विधेयक : नेताहरूले चालु अधिवेशनमा पारित नहुने बताएपछि थप सशक्त बन्दै शिक्षक आन्दोलन

    ताजा समाचार
    १

    भकुण्डेबेशीमा कार दुर्घटना, चार जना भारतीय नागरिक घाइते

    २

    विश्व रक्तदाता दिवसमा साझा पत्रिकाकर्मी सम्मानित

    ३

    नागढुङ्गामा बस दुर्घटना हुँदा २० जना घाइते

    ४

    डाँडापारिको झिलीमिली : बेरुजु शून्य बनाउँदै नमुना बन्दै महाभारत गाउँपालिका

    ५

    बेथानचोकमा बस दुर्घटना, एक महिलाको मृत्यु, तीन घाइते

    ६

    सार्वजनिक यातायात बन्दले सर्वसाधरणलाई सास्ती, तुरुन्तै समाधान निकाल्न कांग्रेसको अपिल

    ७

    तेजेश्वर अंक प्रकाशित

    ८

    पनौती नगरपालिका अनिवार्य तथा निःशुल्क शिक्षाको पूर्ण कार्यान्वयन तर्फ

    ९

    भूकम्प, बाढी र लापरबाहीको मारमा बिपी राजमार्ग

    १०

    अपचलित रकम व्याज सहित असुल गरी कानुनी कारबाहीका लागि लेखिपठाइएको सामुदायीक साकोसद्वारा जानकारी

    समाचार
    थप

    भकुण्डेबेशीमा कार दुर्घटना, चार जना भारतीय नागरिक घाइते

    विश्व रक्तदाता दिवसमा साझा पत्रिकाकर्मी सम्मानित

    नागढुङ्गामा बस दुर्घटना हुँदा २० जना घाइते

    डाँडापारिको झिलीमिली : बेरुजु शून्य बनाउँदै नमुना बन्दै महाभारत गाउँपालिका

    सम्पादकीय
    थप

    वन जंगलमा आगो लगाउनेमाथि कारबाही होस ।

    उद्धार,राहत र पुनस्थापनाले तिब्रता पाओस

    एसईईको नजिता साझा समस्या हाे, समाधान साझा जिम्मेवारी

    सबैबाट सुझाव साथ र सहयोगको अपेक्षा राखेका छौं

    साझा टि.भी.
    थप
    • बबिना भट्टराईको ‘जय जय शम्भु’ भजन सार्बजानिक (भिडियो सहित)
    • गायक अर्जुन गुरुङ को स्वरमा ‘पिरतीको डोरी ’ सार्बजनिक
    • सुवासको नयाँ एल्वम ‘जुनी फेर्छु म’ सार्वजानिक ( हेर्नुुहोस भिडियोमा)
    • दुर्गेश थापाको देउसी भैलो गीत बजारमा (भिडियो सहित)

    पत्राचार ठेगाना

    फूलचोकी मिडिया प्रा.लि. द्वारा प्रकाशित साझा पत्रिका डट कम का लागी
    पत्राचार ठेगाना: पनौती न.पा. काभ्रेपलाञ्चोक
    सुचना विभाग दर्ता नं.: ४२५१-२०८०/२०८१
    प्रेस काउन्सिल दर्ता नं.: ४२४१-२०८०/२०८१
    ईमेल: [email protected]
    सम्पर्क न: ९८५१२३०७०५

    हाम्रो टीम

    निर्देशक: नारायण प्रसाद सापकोटा
    प्रधान सम्पादक: ……………………..
    सम्पादक: रघुनाथ हुमागाई
    कार्यकारी सम्पादक: सरोज सापकोटा
    विशेष सम्वाददाता: ……………….

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • सम्पादकीय
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८० साझा पत्रिका मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution