मुगुमा एकै परिवारका चार जनाको शब फेला परेको छ । छाँयानाथरारा नगरपालिका वडा नम्बर ६ मन्दका एउटै परिवारका चारजनाको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र थापाका अनुसार मृतक श्रीदवी बोहरा र उनका तीन जना छोराछोरी रहेका छन् ।
प्रहरीले हत्या भएको अनुुमान सहित घटनास्थल पुगेर अनुसन्धान शुरु गरेको जनाएको छ । ज्यान गुमाउनेहरुमा २८ वर्षकी श्रीदेवी बोहरा उनका ११ वर्षका छोरा मनोज, आठ वर्षकी छोरी अप्सरा र आठ महिनाका छोरा रहर बोहरा रहेका छन् ।
श्री देवीका श्रीमान् दिपक बोहरा भने वैदेशिक रोजगारीका सिलसिलामा कतारमा रहेका छन् ।